नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि फेरि गठबन्धन सरकार बन्ने बताउनुभएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा अन्तिम न्यायाधीश जनता रहेको बताउनुभएको छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरा पुगेर ११ वटा चुनावी आमसभालाई सम्बोधन गर्नुभएको छ ।
वरिष्ठ फोटो पत्रकार राजेश ढुंगाना अनरेबल मेन्सन अवार्ड २०२२ बाट सम्मानित हुनुभएको छ । इङ्गलैण्डमा भएको अन्तर्राष्ट्रिय कलर अवार्डबाट ढुंगाना नेपालको तर्फबाट सम्मानित हुनुभएको हो ।
डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना हुँदा निर्वाचन अधिकृत घाइते हुनुभएको छ । जिल्लाको बडीकेदार गाउँपालिका –५ अत्तरकाँडामा बा २ झ २२३५ नम्बरको जिप आज दुर्घटना भएको हो ।
नेपाल बैङ्क लिमिटेडले तीन वटा नयाँ सेवा सुरु गरेको छ । बैंकका अधिकृत कृष्णबहादुर अधिकारीले अनलाइन एफ्डी, गोल्ड लोन प्रोसेस डिजिटाइजेशन र डलर प्रिपेड कार्य सञ्चालनमा ल्याएको घोषणा गर्नुभएको छ ।
जुम्लामा मतदान केन्द्रतिर जाँदैगरेको कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला गाउँपालिका –४ स्थित रावतवाडामा ताम्ति मतदान केन्द्रतिर गैरहेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ताप्लेजुङमा १५ जना महिलाले मतदान अधिकृतको जिम्मेवारी पाउनुभएको छ। जिल्लाका विभिन्न १५ वटा मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा महिलाले जिम्मेवारी पाउनुभएको हो।
कतार विश्वकप अघि खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा बलिया देशले सफलता हात पारेका छन् । बुधबार राति भएको खेलमा अर्जेन्टिना, इटाली र जर्मनी विजयी भएका छन् । संयुक्त अरव इमिरेट्स (यूएई) मा बुधबार राति भएको खेलमा अर्जेन्टिनाले यूएईलाई ५–० गोलले हरायो ।
अमेरिकी अदालतले अमेरिकी र फ्रान्सेली एयरोस्पेस फर्मबाट प्रविधि चोरी गरेको अभियोगमा एक चिनियाँ गुप्तचर अधिकारीलाई बुधबार २० वर्षको जेल सजाय सुनाएको छ ।
म्यान्मारको सेनाले बेलायतका पूर्व राजदूत, एक जापानी पत्रकार र एक अष्ट्रेलियाली आर्थिक सल्लाहकारसहित करिब छ हजार कैदीलाई रिहा गर्ने बिहीबार जनाएको छ ।
काठमाडौं, मङ्सिर १ गते। साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक २५.५७ अङ्कले बढेर १९३६.८३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन ४.४९ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.८० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अङ्कले बढेको छ। बिहीबार कारोबारमा आएका २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता शेयर १ अर्ब ७१ करोड ५४ लाख रुपियाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा समेत सुधार भएको छ। नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक ३.१४ प्रतिशत बढेको भने वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, लगानी, विकास बैंक, अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। नेप्से बढेसँगै सिक्लेस पावर कम्पनी र सयपत्री हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, फरवार्ड माइक्रोफाइनान्सको शेयर मूल्य २.९७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको १४ करोड ३९ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
मङसिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनका लागि मतदान सामग्रीसहित मतदान अधिकृतसहित कर्मचारी मतदानस्थलतर्फ लागेका छन्।
निर्वाचन आयोगले स्थिर समयको उल्लङ्घन भए २५ हजार जरिवाना गराउने भएको छ ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लामा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ।