बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गर्नुभएको छ ।
कैलालीमा १२६ जना मतदाता शिक्षा स्वयंसेवक कार्यक्षेत्रमा खटिएका छन् । मत खसाल्ने सही तरिका सिकाउन उनीहरू वडा र टोलमा खटिएका हुन् । कैलालीका १३ स्थानीय तहमा १२६ वटा वडा छन् । प्रत्येक वडामा एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार फागुन १७ सम्म मतदाता शिक्षा कार्यक्रम चल्ने छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हाम्रा पर्वहरुले आपसी भाइचारा, सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्न मद्दत पुर्याउँदै आएको बताउनुभएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र विष्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ ।
सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया गाउँमा भएको आगलागीबाट एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। मङ्गलबार राति करिब ९ बजे लागेको आगो राति १ बजे मात्र नियन्त्रणमा आएको थियो।
नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।
आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ । कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा न २ सेराचौरको टुडाखोलामा बोलेरो जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार सुरु भएसँगै महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेको छ। यसपटक गठबन्धन नभएकाले चुनावी परिदृश्य फरक देखिनुका साथै परम्परागत मत विभाजन हुने अनुमान गरिएको छ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा श्रीमानले दाउराले प्रहार गरी श्रीमतीलाई हत्या गरेका छन् । रसुवा जिल्ला उत्तरगया गाउँपालिका–५, घर भई डेरा गरी बस्ने २३ वर्षीय अश्विन थापा मगरले श्रीमती ३१ वर्षीया शान्ति गुरूङलाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मङ्गलबार घरदैलो अभियानलाई निरन्तरता दिनुभएको छ।
बाजुराको बडीमालिका नगरपालिका–४ का ओलेनावासी उम्मेदवार आउने पर्खाइमा बसेका छन् । २०७६ देखि यो बस्ती पहिरो र नदी कटानको उच्च जोखिममा रहँदै आएको छ । अहिले यो बस्तीका स्थानीय हिउँदमा घरमा बस्ने र बर्खाको समय घर छोडेर सुरक्षित ठाउँमा खुला चौरमा त्रिपाल टाँगेर बस्ने गर्छन् ।