ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका किसानले वास्तविक किसानले अनुदान नपाउने गरेको गुनासो गरेका छन्। फुङ्लिङ नगरपालिका–८ दोखु मेवाराजाका किसानले कृषक लक्षित विभिन्न अनुदान वास्तविक किसानहरुले नपाएको गुनासो गरेका हुन्।
रक्षामन्त्री मनवीर राईले मुलुकको विविधताअनुसार राज्यको संरचनाहरुमा विविधत्तायुक्त प्रतिनिधित्व कायम गर्न सके मुलुक समृद्ध बन्ने बनाउनुभएको छ ।
दिनभर भारी वर्षा भएपछि काठमाडौँको धोवीखोलामा बाढी आएको छ । बाढीले धोवीखोला करिडोर अधिकांश भागमा डुबानमा परेको छ ।
सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिनुभएको छ।
इरान र इजरायलबीचको हवाई युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने टर्कीएले जनाएको छ। टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने युरोप र यस क्षेत्रलाई हानि पुर्याउन सक्ने चेतावनी दिनुभएको हो।
मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग खोल्ने कार्य लहान नगरपालिकाबाट सुरु गर्ने बताउनु भएको छ । लहान नगरपालिकाको १६ औँ नगर सभालाई लहान नगरपालिकाको सभा हलमा समुद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।
नेपाल तरुण दलले असार १५ गतेसम्म सदस्यता वितरण गरी त्यसपछि मात्र अधिवेशन गर्न निर्देशन जारी गरेको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाका अनुसार पशुपतिनाथको स्वामित्वमा रहेको जग्गा खोजी र संरक्षण एवं संरचना पुनर्निर्माण कार्य अघि बढाउने गृहकार्यमा कोष लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौँ कार्यालयबाट खटी आएको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र पोखरिया नगरपालिकाका जिन्सी, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दीप साहलाई पक्राउ गरेको छ ।
सार्क विकास कोष (एसडीएफ) ले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा “गुणस्तरीय समावेशी प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षाको लागि साझेदारी” नामक क्षेत्रीय परियोजना सुरु गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताले सरकारको राम्रा कामहरु हेर्न चाहेको बताउनुभएको छ । उहाँले वर्तमान सरकारले जनताको चाहनाअनुरुप राम्रा काम गरेर देखाउने विश्वास दिलाउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाउनुभएको छ ।
टेउवा पछिल्लो समय बागलुङ जिल्लाकै एक आकर्षक पर्यटकीय गन्तव्य हो । यहाँ निर्माण गरिएका मूर्तिकलाको दृश्यावलोकन गर्न मानिसहरू आउने गर्दछन् । गलकोट नगरपालिका–५ हरि चौरमा पर्ने टेउवामा विश्व विख्यात मूर्तिकारहरूले निर्माण गरेका मूर्तिहरू छन् । खुल्ला मूर्ति सङ्ग्रहालय निर्माण गर्ने सोचका साथ काम अघि बढाइएको छ ।
त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकलाई संघीय अस्पताल तथा प्रतिष्ठानमा उपचार सुविधा दिन स्वास्थ्य मन्त्रालय र त्रिविबीच समझदारी भएको छ।
लगातार वर्षासँगै कपुरकोट गाउँपालिका–३ चोरखोलामा आएको पहिरोका कारण अवरुद्ध राप्ती राजमार्ग सञ्चालनमा आएको छ। पहिरो हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हो ।