विभागीय टोलीको त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेकपा (एमाले) कर्णाली सरकारबाट बाहिरिएको छ। एमालेका तीन जना मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाउनु भएको हो।
बागमती प्रदेशको मन्त्रिमण्डलको आइतबार (आज) साँझ विस्तार हुने भएको छ । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै भएको सत्ता समीकरण परिवर्तनपछि सरकार विस्तारमा ढिलाइ भएको सार्वजनिक टिप्पणी हुँदै गर्दा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको हो ।
शहीद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईँ चयन हुनुभएको छ।
साबिक विजेता मच्छिन्द्र र न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेका छन् । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा मच्छिन्द्रले सङ्कटा क्लबलाई २-१ गोलले हरायो ।
महँगा आइफोन, मोबाइल सेट अनलाइन विज्ञापनमार्फत सस्तो मूल्यमा बिक्री गर्ने भनेर ठगी गर्दै आएका उपेन्द्र शाही पक्राउ परेका छन्।
डिजिटल ठगी गरी ६० लाख रुपियाँ लिने पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. २ घर भएका वर्ष २६ को विश्व शर्मालाई साइबर ब्युरोले पक्राउ गरेको छ ।
यस्तै, इलाम नगरपालिकामा पनि वडा नम्बर, ६, ८, ९, १०, ११, १२ मा यो रोग फैलिएको इलाम नगरपालिकाको पशु शाखाले जनाएको छ ।
कैलालीमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका छन् ।
भक्तपुर नगरपालिकाको आयोजनामा भोलिबाट सुरु हुने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन भक्तपुरको टौमढीमा आज सद्भाव सभाको आयोजना गरिएको छ ।
पुँजी बजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो
प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चार जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
फ्रेन्च लिग वान फुटबलको उपाधि दौडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाइसमाथि सानदार जित निकालेको छ ।
म्याग्दीमा शिक्षण पेसाप्रति महिलाको आकर्षण बढेको छ । शनिबार प्राथमिक तहमा एक सय जना शिक्षकले स्थायी नियुक्त पत्र लिँदा ४८ जना महिलाले स्थायी नियुक्ति पत्र लिएका छन् ।
आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवार आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन्।