भू-स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको छ । पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना र त्यस वरपरका गाउँमा बत्ती बलेपछि स्थानीयसँगै खप्तड जाने पर्यटकलाई पनि सहज हुने भएको छ ।
झापाको बिर्तामोडमा भारतबाट मरेका माछाहरू ल्याएर बिक्री गर्ने गरेको पाइएको छ । चाडपर्वको समयमा हुन सक्ने ठगी नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेसहितको टोलीले बजार अनुगमन गर्दा यस्तो पाइएको हो ।
नवलपुरका अपाङ्गता भएका महिला तथा आश्रित परिवारलाई आत्मनिर्भर बनाउन आवाससहित सिलाइ कटिङ तालिम सञ्चालन गरिएको छ। अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई सिलाइकटाइको ६५ दिने आवाससहितको तालिम सञ्चालन गरिएको हो। कोपिला नेपाल, पोखराकी कार्यकारी निर्देशक बीनाकुमारी सिलवालले शैक्षिक योग्यताले मात्र स्वरोगार हुन नसकिने हुँदा जीवनभरलाई उपयोगी हुने गरी सीप सिकेर स्वरोगार बनाउन सो तालिम सञ्चालन गरिएको बताउनुभयो।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बालबालिकाले विभिन्न प्रश्न सोधेर आफ्ना जिज्ञासा मेटाएका छन्। सामाजिक विकास मन्त्रालयले आयोजना गरेको बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा २० जना बालबालिकाले मुख्यमन्त्री शाहीलाई विभिन्न प्रश्न गरेका छन्। मुख्यमन्त्रीसँग बालबालिकाले बालविवाहपीडितको अवस्था, छात्रवृत्ति, निःशुल्क पढाइ, प्रदेशको समृद्धिको खाकालगायतका बारेमा प्रश्नहरू सोधेका थिए।
निःशुल्क रूपमा वितरण गर्ने औषधिको अभाव भएपछि सुनसरीको इनरुवा नगरपालिकाका वडामा रहेका स्वास्थ्य संस्थामा आउने सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन्। ग्रामीण क्षेत्रमा मात्रै नभई जिल्ला सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रभित्र रहेका १० वटै स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधि अभाव भएकाले सेवाग्राही मारमा परेका छन्। मङ्गलबारमात्रै इनरुवा नगरपालिका–९, बबियाकी भोलादेवी यादव आफ्नो पाँच वर्षीय नाति गौरव यादवलाई पखाला र ज्वरो लागेकोले उपचार गराउन बबिया स्वास्थ्य चौकी पुग्नुभयो तर स्वास्थ्यकर्मी बाहेक औषधि कुनै पनि पाउनुभएन।
थाकेको बेला, गर्मीले उकुसमुकुस हुँदा एकै छिन मात्रै टुसुक्क चौतारीमा बस्ने हो भने थकान मेटाउन सकिन्छ । तनहुँमा थकाई भुलाउनको लागि पूर्खाले बनाएको चौतारी मासिँदै जान थालकोे छ ।
गहवामाई मन्दिर परिसरको सौन्दर्यीकरण कार्यले गति लिएको छ। अत्यन्त प्राचीन र तराई मधेशलगायतका अन्य जिल्ला र सीमावर्ती क्षेत्र भारतमा समेत शक्तिपीठका रूपमा ख्याति पाएको गहवामाई मन्दिर परिसरको सौन्दर्यीकरण गर्ने काम वीरगञ्ज महानगरपालिकाले सुरु गरेको हो।
आज (बुधबार) संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ ।
चलचित्र ‘सायरा’को घोषणा भएको छ। मङ्गलबार आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको ‘सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुष्कर झाको निर्माण रहनेछ। पुष्करसँग नेपाली ब्यानर डीबीआर मेडिया एन्ड मूभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहनेछ। चलचित्रमा आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपालीलगायतका कलाकारको अभिनय रहनेछ।
डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विमोचन भएको छ। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा डा. भगवान कोइरालाले ‘ओपन हार्ट सर्जरी’ गर्नुभएका १३ वर्षीया एलिजा सन्त र एक वर्षीय सौरभजङ्ग केसीले पुस्तक विमोचन गरेका हुन्। डा. कोइरालाको नेतृत्वमा बन्दै गरेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को निर्माण सहयोगार्थ प्रकाशक फाइनप्रिन्टले कोइरालाको पुस्तकको विशेष संस्करण ल्याएको हो।
सुदूरपश्चिम प्रदेशका किशोरीहरूले किशोरीको समग्र विकासका लागि रणनीतिक योजना बनाउन र कार्यान्वयन गर्न सरोकारवालासँग माग गरेका छन्। धनगढीमा आयोजना भएको दुई दिवसीय किशोरी सम्मेलनको समापनमा १५ बुँदे धनगढी घोषणापत्र जारी गर्दै किशोरीहरूले यस्तो माग गरेका हुन्। प्रदेशभरि किशोरीमैत्री वातावरण निर्माण गरेर कम्तीमा सबै किशोरीले विद्यालयस्तरीय शिक्षा पूरा गर्ने अवस्था सिर्जना गर्नुपर्ने माग पनि उनीहरूको छ।
देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम, गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
कैलालीको जानकी गाउँपालिकाले लक्ष्यअनुसार आन्तरिक राजस्व उठाउन नसक्दा शिक्षक कर्मचारीहरू पारिश्रमिक पाउनबाट वञ्चित भएका छन्। गत वर्ष पालिकाको लक्ष्यअनुसार आम्दानी नभएपछि बाल विकास शिक्षक, विद्यालय कर्मचारीले चार महिना र निजी शिक्षकले छ महिनाको पारिश्रमिक नपाएका हुन्। बाल विकास शिक्षक र कर्मचारीलाई सङ्घीय सरकारबाट मासिक आठ हजार र पालिकाका तर्फबाट मासिक सात हजार रुपियाँ थप दिनुपर्ने हुन्छ। यसरी दिनुपर्ने बाल विकास शिक्षक र कर्मचारीको पारिश्रमिक २४ लाख २२ हजार रुपियाँ छ भने निजी शिक्षकलाई ३८ लाख ४० हजार गरेर ६२ लाख ६४ हजार रुपियाँ छ। जानकी
महाकालीमा पानीको बहाव बढेको जानकारी दिने बैतडीमा कुनै पूर्वसूचना प्रणाली नभएपछि नदी तटीय क्षेत्रका महिलाले फोन र एसएमएसबाट बाढीको पूर्वसूचना दिने संयन्त्र गठन गरी सूचना आदानप्रदान गर्ने गरेका छन्। बैतडीको दशरथचन्द नगरपालिका–६, शेरादेखि महाकाली नदीले छोएको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकासम्म करिब ६५ किलोमिटर लामो भूभागका बस्तीमा गठन भएका महिला सशक्तीकरण मञ्चले बाढीको पूर्वसूचना दिने गरेको छ। भारतसँग सीमा जोडिएको महाकाली किनारका शेरा, तिरखडेनी, विनायकलगायतका गाउँमा नेपाल टेलिकमको फोन सेवाले काम गर्न थालेपछि महिलाका हातहातमा अहिले मोबाइल फोन देख्न सकिन्छ।