गोरखापत्र संस्थानका प्रबन्धक जुजुकाजी रञ्जितलाई पत्नी शोक परेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले सरकार आमनागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ।
काठमाडौं, असोज २ गते । संविधान दिवस, २०७९ राष्ट्रिय दिवसको रूपमा देशव्यापीरुपमा विभिन्न कार्यक्रम गरेर हर्षोल्लासपूर्वक मनाइँदै छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज २, ३ र ४ गते तीन दिन मन्त्रालय एवम् मन्त्रालय अन्तर्गतका निकायमा दीपावली लगायतका कार्यक्रम गरेर राष्ट्रिय दिवसका रूपमा संविधान दिवस मनाउने निर्णय यसअघि नै गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै प्रदेशमा संविधान दिवस भव्यताका साथ मनाउन अनुरोध गरिनुका साथै ‘असोज ३ गते संविधान दिवस राष्ट्रिय दिवसको रूपमा मनाऔँ’, 'सङ्घ, प्रदेश एवम् स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरौँ, संविधान दिवसको महत्त्व बढाऔँ’, ‘घर घरमा राष्ट्रिय झण्डा फहराऔँ, दीपावली गरौँ’ भन्ने जस्ता सन्देश विभिन्न स्थानको डिस्प्ले बोर्डमार्फत प्रवाह गरिएको छ । धरहरा एवम् उपत्यकामा रहेका पालिकासँग यसका लागि आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। यस्ता शुभकामना सन्देश नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकमबाट पनि आमरुपमा प्रवाह गरिनेछ। नेपाल दूरसञ्चार प्रदायकले आफ्ना ग्राहकहरूलाई सेवा शुल्कमा विशेष छुट दिनेछन्।संविधान दिवसको बहुपक्षीय आयामलाई उजागर गर्न विभिन्न लेख, रचनासहितको विशेषाङ्क गोरखापत्र, राइजिङ्ग नेपाल, राष्ट्रिय समाचार समिति लगायत अन्य निजी सञ्चार माध्यमहरूबाट पनि प्रकाशन गरिँदै छ। राष्ट्र, राष्ट्रियता, संविधान र नागरिकबीचको सम्बन्ध जस्ता विविध पक्ष समेटिएको डकुमेन्ट्री नेपाल टेलिभिजनबाट प्रसारण हुनेछन्। यसैगरी, सञ्चार मन्त्रालय सबै सरकारी निकायको फेसबुक, ट्विटर तथा सामाजिक सञ्जालमार्फत संविधान दिवसको शुभकामना प्रवाह गर्न समेत आग्रह गरेको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोगमा सफाइ दिएको टिप्पणी गर्नुभएको छ । ओली निवास बालकोटमा आइतबार बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले त्यस्तो टिप्पणी गर्नुभयो ।
बेलबारी ८ प्रथम तरुण गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बेलबारी १० को प्रस्तावित बेलबारी रङ्गशालामा आइतबार भएको सेमिफाइनल खेलमा बेलबारी ८ ले बेलबारी ११ लाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
बाराको महागढीमाई नगरपालिका –४ दहियार टोलका सिभिल इञ्जिनियर प्रभात जैसवाल (४०) ले मिटरव्याजको चक्रीय व्याज तिर्न नसक्दा आत्महत्या गरेको खुलेको छ ।
नेकपा (एमाले)ले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाएको छ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले सडक पूर्वाधारमा खर्च हुँदाखेरी राजमार्गहरुलगायत ठूला सडकलाई प्राथमिकता दिनुको सट्टामा साना–साना सडकमा समय खर्च भइरहेको बताउनु भएको छ ।
काठमाडौं, असोज २ गते । १० वर्षमा ७० हजार भन्दा बढीले लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट सेवा लिएका छन्।आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी नीति तथा निर्देशिकाको विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो।मन्त्रालयका लैङ्गिक सल्लाहकार सिताराम प्रसाईँले नेपालमा ओसीएमसी सञ्चालन भएको १० वर्षमा देशभरबाट ७० हजार भन्दा बढीले सेवा लिएको जानकारी दिनुभयो।अहिले ९४ वटा अस्पतालमा ओसीएमसी सेवा सञ्चालित छन्।ओसीएमसीबाट गत आर्थिक वर्षमा १० हजार भन्दा बढीले सेवा लिइएरको उहाँले जानकारी दिनुभयो।त्यसैगरी, ओसीएमसी कार्यक्रम सञ्चालन भएका सङ्घीय अस्पतालको सङ्ख्या १६ छ।गत आर्थिक वर्ष तीन हजार ४०९ जनाले सेवा लिएका छन्।आर्थिक वर्षमा सबैभन्दा बढी सेवा लिने कोसी अस्पताल र परोपकार तथा प्रसूति रोग अस्पताल हुन्।सरकारले ओसीएमसीबाट २४ घण्टा सेवा दिँदै आएको छ।सरकारले यो आर्थिक वर्षमा ७७ वटै जिल्ला अस्पतालमा ओसीएमसी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।के हो ओसीएमसी ?लैङ्गिक हिंसामा परेका व्यक्ति सर्वप्रथम उपचारको लागि अस्पताल पुग्ने गर्छन्।यस्ता घटनाको सम्बोधन गर्न अस्पतालले लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन गर्न बनाइएको केन्द्रलाई ओसीएमसी भनिन्छ।मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलका अनुसार ओसीएमसीबाट लैङ्गिक हिंसामा परेका व्यक्तिले शारीरिक उपचार, मनोसामाजिक परामर्श, कानुनी परामर्श, चिकित्साजन्य प्रमाण सङ्कलन सेवा, सुरक्षित आश्रय र आवश्यकताअनुसार पुनर्स्थापना समेत गर्ने गर्दछ।ओसीएमसी सेवा सञ्चालनका लागि मन्त्रालयले अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना सञ्चालन निर्देशिका, २०७७ जारी गरेको सचिव पोखरेल जानकारी दिनुभयो।
काठमाडौं, असोज २ गते । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियार र बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा सजिएको ‘गरिबको दशैं’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बोध अनलाइन टिभी’ नामक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो।दशैं फेरि पनि नेपालीहरूको घर आँगनमा आउनै लाग्दा बिदेसिएका नेपाली दाजुभाइहरूको भावनालाई समेट्दै यो गीत सार्वजनिक गरिएको गीतकार बोध श्रीले बताउनुभयो ।गीतमा सङ्गीत गायक केशव भावुकको रहेको छ भने यसै भिडियोमार्फत गायक भावुक निर्देशन समेत होमिएका छन् । उहाँको यो डेब्यु निर्देशन हो।गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गर्नुभएको छ । गीतमा दशैं दशा बनेर आएको एक घत लाग्दो कथा बुनिएको छ । ‘आयो दशैं ढोल पिटाई, गयो दशैं ऋण बोकाइ’ भन्ने पुरानो नेपाली उखान गरिब–गुरुबाहरूको हकमा आज पनि लागु हुन्छ । खरिद गर्न सक्ने र धान्न सक्नेले त दशैं राम्रैगरी मनाउलान् । तर गरिब तथा असहायको हकमा दशै जहिले पनि पिडादायक हुने गरेको छ ।म्युजिक भिडियोमा गीतकार बोध श्री, रेशम फिरिरि मुख्य भूमिकामा फिचर्ड छन् भने बालकालकार विधान मैनालीको समेत अभिनय रहेको छ । नरेश ऐरले छायाङ्कन गर्नुभएको यस भिडियोलाई रोनित बिशुन्खेले सम्पादन गर्नुभएको हो ।
नुहाउने क्रममा चिप्लिएर करिब २०० मिटर तल खोचमा खस्नुभएका दोलखा कालिन्चोकका केशव सिवाकोटीको आइतबार नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री कुँवरको टोलीले तुर्माखाँद गाउँपालिका –५ नाडा, कमलबजार नगरपालिका –६ वीरपथ र वडा ८ डुँगालाका मृतक र घाइतेका आफन्त घटनास्थलमै पुगेर निरीक्षण गर्नुभयो ।
सैनामैना नगरपलिकाको पूर्व–पश्चिम राजमार्गको सुरक्षा व्यवस्था चुस्त बनाउने उद्देश्यले खरिद गरिएका सीसीटीभी क्यामरा ६ महिना बित्दा पनि अहिलेसम्म जडान भएको छैन ।
नेपाल सरकार भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने पूर्व निर्णय फिर्ता लिएको छ ।
बडा दशैंमा बिदामा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई नेपाली सेनाले निशुल्कः यातायात सुविधा उपलब्ध गराउने भएको छ ।