खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार) का रुपमा बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन् । हरेक शुक्रबार साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण भई उदघाटन गरेको ६ महिना बित्दा पनि सञ्चालनमा आउन नसकेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताउनुभएको छ।
भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले मङ्गलवार टेलिफोनमा पुष्टि गरेका छन् ।
पाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको बताउनुभएको छ ।
सूचना र सञ्चार प्रविधिको क्षेत्रमा भएको नयाँ प्रविधिको प्रयोग र यसको उपादेयता बारेमा छलफल गर्न दक्षिण एसियाली देशका प्रतिनिधीहरुबीच छलफल भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित कार्यक्रममा सो विषयमा छलफल भएको हो ।
शहरी विकासमन्त्री मेटमणि चौधरीले देशमा स्थिरता र सुशासनका लागि गठबन्धन जरुरी रहेको बताउनुभएको छ । लोकतन्त्र रहे मात्रै देशमा समृद्धि र सुशासन कायम हुने भएकाले आगामी निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन जरुरी रहेको बताउनुभएको हो ।
पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २४ घण्टामा एक हजार सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये एक जनाको मृत्यु भएको छ।
काठमाडौं, असोज ४ गते । अनलाइन ट्यालेन्ट प्रतियोगिताको दोस्रो संस्करण 'अनलाइन ट्यालेन्ट शो' २०२३ घोषणा भएको छ । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । 'हिमालयन म्युजिक एकेडेमी' अमेरिकाका अध्यक्ष पुष्प गजमेरका अनुसार आफूहरु विदेशमा भए पनि नेपाली भाषा, सङ्गीत, साहित्य र नेपालप्रति समर्पित रहेर साे आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रमले विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो भाषा, साहित्य, सङ्गीत तथा कलाको माध्यमबाट एकीकृत हुन सघाउनेछ । कार्यक्रममा सहभागीहरुलाई मेन्टरद्वारा प्रशिक्षण गराई उत्कृष्ट पाँचका लागि अमेरिकामा नै लैजानले आयोजकको तयारी रहेको छ । अन्तिम प्रतिस्पर्धीले अमेरिकामा हुने कार्यक्रममा प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाका लागि छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर पुरस्कारस्वरुप पाउनेछन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने डडेल्धुराका अधिकांश उम्मेदवारलाई जरिवना तोकेको छ । खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तोकिएको हो ।
अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ ।
पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा कम्तीमा १५ को मृत्यु भएको छ ।
बाँकेमा स्थानीय तहको निर्वाचनपछि २ मतदानस्थल थप भएको छ । यसैगरी स्थानीय तहको निर्वाचनभन्दा यसपटक दुई हजार ७५८ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाभर १३८ मतदानस्थल कायम गरिएको छ ।
चिकित्सहरुको छाता संस्था नेपाल चिकित्सक सङ्घकोे दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) आज (मङ्गलवार)बाट सुरु भएको छ ।
विपद्को पूर्वतयारी र प्रतिकार्यमा छिटो र सहज कार्यका लागि मानवरहित हवाई उपकरण (ड्रोन)को प्रयोग गर्न विपद् व्यवस्थापनमा खटिने निकायहरु तालिम लिन लागेका छन् ।
निस्दी–४, मित्याल लामेदमारका बासिन्दाले बिजुली बत्ती बाल्ने रहरले १५ वर्षअघि पाँच हजारदेखि १० हजारसम्म रकम सामुदायिक विद्युतीकरण योजनाका लागि बुझाएका थिए ।