प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी देश भारत र चीनसँगको सम्बन्ध राम्रो बनाउने बताउनुभएको छ । डडेल्धुराको अमरगढी नगरपालिकामा आयोजित संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
युवा लोकगायक अर्जुन सापकोटाको ‘ए ठूली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको सो गीतमा आफ्नै शब्द, सङ्गीत र स्वर रहेको सापकोटाले बताउनुभयो ।
काठमाडौं, कात्तिक १७ गते । नेपालले बङ्गलादेशको ढाकामा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि सानदार जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हरायो । नेपालको जितमा वर्षा ओलीले चार गोल गर्नुभयो । सुक्रिया मियाले दुई तथा सेनु परियारले एक एक गोल गर्नुभयो । १० खेलाडीमा समेटिएको भुटानमाथि नेपालले पहिलो हाफमै चार गोल गरेको थियो । नेपालका लागि वर्षाले खेलको पहिलो मिनेटमै गोलको खाता खोल्नुभएको थियो ।वर्षाले १७औँ र ३४औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो । उहाँले ३५औँ मिनेटमा चौथो गोल गर्नुभयो । सुक्रियाले ६५औँ र ७२औँ तथा सेनुले ८५औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि ६७औँ मिनेटमा भुटान १० खेलाडीमा समेटियो ।भुटानकी गोलरक्षक दिक्षिता राई रातो कार्ड पाउँदै बाहिरिनुभयो । डीबक्स बाहिर आएर बल समाएपछि उहाँले रातो कार्ड पाउनुभएको हो । तीन टोली सहभागी प्रतियोगितामा पहिलो जितसँगै तीन अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ ।समान तीन अङ्क बनाएको आयोजक बङ्गलादेश गोल अन्तरका आधारमा शीर्षस्थानमा छ । बङ्गलादेशले भुटानलाई ८–० गोलले हराएको थियो । भुटानले भने लगातार दोस्रो हार खेपेको छ । डवल राउण्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले मुलुकको आर्थिक समृद्धिका लागि एमालेले जनताको विश्वासको मत प्राप्त गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित चुनावी प्रतिबद्वतापत्र सार्वजनिक गर्ने कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिहीबार दिउँसो पूर्वी पञ्जाव प्रदेशको वजिराबाद जिल्लामा खानमाथि गोली प्रहार भएको हो ।
क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ । राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णयमा क्यानडा पुगेको हो । साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन आदेश पनि दिएको छ ।
जेरुसेलमको पुरानो शहरमा एक आक्रमणकारीले बिहीबार एक जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरी हत्या गरेको छ ।
मधेश प्रदेशले प्रधानमन्त्री (पीएम) कप क्रिकेटमा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेशले प्रदेश–१ लाई ७२ रनले हरायो ।
पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट दुई हजार ३१२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको हो।
प्रदेशसभा सदस्यको १० प्रतिशत बराबर हुनेगरी तय गर्न सरकारलाई सिफारिस गरेको छ । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बिहीबार मुख्यसचिव शंकरदास वैरागीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएको प्रतिवेदनमा प्रदेश मन्त्रीहरूको सङ्ख्या न्यूनतम पाँच जनाभन्दा कम नहुनेगरी प्रदेशसभा सदस्यको १० प्रतिशतमा सीमित गर्न सिफारिस गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले देशलाई अग्रगमन लैजान र राष्ट्रियताको संरक्षणका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । नेपाली कांग्रेसका नेता समेत रहनुभएका खाणले बिहीबार भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो।
कतारमा नोभेम्बर २० तारिखदेखि सुरु हुने फिफा विश्वकपका लागि एसियाली देश जापानले खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि २६ सदस्यीय खेलाडी टोलीको घोषणा गर्नुभएको हो ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज (बिहीबार) पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपविरुद्धको मुद्दाको बहस नसकिएपछि शुक्रबारको लागि ‘हेर्दाहेर्दै’मा राखेको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले भक्तपुर क्षेत्र नं. २ को घरदैलो कार्यक्रम आजदेखि सुरु गरेको जनाएको छ ।