रौतहटको राजदेवी र बौद्धीमाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर घुम्न आउने पर्यटकको सहजकताको लागि ‘बन्दीपुर रिङरोड सडक कालोपत्र गरेको छ । सङ्घ सरकार र सडक बोर्डको सहयोगमा कालोपत्र गरिएको गाउँपालिकाले जनाएको छ ।
हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिकाका सात जना किसानलाई चौरी गाई वितरण गरिएको छ । गाउँपालिकाको पशु सेवा शाखाको आर्थिक सहयोगमा सो किसानलाई १४ वटा चौरी गाई वितरण गरिएको हो ।
कतिपय देशमा अखबार बिस्तारै बन्द हुँदै छन् । कतिले छापिने प्रति घटाउँदै छन् । पाठक
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इरान र इजरायलबीचको बढ्दो द्वन्द्व चाँडै नै पछि नफर्कने (नो रिटर्न) को बिन्दुमा पुगेको बताउनुभएको छ ।
युरोपेली शक्तिहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता सुरु गरेका छन् । इरानसँगको वार्तामा युरोपेली मुलुकका नेताहरूले कूटनीतिक समाधानका लागि अवसरको ढोकाको बारेमा छलफल गरेका हुन् ।
साठीको दशकमा शिक्षकका रूपमा पाँच वर्ष जति बिताएको भएर होला भावनात्मक सम्बन्ध साइनो छ स्याङ्जासँग । त्यही ठाउँमा वैशाखमा जाने साइत जु¥यो । ‘गाउँमै केही गरौँ’ भन्ने उद्देश्यसहित स्याङ्जामा मुरली गाई फार्म सञ्चाल
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले व्यस्त जीवनशैलीमा मानिस दिनप्रतिदिन तनाव, चिन्ता र रोगहरूले ग्रस्त परिरहेको अवस्थामा योगले मानिसलाई शान्त, निरोगी र सुदृढ बनाउने बताउनुभएको छ ।
सन्धिखर्कबाट करिब २० किलोमिटर उत्तरतिरको कच्ची बाटो पार गरेपछि गुल्मी सिमानानिरको घेराभिर पुगिन्छ । करिब दुई हजार चार सय मिटरको उचाइको डरलाग्दा काला चट्टानी घेराभिरमा सेता सेता लेद्रा प्रशस्तै देखिन्छन् । घेराभिरलाई लामो समयदेखि बसोबास स्थल बनाउँदै आएका दुर्लभ गिद्धले त्यही भिरमा लगाएका ३७ गुँडबाट पखेटा फड्कार्दै उड्ने तरखरमा छन्, गिद्धका बचेरा । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको घेराभिरमा हिमाली
रौतहटको बौधीमाइ नगरपालिकाले छ जना उत्कृष्ट कर्मचारीलाई प्रोत्साहन स्वरूप नगदसहित सम्मान गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका –६ स्थित राणाकालीन हात्तीसार सङ्ग्रहालय ऐतिहासिक महत्व बोकेको स्थल हो ।
पोखराभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार प्रदूषण जाँच गरिएको छ । महानगरभित्र चल्ने नगरबसको प्रदूषणले सौन्दर्यमा आँच आएको र धुवाँको मुस्लोले हिँड्नै कठिन भएको सामाजिक सञ्जालमा टीकाटिप्पणी भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा यातायात व्यवस्था कार्यालय सवारी कास्कीले महानगर कार्यालयनजिक न्युरोडमा २१ नगरबसको प्रदूषण जाँच गर्दा आधा फेल भए । जाँच गर्दा ११ वटा मात्र पास भएका छन् ।
आजकल हाइब्रिड जातले कृषि क्षेत्रका पुराना जातहरु लोप जस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिने भएको छ ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर लुम्बिनीमा एकदिवसीय योग कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि भारतीय राजदूतावासको आयोजनामा योग दिवसको पूर्वसन्ध्यामा शुव्रmबार योगाभ्यास भएको हो ।
बैतडीको सुर्नया गाउँपालिका–७ र ८ मा ठेउला रोगको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेर १२ जनाभन्दा बढीमा सङ्क्रमण देखिएको जनाएको छ ।