नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।
बुधवार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको हो ।
महाअभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्व प्रधानन्यायाधीशहरुलाई समितिमा बोलाउने भएको छ ।
। दक्षिण पूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान)का अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरुको बैठक आयोजना गरिएको हो ।
राष्ट्रियसभा बैठकमा सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, र सार्वजनिक ऋण व्यवस्था विधेयकलाई ददफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
झापाका स्थानीय तहहरुले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिको तथ्यांक संकलन तथा निस्सा बितरण गर्दै चाँडो जग्गाधनी पूर्जा बितरणका लागि कामलाई तिब्रता दिएका छन् ।
लाः छकु वय्क सम्य बजि, वल वल पुलुकिसी...इन्द्रजात्रा सुरु भएसँगै काठमाडौंका टोल र गल्लीमा यही स्वर गुन्जिन्छ। जब बाटो मा ’पुलुकिसि’ निकालिन्छ उनको पछाडि केटाहरुले ‘लाःछकु वय्क समयबजि वल वल पुलुकिसि...’ भनेर गाउँने गर्छन्।।
भू-स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको छ । पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना र त्यस वरपरका गाउँमा बत्ती बलेपछि स्थानीयसँगै खप्तड जाने पर्यटकलाई पनि सहज हुने भएको छ ।
झापाको बिर्तामोडमा भारतबाट मरेका माछाहरू ल्याएर बिक्री गर्ने गरेको पाइएको छ । चाडपर्वको समयमा हुन सक्ने ठगी नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेसहितको टोलीले बजार अनुगमन गर्दा यस्तो पाइएको हो ।
नवलपुरका अपाङ्गता भएका महिला तथा आश्रित परिवारलाई आत्मनिर्भर बनाउन आवाससहित सिलाइ कटिङ तालिम सञ्चालन गरिएको छ। अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई सिलाइकटाइको ६५ दिने आवाससहितको तालिम सञ्चालन गरिएको हो। कोपिला नेपाल, पोखराकी कार्यकारी निर्देशक बीनाकुमारी सिलवालले शैक्षिक योग्यताले मात्र स्वरोगार हुन नसकिने हुँदा जीवनभरलाई उपयोगी हुने गरी सीप सिकेर स्वरोगार बनाउन सो तालिम सञ्चालन गरिएको बताउनुभयो।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बालबालिकाले विभिन्न प्रश्न सोधेर आफ्ना जिज्ञासा मेटाएका छन्। सामाजिक विकास मन्त्रालयले आयोजना गरेको बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा २० जना बालबालिकाले मुख्यमन्त्री शाहीलाई विभिन्न प्रश्न गरेका छन्। मुख्यमन्त्रीसँग बालबालिकाले बालविवाहपीडितको अवस्था, छात्रवृत्ति, निःशुल्क पढाइ, प्रदेशको समृद्धिको खाकालगायतका बारेमा प्रश्नहरू सोधेका थिए।
निःशुल्क रूपमा वितरण गर्ने औषधिको अभाव भएपछि सुनसरीको इनरुवा नगरपालिकाका वडामा रहेका स्वास्थ्य संस्थामा आउने सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन्। ग्रामीण क्षेत्रमा मात्रै नभई जिल्ला सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रभित्र रहेका १० वटै स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधि अभाव भएकाले सेवाग्राही मारमा परेका छन्। मङ्गलबारमात्रै इनरुवा नगरपालिका–९, बबियाकी भोलादेवी यादव आफ्नो पाँच वर्षीय नाति गौरव यादवलाई पखाला र ज्वरो लागेकोले उपचार गराउन बबिया स्वास्थ्य चौकी पुग्नुभयो तर स्वास्थ्यकर्मी बाहेक औषधि कुनै पनि पाउनुभएन।
थाकेको बेला, गर्मीले उकुसमुकुस हुँदा एकै छिन मात्रै टुसुक्क चौतारीमा बस्ने हो भने थकान मेटाउन सकिन्छ । तनहुँमा थकाई भुलाउनको लागि पूर्खाले बनाएको चौतारी मासिँदै जान थालकोे छ ।