राष्ट्रिय प्रतियोगिताको नाममा देशभर अनियन्त्रित भलिबल प्रतियोगिता आयोजनाको लहर चलेपछि नेपाल भलिबल संघ (एनभीए)ले केही कडाइ गर्ने भएको छ ।
बक्सिङ खेलको मुख्य प्रशिक्षकमा प्रचण्ड शर्मा नियुक्त हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मालाई बक्सिङ मुख्य प्रशिक्षकको मुख्य जिम्मेवारी प्रदान गरेको हो ।
नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एसियन एमेच्योर चेस च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रा कायम राख्नुभएको छ । आइतबार भएको पाँचौं चरणको खेलको माप्तिसँगै थापाले ४.५ अंक जोड्दै आफुलाई लयमा राख्नुभएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानुनहरु ठूला नेताहरुको दबाबका कारण तुहिने गरेको आरोप लगाउनुभएको छ । सोमवार ७७ औं विश्व श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले सो आरोप लगाउनुभएको हो ।
शील कोइराला मेमोरियल फाउन्डेसनले डेङ्गु रोगको सङ्क्रमण बढिरहेकाले सचेततापूर्वक महान् पर्व बडादशैं मनाउन आह्वान गरेको छ।
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको छ । अघिल्लो प्रतिनिधि सभामा गोरखा–२ बाट निर्वाचित डा. भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरेर करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्।
नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दशैं पर्वको रौनक ल्याएको छ। प्रत्येक वर्ष दशैंका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ।
बडा दशैंको अष्टमीको दिन आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत परिसरमै सो कार्यालय स्थापना गरिएको हो ।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । आइतबार राति भएको म्यानचेस्टर डर्वीमा सिटीले म्यानचेस्टर युनाइटेडलाई ६–३ गोलले हरायो ।
सुदूरपश्चिमको मुख्य राजमार्ग भिमदत्त राजमार्गमा बस र ट्रक एकापसमा ठोक्किँदा १२ यात्रु घाइते भएका छन् । कैलाली अत्तरियाबाट बझाङतर्फ गइरहेको सुदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से १ ख ८७८ नम्बरको बझाङबाट धनगढीतर्फ गइरहेको ट्रक सोमबार दिउँसो एकापसमा ठोक्किँदा १२ जना यात्रु घाइते भएका हुन् ।
साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियल तुलनात्मक रुपमा कमजोर टोली ओसासुनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
गोरखा, असोज १७ गते । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एक जनाको मृत्यु भएको छ। आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीन जना भने तत्काल नै सम्पर्कमा आएका थिए । पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो। घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उहाँले बताउनुभयो।मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शवपरीक्षणका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको एसपी खनालले जानकारी दिनुभयो। मृतकको शवपरीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ। आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरा गएको थियो। यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरा गएको थियो। उक्त हिमपहिरामा परी दुई जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए। सोमबार गएको हिमपहिरामा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो। रासस
दशैं र तिहारको अवसरमा गाउँघरमा खेलिने लिङ्गे पिङ लोप हुँदै गएपछि रुपन्देही सैनामैना नगरपालिका १० सालझण्डीका युवाहरु पिङ संस्कृति संरक्षण गर्न लागिपरेका छन् । पिङ नै हराउन थालेको भन्दै स्थानीय सालझण्डी ब्वाइज क्लव र विश्व शान्ति युवा क्लवले पहिलो पटक सालझण्डीमा लिङ्गे पिङ शुरु गरेका हुन् ।
बाँके क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगञ्जमा सञ्चालन गरिएको छ। जिल्लाका क्षेत्र नम्बर १ र ३ गरेर अन्य दुई क्षेत्रमा कार्यालय सञ्चालन गरिंदैछ।