नेपालमा भने पछिल्लो पाँच वर्षमा यसरी पूर्ण स्तनपान गराउनेको सङ्ख्या १० प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएको छ ।
महोत्तरी क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादीका शरदसिंह भण्डारी विजयी हुनुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ८७१ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो ।
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिता साह विजयी हुनुभएको छ।
पाल्पा क्षेत्र नं. २ (ख)मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तुलाराम घर्तीमगर विजयी हुनुभएको छ । घर्तीले १३ हजार ९६६ मत ल्याउनुभएको छ ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट नेकपा (एमाले) रमेश बस्नेत विजयी हुनुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यका लागि कैलालीबाट तेस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुनकुमार चौधरी विजयी हुनुभएको छ ।
पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का ठाकुर गैरे निर्वाचित हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै गैरे विजयी हुनुभएको हो ।
डा. शेखर कोइरालाको संसदीय यात्रा सुरु भएको छ। चिकित्सा पेसाबाट राजनीतिमा आउनुभएका कोइराला कांग्रेसभित्र प्रभावशाली नेतामध्ये एक हुनुहुन्छ।
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा विजयी हुनुभएको छ ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीको बिदाइ गरिएको छ।
मोरङ क्षेत्र नं. ५ (क)मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी हुनुभएको छ । उहाँले १४ हजार ८४३ मत प्राप्त गर्नुभएको छ ।
रवीन्द्र उप्रेतीबर्दिबास, मङ्सिर ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका जयनुल राइन विजयी हुनुभएको छ । ११ हजार ४२४ मत ल्याएर राइन पाँच हजार १७३ मतान्तरले विजयी हुनुभएको हो ।उहाँका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का मञ्जु यादवले छ हजार २५१ मत ल्याउनुभएको छ ।
मोरङको निर्वाचन क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी हुनुभएको छ । उहाँले वाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डललाई चार हजार ३३४ मतान्तरले पराजित गर्नु भएको हो ।
पश्चिम नवलपरासीका प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (ख)मा नेपाली कांग्रेसका देवकरण कलवार विजयी हुनुभएको छ ।