ढुङ्गा प्रहारबाट यहाँको कमल गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले चाँडै विनियमावली बनाएर पीडितलाई न्याय दिने बताउनुभएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९२ वटा विभिन्न व्यावसायिक फर्म तथा उद्योगलाई एक करोड बयानब्बे हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले विश्वमा देशको परिचय र ब्रान्डिङलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कोसी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८२-८३ को राजस्व र व्ययको अनुमान माथिको छलफल समाप्त भएको छ ।
वर्षायाम सुरु भएसँगै काभ्रेपलाञ्चोक भएर पूर्वी पहाडी तथा तराईका जिल्ला जोड्ने विपी राजमार्ग रातको समयमा बन्द गरिने भएको छ ।
जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह बदर भएको छ । जिल्लाको सिमकोट गाउँपालिका–२ का १५ वर्षीय युवक र खार्पुनाथ गाउँपालिका–२ की १४ वर्षकी बालिकासँग हालै गरिएको विवाह बदर भएको हो ।
शिशाको बोतलमा बिक्री हुने पानी, सोडा, बियर र वाइनजस्ता पेय पदार्थमा प्लास्टिकको बोतलमा भन्दा माइक्रोप्लास्टिक बढी हुने फ्रान्सको खाद्य सुरक्षा निकायले शुक्रबार सार्वजनिक गरेको एक आश्चर्यजनक अध्ययनले देखाएको छ ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सम्भव भएका सबै उपाय अवलम्बन गर्ने बताउनु भएको छ ।
काबुल, असार ६ गते । पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई बिहीबार रिहा गरी उनीहरूको मातृभूमि अफगानिस्तानमा फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टोलोन्युजले शुक्रबार बताएको छ ।पाकिस्तानको विभिन्न जेलमा तीन महिना बिताएका महिला र बालबालिका लगायत पूर्व कैदीहरूलाई तोरखाम सीमा विन्दुमा अफगान अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।पाकिस्तानले विगत छ महिनामा सयौँ अफगान कैदीलाई मुक्त गरेको छ । इस्लामाबादले कानूनी यात्रा कागजातहरू नभएका अफगान शरणार्थीहरूलाई छिमेकी देश छोड्न समेत निर्देशन दिएको छ । सिन्हा
प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा ५० वर्षसम्म नेपाललाई पुग्ने मिथेन ग्याँस पत्ता लागेको बताउनुभएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका किसानले वास्तविक किसानले अनुदान नपाउने गरेको गुनासो गरेका छन्। फुङ्लिङ नगरपालिका–८ दोखु मेवाराजाका किसानले कृषक लक्षित विभिन्न अनुदान वास्तविक किसानहरुले नपाएको गुनासो गरेका हुन्।
रक्षामन्त्री मनवीर राईले मुलुकको विविधताअनुसार राज्यको संरचनाहरुमा विविधत्तायुक्त प्रतिनिधित्व कायम गर्न सके मुलुक समृद्ध बन्ने बनाउनुभएको छ ।
दिनभर भारी वर्षा भएपछि काठमाडौँको धोवीखोलामा बाढी आएको छ । बाढीले धोवीखोला करिडोर अधिकांश भागमा डुबानमा परेको छ ।
सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिनुभएको छ।