कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा गुडिरहेको मोटरसाइकल रुखमा ठोकिँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नं २ निवासी वर्ष २५ का रमेश विक र सोही स्थानका वर्ष २७ का गोपाल विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु केसीले बताउनुभयो ।
डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोसीको बाढीले श्रीलङ्का टापुलगायत सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टिनेनले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले सप्तकोशी नदी पश्चिमतर्फको बाँध कटान क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश प्रमुखमार्फत् सङ्घीय सरकारविरुद्ध सातदिने अल्टिमेटम दिने जानकारी दिनुभएको छ । जनकपुरधामस्थित गृह तथा सञ्चार मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले संघ सरकारले प्रदेशलाई बेवास्ता गरेको भन्नुहुँदै सङ्घीय सरकारका प्रतिनिधि प्रदेश प्रमुखमार्फत आउँदो २२ गते सातदिने अल्टिमेटम जारी गर्ने बताउनुभएको हो ।
दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ । तत्कालका लागि कुनै पनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्योल नै छ ।
सङ्घीय सरकार मातहत रहेको सुदूरपश्चिम प्रदेशको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालमा डाइलासिस सेवा सञ्चालनको तयारी भएको छ । अस्पतालले मिर्गाैलाका बिरामीको सहजताका लागि सो सेवा सञ्चालनको तयारी गरेको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मङ्गलबार खोलाले बगाएर बेपत्ता भएका दिल कुमार सुनारको शव फेला परेको छ । बाणगंगा नगरपालिका ९ बर्दवास्थित कोइली खोलाले सुनार परिवारका तीन जना बगाएको थियो ।
वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि बेलका–८ लाहुरे खोंच डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार घरपरिवार प्रभावित बनेका छन् ।
तीन दिनदेखि निरन्तर परेको वर्षाले मेलम्ची नगरपालिका–४ थकनी थङसिङटोलका १२ घर उच्च जोखिममा परेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–३ भोटेफूल्पिङ टोलका पाँच घर उच्च जोखिममा परेको छ ।
झापाको गौरादह ९ को कमल खोलामा नुहाउन जाँदा बगाएर मङ्गलवार दिउँसो बेपत्ता हुनु भएका एक किशोरको शव बुधवार विहान फेला परेको छ । कमल गाँउपालिका वडा नं.१ का डिल्लीप्रसाद खरेलका १८ वर्षीय छोरा उज्ज्वल खरेललाई खोलाले बगाउदा बेपत्ता भएपछि प्रहरी र स्थानीयले रातभर खोजी कार्य गरेको थिए ।
पवन आलोक नेपाली साहित्यका स्थापित सर्जक हुन् । कथा, कविता र निबन्धका उनका उम्दा रचनाहरूले धेरै पाठकको मन जितेको छ । पछिल्लो समय उनको नयाँ कृति ‘पहाड र लमतन्न समुद्र’मा नेपालका पहाडी जीवन र पश्चिमी देशका समाजलाई चित्रण गरिएका निजात्मक अनुभूतिका नैबन्धिक शैलीमा लेखिएका १५ वटा नियात्रा छन् ।
गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोशीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ ।
अहिले विश्वमा दुईवटा ठूला पूर्वाधार विकास परियोजना चर्चामा छन्ः चीनका राष्ट्रपति सी चिनफिङले अगाडि सारेको बेल्ट एन्ड रोड इनीसीएटीभ्स (बीआरआई) र अमेरिकाका राष्ट्रपति जोए बाइडेनको बिल्ड ब्याक बेटर वल्र्ड (बी३डब्लू) परियोजना। यी दुवैले एक अर्कालाई चुनौती दिँदैछन्।
सप्तकोशीको पानी बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका प्राकृतिक विपत्ति परेको छ । वर्षात सुरु भएदेखि उदयपुरतर्फ कटान भइरहेकोमा गएरातीदेखि शप्तकोशीको पानी पसेपछि बेलकामा विपत्ती परेको हो । मुख्यगरी पालिकाको वडा नं. २, ३ र ९ मा असर परेको छ ।