बुटवल उपमहानगरपालिकाले घुमौँ बुटवल अभियान अन्तर्गत आगामी वर्ष बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटक वृद्धि गर्ने लक्ष्य राखेको छ ।
भिरकोट नगरपालिका–४, छाङछाङ्दी र वालिङ नगरपालिका–११, छत्तीवनको आँधीखोलाको पक्की पुलको सात वर्षमा निर्माण सकिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
गाउँले जीवनभन्दा सहरबजार मोह र युवाको विदेश पलायनले गाउँका विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि तनहुँको व्यास नगरपालिकामा दुई माध्यमिक विद्यालय बन्द भएका छन् भने चार विद्यालयको तह घटाइएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधानको विरोध गर्नेलाई खबरदारी गर्नुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ व्यास नगर समितिको चौथो अधिवेशनको शनिबार उद्घाटन गर्दै भट्टराईले हालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभएको हो ।
सिन्धुली जिल्लामा दुई वटा स्थानीय तहले आफ्नो प्रशासकीय भवन धमाधम बनाइरहेका छन् । जिल्लाका नौ वटा स्थानीय तहमध्ये गोलन्जोर र घ्याङलेख गाउँपालिकाले भवन निर्माणका लागि सङ्घी
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८, राम्चे काफलडाँडाका कुमार पुर्जा रोजगारी खोज्दै दुई पटक इराक पुग्नुभयो । एउटा काम गर्ने भनेर जानुभएका पुर्जालाई अर्को काम थमाएपछि तीन दिनमै स्वदेश फर्किनुपर्यो ।
सप्तरीको कञ्चनरूप नगरपालिका –१२ रूपनगर, बस्तीपुरका कृषकहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरी बिक्री गरेर लाखौं रुपियाँको आम्दानी गर्न सफल भएका छन् ।
मलेसियामा आइतबारदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलङ्काका नागरिकको उद्धारका लागि पहल गर्ने जनाएको छ । नेपाल र श्रीलङ्का सरकारको अनुरोधमा उक्त प्रयास गरिने दूतावासले जनाएको हो ।
यहाँको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा बजार केन्द्र स्थापना गरिएको छ ।
सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौँबीच २०८१ साल चैत १९ गते रु तीन करोड १९ लाख २० हजार ६८० मा ठेक्का सम्झौता भएको थियो ।
लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो ।
जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर वर्षौँदेखि झाडीमा परिणत भएको खेतबारी जोतेर जापानी कटुसको नामले परिचित (मेकाडेमिया नट) खेती विस्तार गरिएको छ ।