तापक्रम घट्दै जाँदा आगामी भदौ र असोजमा डेङ्गुको जोखिम वृद्धि हुने आकलन तथा विश्लेषणका आधारमा मधेश प्रदेश सरकारले डेङ्गु भाइरसवाहक लामखुट्टेका फुल मार्ने ‘लार्भिसाइट’ छर्कने निर्णय गरेको छ ।
बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । सुरुमा अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् ।
आज देशैभर दिनभर जसो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
गलफुलो (मम्प्स) समस्याले कैलालीका बालबालिका आक्रान्त बनेका छन्। पछिल्लो समय साना बालबालिकामा यो समस्या बढ्दो रूपमा देखा पर्न थालेको हो। आँखा पाक्ने भाइरलको प्रकोप बढेका बेला बालबालिकामा गलफुलोको समस्या पनि भयावह रूपमा देखा परिरहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको ५० शय्याको आयुर्वेद चिकित्सालयमा विशेषज्ञ चिकित्सकको अभाव रहेको छ। धनगढीको राजपुर क्षेत्रमा रहेको सो अस्पताल सञ्चालन भएको एक वर्ष बित्दा पनि विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ।
सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आव्हान गर्नुभएको सचिवालयले जनाएको छ ।
जिल्लामा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको छ । जिल्लाबाट आव २०७८/७९ मा दुई लाख ४१ हजार ७४२ केजी निर्यात भएको थियो तर आव २०७९/८० मा पाँच हजार ९०६ केजी मात्रै टिमुर नियात भएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभएको छ ।
विश्वमा अब नेपाल अलैँचीको देश भनेर चिनिने भएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले ल्याएको ‘एक देश एक उत्पादन’ अवधारणा अन्तर्गत नेपाल अलैँचीका लागि चुनिएको हो । यस कार्यक्रममा विभिन्न ८३ वटा देश सहभागी छन् । ती सबै देशले एउटा एउटा बाली पाएका छन् । विश्वमै अलैँची उत्पादनमा नेपाल पहिलो हो । एक तथ्याङ्क अनुसार विश्व बजारमा अलैँचीमा नेपालले ५२ प्रतिशत बजार ओगटेको छ तर नेपालका लागि भारत नै मुख्य बजार भएको छ ।
सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ ।
मुलुकको जेठो, विश्वस्तरीय गुणस्तर मापनमा उकालो यात्रा गरिरहेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्यापक र कर्मचारीको खडेरी पर्दै गएको छ । तर प्रतिस्पर्धाका आधारमा जनशक्ति आपूर्ति गर्ने त्रिवि सेवा आयोग नै एक वर्षदेखि अध्यक्षविहीन छ । गत वर्षको साउन १८ देखि रिक्त अध्यक्ष पदमा नियुक्ति प्रव्रिmयाको किटानी बन्दोबस्त छ तर सेवा आयोग नेतृत्वको आवश्यकता र महत्ताको गाम्भीर्यमा राजनीतिक खेलाँचीको निरन्तरता रहँदा आयोगले काम गर्न सकिरहेको छै
विसं १८३१ साउन २२ गते गोर्खाली राजा पृथ्वीनारायण शाहसँग तत्कालीन लिम्बुवानसँग भएको तहसिल सन्धिमार्फत लिम्बुवान नेपालमा आएको हो । यो वास्तविकतालाई आजको जटिल भू–राजनीतिले कसरी सम्बोधन गर्छ यी प्रश्नको उत्तर आउन जरुरी छ । प्रदेश १ मा कोशी नामकरणको व्यापक विरोध भइरहेको सन्दर्भमा हडतालको नाममा बेमौसमको बाँसुरी राष्ट्रिय जनमुक्ति पार्टीसहितको (७ घटक) ले किन बजाइरहेछ यसको जवाफ खोज्न जरुरी छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
शेर्पा समुदायले आफ्नो मातृभाषा र लिपिको संरक्षण गर्न तालिम सञ्चालन गरेको छ । नयाँ पुस्तासँगै हराउँदै गएको मातृभाषा र लिपिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्य राखेर तालिम सञ्चालन गरिएको हो ।
नेपालमा यो वर्ष बढ्दो तापक्रमले सर्वोच्च शिखर सगरमाथाको काखमा रहेका नाम्चे (सोलुखुम्बु) देखि सम्पूर्ण तराई क्षेत्रमा बसोबास गर्ने स्थानीय हतप्रभ भएका छन् । सामान्यतया औसत रूपमा यस नाम्चे क्षेत्रमा ४/५ डिग्री सेल्सियस तापक्रम रहने गरेकोमा २६ जेठमा १५.२ डिग्री मापन गरिएको छ । त्यसै गरी हिमालपारिको जिल्ला जोमसोम (मुस्ताङ) मा पनि अधिकातम तापक्रम १९.२ डिग्रीबाट उक्लेर जेठ २६ गते २३.८ डिग्रीमा पुगेको छ । माथि उल्लिखित मितिमा मनसुनको मौसम प्रारम्भ भई जलवायुजन्य गतिविधि क्रमशः बढेर वर्षा हुनुपर्नेमा निस्क्रिय भइदिनाले मोरङदेखि बाँके जिल्लासम्म लु (तातो हावा) ले तराईवासी आक्रान्त छन् । मौसम तथा जलवायु विभागका अनुसार १८ जेठमा गौर (रौतहट) को अधिकतम तापक्रम ४३.८ रेकर्ड गरियो । हिमाल, पहाड र तराईमा यसरी तापक्रम ह्वात्त बढ्नाले हामीले अनेकौँ समस्या भोग्नुपर्ने कटु यथार्थलाई गम्भीरतापूर्वक मूल्याङ्कन गर्नु समयानुकूल हुने छ ।
पुर्वी नेपालको पर्यटकीय पिके क्षेत्रलाई समेटिएर तयार पारिएको पिके नामक पुस्तक सार्वजनिक भएको छ । हिमाल गिरिद्वारा लिखित उक्त पुस्तक आइतबार एक समारोहका बिच लेखक कर्ण शाक्यले विमोचन गर्नुभएको थियो ।