नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर केहि घटेर एकको खरिददर १३८ रूपियाँ २४ पैसा र बिक्रीदर १३८ रूपियाँ ८४ पैसा कायम भएको छ ।
नेपालको निर्यात व्यापारमा उछाल आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढेको छ । जस अनुसार चालु आवको ११ महिनामा नेपालबाट दुई खर्ब ४७ अर्ब रुपियाँको निर्यात भएको छ ।
चीनसँगको उत्तरी सीमा तातोपानी नाका जोड्ने लार्चामा नयाँ बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । गत असोज ११ र १२ गतेको भोटेकोशी नदीको भीषण बाढीले लार्चाको पुरानो बेलिब्रिज बगाएको थियो ।
संस्थागत बहालकर सङ्कलनको अधिकार स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भन्दै सर्वोच्च अदालतले विराटनगर महानगरपालिकाको पक्षमा रिट जारी गरेको छ । विराटनगर महानगरपालिकाले रिट दायर गरेको झन्डै सात वर्षपछि सर्वोच्च अदालतले गत जेठ २० गते संस्थागत बहालकर सङ्कलन गर्न पाउनुपर्ने रिट जारी गरिदिएको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेका स्थानको उपनिर्वाचन कात्तिक दोस्रो साता गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेका एक/एक सदस्य पदको निर्वाचन कात्तिक दोस्रो साता गर्ने प्रस्ताव गरेको हो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला इजरायलतर्फ लाग्दै गर्दा भ्रमण युद्धको डरलाग्दो अनुभवमा परिणत होला भन्ने कल्पनासम्म थिएन । कृषि क्षेत्रको प्रगति अध्ययन गर्न इजरायल जानुभएका उहाँलाई सो भ्रमण युद्धको त्रासदीपूर्ण अविस्मरणीय कथा झैँ बनेको छ ।
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर रोकिएको छ । प्रश्नोत्तरका क्रममा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध कायमै राख्ने जनाएपछि अन्तिम समयमा प्रश्नोत्तर रोकिएको हो ।
नेपालमा मनसुनी वर्षाको रेकर्ड बढ्दै जाँदा विभिन्न प्रकारका प्राकृतिक विपत्तिको जोखिम बढेको छ । शुक्रबारदेखि देशभर मनसुन विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारसम्म लुम्बिनीमा अड्किएको मनसुन रातभरमा देशभर फैलिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले योग ध्यानले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याई तनावबाट मुक्त बनाएर सकारात्मक ऊर्जा प्राप्त हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले योगका माध्यमबाट दैनिक कार्य क्षमतामा वृद्धि हुनुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ नारासहित शनिबार ११ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । त्यसैले अब योग मान्छेको स्वास्थ्यका लागि मात्र होइन, सिङ्गो पृथ्वीकै स्वास्थ्यसँग जोडिँदै छ ।
सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यले राज्यले सङ्क्रमणकालीन न्याय दिनुको सट्टा पटक पटक ठगेको गुनासो गरेका छन् ।
ढुङ्गा प्रहारबाट यहाँको कमल गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले चाँडै विनियमावली बनाएर पीडितलाई न्याय दिने बताउनुभएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९२ वटा विभिन्न व्यावसायिक फर्म तथा उद्योगलाई एक करोड बयानब्बे हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।