हाम्रोजस्तो विकासोन्मुख मुलुक सर्ने र नसर्ने दुवै रोगको जोखिममा पर्छ । जसका कारण देशको आर्थिक तथा सामाजिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ । नेपालमा गरिएको एक अध्ययनअनुसार रोगको भारमध्ये झन्डै ५० प्रतिशत नसर्ने रोगले ओगटेको पाइन्छ ।
सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरको २४ किलोमिटर क्षेत्रमा पहिलो पटक पानी छोडिएको छ । असारको महिना बितिसक्दासमेत पर्याप्त वर्षा नभइरहेको अवस्थामा बाँकेको पूर्वी क्षेत्रका किसानका लागि सिक्टा सिँचाइ आयोजनाले पानी दिएको हो ।आयोजनाको मूल बाँध अगैयाबाट निर्माणाधीन पूर्वी मूल नहरको २४ किलोमिटरमा शुक्रबारदेखि पानी बगाएपछि सो क्षेत्रका दुई हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाका निर्देशक डा. सन्तोष कैनीले बताउनुभयो ।
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले सिटी स्क्यान मेसिन खरिद नगर्ने निर्णय गरेको छ । सिटी स्क्यान मेसिन खरिदसम्बन्धी विवाद सार्वजनिक भएपछि तत्कालका लागि खरिद नगर्ने निर्णयमा प्रदेश सरकार पुगेको हो ।हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि सिटी स्क्यान मेसिन नगर्ने निर्णय गरेको हो ।
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युतगृहको सुरुङ खन्ने काम सकिएपछि शुक्रबार तस्बिर खिचाउँदै प्राविधिक टोली ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई सरकारले पहिचान नगर्दा कोभिड–१९ को महामारीपछि मनोरञ्जन क्षेत्रका श्रमिकको सामाजिक, आर्थिक र मानसिक अवस्था निक्कै नाजुक भएको प्रतिवेदन सार्वजनिक भएको छ ।
काठमाडौं, असार ३१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका १३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि आएका १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।विधेयकको नाम र प्रमाणीकरण मिति :-लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक२०७९/३/३१,-आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१,-ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,-राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१,-नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९/३/३१,-तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७९/३/३१,-यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक२०७९/३/३१, -फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,-नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,-सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,-औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१, -स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१ र-रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१ रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सात वटा विभिन्न देशका लागि नवनियुक्त हुनुभएका राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज एक समारोहकाबीच उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
काठमाडौं, असार ३१ गते। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबादुर कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्यालाई मसिनो ढंगले केलाउन आवश्यक रहेको बताउनु भएको छ। शुक्रबार मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा बोल्दै मन्त्री कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका थुपै समस्या भएकाले उनीहरुका समस्यालाई सूक्ष्म तरिकाले बुझ्न आवश्यक भएको बताउनुभयो। श्रम सबैसँग सम्बन्धित विषय भएकाले श्रमिकका समस्यालाई राम्रोसँग बुझ्ने र ती समस्या समाधानका लागि सम्बन्धित सरोकारवाला निकायले पहल गर्नु पर्नेमा जोड् दिनुभएको थियो। मन्त्री कुँवरले यसवर्षको वार्षिक कार्यक्रममा श्रम प्रतिष्ठान र श्रम आयोगको कुरा उठेकाले यो विषयलाई पनि छलफलमा ल्याउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ। अन्य आयोग जस्तै श्रम आयोगको पनि आवश्कता औल्याउदै उहाँले यो विषयमा पनि छलफल गर्नुपर्ने बताउनुभयो।साथै उहाँले श्रमिकको हक अधिकार सुनिश्चिततका लागि बनाएका ऐन, नियम र कानुनलाई पनि समय अनुकुल परिमार्जन गर्दै लानु पर्नेमा उहाँले जोड् दिनु भयो। त्यस्तै उहाँले वैदेशिक रोजगारमा थुपै समस्या भएकाले स्वदेशमै रोजगारी प्रवद्र्धन गर्ने विषयमा पटक पटक सम्बन्धित निकायसँग छलफल भइरहेको बताउनु भएको छ। अहिले अनौपचारिक क्षेत्रमा थुपै कामदार रहेकाले उनीहरुका समस्यालाई समाधान गरी रोजगारी प्रवद्र्धनमा सहयोग पुग्ने गरी काम गर्ने बताउनुभयो।केन्द्रीय श्रम सल्लाहकार परिषद्ले नेपाल सरकारलाई श्रम सम्बन्धीका विषयमा परामर्श तथा श्रम क्षेत्रका विविध विषयमा निर्णय गर्ने काम गर्दै आइरहेको परिषद्का सदस्य सचिव एंव श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका सचिव दीपक काल्लेले जानकारी दिनुभएको छ। श्रम मन्त्री अध्यक्ष, विभिन्न मन्त्रालयका ६ जना सचिव, रोजगारदाता ५ जना, ट्रेड युनियनबाट ५ र अन्य सरोकारवाला निकायगरी २१ जना सदस्य रहने व्यवस्था रहेको छ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका जबरालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं, असार ३१ गते। वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताउनुभएको छ। शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/०७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताउनुभएको हो। उहाँले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दा माथि पुगेको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको बताउनुभयो। उहाँले अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा नआइसकेको भए पनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रुपमा लयमा फर्किएको बताउनुभयो। महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको बताउनुभयो। उहाँले ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र तीन लाख महिलालाई श्रम स्वीकृत दिएको बताउनुभयो। महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘अहिलेसम्मको सबैभन्दा धेरै श्रम स्वीकृत यो आर्थिक वर्षमा भएको छ। अहिले अन्तर्राष्ट्रिय देशको चिन्ता के छ भने वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा आउन सकेको छैन। २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरिरहेका छौं। अहिलेसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको छ। यो भनेको रि इन्ट्री समेतको गरेर हो। यसमा ६७ लाख पुरुष र ३ लाख महिला हुनुहुन्छ। श्रम स्वीकृति २०७३ देखि निरन्तर ओरालो लागि रहेको छ। अहिले २०७८ असारदेखि २०७९ असार ३० गतेसम्म गत वर्ष भन्दा ४ लाख ६१ हजारले बढेको देखिन्छ। यो वर्ष ६ लाख २८ हजार श्रम स्वीकृति पुगेको अवस्था छ। अहिले वैदेशिक रोजगारी सन्तोषजन रुपमा अगाडि बढेको देखिन्छ।’त्यस्तै महानिर्देशक पौडेलले विभागले सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणालीबाट सञ्चालन गरेकाले एक वर्षमा ४५ प्रतिशत कार्यालयमा भीडभाड कम गरिएको बताउनुभयो। उहाँले सबै प्रकारका श्रम स्वीकृति अनलाइन भएकाले कर्मचारीदेखि सुशासनमा समेत सुधार भए सेवाग्राहीको समय र लागत कम भएको दाबी गर्नुभयो। महानिर्देशक पौडेलले विभागले सक्कली पीडित भन्दा पनि नक्कली पीडित ३० प्रतिशत उजुरी लिएर आउनेगरेको बताउनु भयो। उहाँले अहिले नक्कली पीडितलाई विभागले निरुत्साहित गर्दै लगिएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘२०७८ माघ २ गतेबाट पुनःश्रम स्वीकृतिलाई पूर्ण अनलाइन गरौं। जसबाट ४५ प्रतिशत वैदेशीक रोजगार विभागमा काम गर्ने भीडभाड कम भयो। अहिले सबै प्रकारका श्रम स्वीकृतिहरु अनलाइन भएको छ। यसले केही न केही कर्मचारीदेखि सुशासनमा समेत सुधार हुँदै आएको छ। सेवाग्राहीको समय र लागत कम भएको छ। नक्कली पीडितलाई निरुत्साहित गरिएको छ। वैदेशिक रोजगारी विभागमा उजुरी गर्ने आउने सबै पीडित हुन् सबै उजुरी सक्कली हुन् भन्ने लाग्नसक्छ। तर, हाम्रो अध्ययनले २५ देखि ३० प्रतिशत पीडित नक्कली पीडित हुन्। सक्कली पीडित विभागको समस्या होइन। सक्कली पीडितका समस्या सजिलै समाधान हुन्छन्। अहिले १० लाख भन्दा बढीको कारोबार सम्पती सुदृढीकरणलाई बुझाउने गरेका छौं।’महानिर्देशक पौडेलले नेपालको वैदेशिक दश गन्तव्य मुलुकमा सबैभन्दा पहिलो साउदी अरेबिया रहेको बताउनुभयो। उहाँले साउदी अरेबियामा एक लाख ८० हजार भन्दा बढी श्रमिक गएको बताउनुभयो। पौडेलले दोस्रोमा कतार, तेस्रोमा यूएई र कुवेत, मलेसिया, बहराइन, रोमानिया, ओमान, जापान र क्रोएशिया रहेको बताउनुभयो। उहाँले पछिल्लो समय पुनः मलेसिया जाने श्रमिकको सख्या बढ्न थालेको बताउनुभयो। पौडेलले कात्तिक महिनादेखि यता दक्षिण कोरियाको ईपीएस भाषा परीक्षामा पास भएका ५५ सय श्रमिक कोरिया गएको बताउनु भयो। उहाँले अब १० हजार श्रमिक जाने तयारीमा रहेको भन्दै कोरिया सरकारले नेपाललाई एक नम्बरमा राखेर सबैभन्दा बढी कोटा दिएको बताउनु भयो। त्यस्तै महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा ८२.९ प्रतिशत भौतिक प्रगति गरेको र बेरुजु फर्छ्यौट ७० प्रतिशत भएको जानकारी दिनुभयो। उहाँले विभागलाई भौतिक पूर्वाधारमा समस्या रहेको भन्दै अहिले पनि भाडाको घरमा विभाग रहेको गुनासो गर्नुभयो। उहाँले वैदेशिक रोजगार विभागलाई आफ्नै भवन बनाउन आवश्यक देखिएको उल्लेख गर्नुभएको छ। महानिर्देशक पौडेलले वैदेशिक रोजगार सम्बन्धी कानुन कार्यविधिमा ठूलो समस्या रहेको बताउनुभएको छ। उहाँले वैदेशिक रोजगार सम्बन्धि ठूलो समस्या छ भने त्यो वैदेशिक रोजगार ऐन,२०६४ रहेको दाबी गर्नुभयो। महानिर्देशक पौडेलले ऐनमा व्यवस्था गरेको श्रम स्वीकृति शब्द नै गलत भएको उल्लेख गर्नुभयो।
काठमाडौं, असार ३१ गते। एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ। नेपाल प्रेस इस्न्टिच्युटले शुक्रबार आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एउटा मस्तिष्क मरणबाट आठ जनामा अङ्ग प्रत्यारोपण गर्न सकिने बताउनुभयो। उहाँका अनुसार मिर्गौला, फोक्सो, मुटु, कलेजो, ‘प्याङ्क्रियाज’ र आनो आन्द्रा मस्तिष्क मरणबाट अङ्ग प्रत्योरोपण गर्न सकिन्छ। “एक जनाको मस्तिष्क मृत्युको विभिन्न अङ्ग प्रयोग गरेर आठको ज्यान बचाउन सकिन्छ,” उहाँले भन्नुभयो, “खरानी भएर जाने वा गाडेर सकिने अङ्ग दान गर्दा खेरी कसैले पुनःजीवन पाउन सक्छन् र अङ्ग पनि त्यो व्यक्तिमा गएर बाँचीरहने भयो।”नेपालमा जनचेतनाको अभावका आफ्नो मृत्युपश्चात अङ्ग दान गर्न हिच्किचाइरहेका छन्। जवकी अङ्गदान गर्दा अङ्ग बिग्रेका व्यक्तिले पुनःजीवन पाउने उहाँको भनाइ छ। केन्द्रले अहिलेसम्म ९०० जनाको मिर्गौला र नौ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ। हिजो मात्र एकै दिन चार जनाको मिर्गौला प्रत्यारोपण गरेको उहाँले जानकारी दिनुभयो। मस्तिष्कका मृत्यु व्यक्तिको अङ्गबाट हालसम्म आठ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भइसकेको छ। हालै मात्र नेपाल सरकार मन्त्रिपरिषद्का प्रधानमन्त्री तथा सम्पूर्ण मन्त्रिपरिषद्का सदस्यले आफ्नो मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरिसक्नु भएको छ। केन्द्रमा १० जना सर्जन, नौ जना फिजिसियन, प्रत्यारोपण संयोजकसहित तीन जनाको टोली र सात जना एनेस्थेसियोलोजिष्ट लगायतको टोली २४ घण्टा प्रत्यारोपणका लागि तयारी अवस्थामा रहेका छन्। कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ्गले मस्तिष्कघात पछि अङ्गदान दिनुपर्ने विषयमा जनचेतना कमी भएको बताउनुभयो। आफूले पनि अङ्गदान गरिसकेको जानकारी दिँदै उहाँले अङ्गदानसम्बन्धी जनचेतना जगाउनुपर्ने बताउनुभयो। “मैले पनि मस्तिष्क घातपछि अङ्गदान गर्ने घोषणा गरिसकेको छु। समाजका मानिसलाई अङ्दानसम्बन्धी सचेत गराउनुपर्ने छ। अङ्गदानको महत्व धेरै छ”, उहाँले भन्नुभयो। मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अङ्दानबारे जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो। उहाँले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण पु¥याउन तयारी गरिएको बताउनुभयो। वरिष्ठ न्यूरोसर्जन डा वसन्त पन्तले मस्तिष्कको मरणबाट अन्य मानिसको ज्यान बचाउन सकिने बताउनुभयो। उहाँले मस्तिष्क मरण भए पनि अन्य अङ्गको मरण विस्तारै हुने भएकाले अन्य अङ्गलाई निकालेर अरु मानिसमा प्रत्यारोपण गर्न सकिने बताउनुभयो। “मस्तिष्क मरणसँगै हरेक अङ्ग मर्दै जान्छ। ह्वात्तै मानिस मर्दैन। सबै अङ्ग मरेपछि मस्तिष्क मरण हुन्छ”, उहाँले भन्नुभयो, “मस्तिष्क मरण भए पनि अङ्ग बाचेको हुनाले अङ्ग निकालेर अरु बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ।” उहाँले अङ्गदानसम्बन्धी जनचेतना जगाउनका लागि धार्मिक अग्रजलाई अघि सार्नुपर्ने बताउनुभयो। “धार्मिक अग्रजलाई अङ्गदानसम्बन्धी जनचेतना जगाउनुपर्दछ”, उहाँले भन्नुभयो, “क्रिश्चियनले पनि अङ्गदान गरेको पाइन्छ। धार्मिक नेतालाई अगाडि सारेर जनचेतना जगाउँदा अङ्गदान गर्ने मानिस बढ्न सक्छ।” कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार कपिल काफ्लेले मूलधारका पत्रिकाले स्वास्थ्यका समाचारलाई प्राथमिकता नराखेको बताउनुभयो। उहाँले स्वास्थ्य पत्रकारिताको विषयमा तालिम सञ्चालन गरेर अनुसन्धानमुलक समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो। वरिष्ठ पत्रकार भैरव रिसाल अङ्गदान जस्तो विषयलाई जनचेतना जगाई सबैलाई अङ्गदान गर्न उत्प्ररित गर्नुपर्ने बताउनुभयो। वरिष्ठ पत्रकार ध्रुबहरि अधिकारी स्वास्थ्य संवेदनशिल कुरा भएकाले खोज अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो। वरिष्ठ पत्रककार राजेन्द्र दाहालले ज्येष्ठ नागरिकलाई जिउने वातावरण तयार गर्नुपर्ने बताउनुभयो। उहाँले शहरभन्दा गाउँघरतिर स्वास्थ्य सेवा पु¥याउन आवश्यक रहेको बताउनुभयो। इन्सिच्युटका महासचिव लक्ष्मण उप्रेतीले आँखा दानमा जस्तै अन्य अङ्गको दान पनि सजिलो बनाउन आवश्यक रहेको बताउनुभयो। केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले केन्द्रमा गरिएको अङ्ग प्रत्यारोपण ९९.९ प्रतिशत सफलता प्राप्त गरिएको बताउनुभयो। उहाँले अङ्गदानका लागि सचेतना फैलाउन सके सबैले अङ्गदान दिनेसक्ने बताउनुभयो। “परिवारको सदस्य रोगी भएर सारा परिवार रोगी जिन्दगी बिताउनुभन्दा अङ्गदान गरेर त्यो रोगीलाई निको पार्ने वित्तिकै सारा परिवार र समाज सुखी हुन्छ। राष्ट्रको सम्पत्ति जोगिन्छ।”, उहाँले भन्नुभयो, “राष्ट्रलाई उत्पादनशिल नागरिक उत्पादन हुन्छ।”श्रेष्ठका अनुसार पुरुषभन्दा महिलाले मिर्गौला प्रत्यारोपण बढि गरेको छन्। पुरुषमा ८० प्रतिशत मिर्गौला लिएको र २२ प्रतिशतले दिएको तथा महिलामा २० प्रतिशत मिर्गौला लिएको र ७८ प्रतिशतले दिएको केन्द्रको तथ्याङ्क रहेको छ। उहाँले मिर्गौला बिग्रेको ९० प्रतिशत भएपछि मात्र थाहा पाउने भएकाले वर्षमा एक पटक मिर्गौला परीक्षण गराउनसमेत आग्रह गर्नुभयो। उहाँले मिर्गौला डायलासिसभन्दा प्रत्यारोपण गर्दा मानिस स्वच्छ र आर्थिकरुपमा सस्तो पर्ने बताउनुभयो। उहाँका अनुसार दुई वर्षको डायलासिसले एक वटा प्रत्यारोपण गर्न सकिने छ। सरकारले मिर्गौला प्रत्यारोपण गर्नका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ। सरकारले प्रतिबिरामी रु पाँच लाख ५० हजार दिने गरेको छ। हाल नेपालमा ७५ वटा डायलासिस केन्द्र रहेका छन्। नेपालमा वर्षेनी तीन हजार मिर्गौलाका बिरामी थपिने गर्छन्। रासस
वादविवाद, वक्तृत्व कला, सामूहिक रामायण वाचन, रचना वाचन तथा अन्तरविद्यालय कविता प्रतियोगिता सञ्चालन गरेर कार्यक्रम सम्पन्न भएको हो।
धनुषाको मिथिला नगरपालिका –९, बडहरीमा रहेको सार्वजनिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीले कृषि विज्ञान प्रदर्शनीको आयोजना गर्नुभएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा कृषि प्राविधिकतर्फका विद्यार्थीले सो प्रदर्शनीको आयोजना गर्नुभएको हो ।
विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीमा कोरोना सङ्क्रमण फैलिएको छ ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय र प्रादेशिक निर्वाचनमा जुट्न पार्टी कार्यकर्तालाई आव्हान गर्नुभएको छ । समाजवादीको शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले सो आव्हान गर्नुभएको हो ।