निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई आयोगले निर्देश गरेको छ । सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले सो निर्देशन दिनुभएको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका छन्
गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कास्य पदक सहित कुल ९९ पदक हात पारिसकेको छ ।
अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा चालु आर्थिक वर्षको तीन महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी संकलन भएको छ । लुम्बिनी विकास कोषले आइतबार र सोमबार गरी दुई दिनसम्म आन्तरिक तथा बाह्य पर्यटकबाट दानपेटिकामा संकलन भएको भेटी गणना गरिएको हो ।
नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जित्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग गर्दा उपयुक्त नहुने बताउनुभएको छ ।
चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रहरी र प्रहरीको अनुसन्धानलाई अहिलेको युग अनुसार आधुनिक बनाउनु पर्ने बताउनुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका १६ वर्षीय सोहन कैनीले विद्युतीय मोटरसाइकल निर्माण गर्नुभएको छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा विभागीइ टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच उपाधि भिडन्त हुने भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।
सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गत शनिबारदेखि नेपालबाट मनसुन बाहिएको छ । मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकाको मौसम सफा भएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका खेलकुद प्रतियोगीता जिल्ला तहमा सञ्चालन भए पछि सदरमुकाम बागलुङ बजारका होटलहरु भरिभराउ भएका छन् ।
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक २.६१ अङ्क घटेर १८५८.३३ बिन्दुमा झरेको हो ।