धरानमा विकास निर्माणका सन्दर्भमा श्रमदानबाट काम गर्ने अभियान बढिरहेको छ। केही समयअगाडि पकुवा खोलामा दुईवटा खानेपानी ट्याङ्कीको निर्माण कार्य पनि श्रमदानबाट नै गरिएको थियो।
उपचार गर्ने खर्च अभावमा शिवसताक्षी नगरपालिकामा–१०, दोमुखाकी ३७ वर्षीया अम्बिका ढकाल तीन वर्षदेखि साङ्लोमा बाँधिन बाध्य हुुनुुुहुुुन्छ । ढकाल घर छोडेर हिँड्ने भयले परिवारका सदस्यले साङ्लोले बाँधेर राखेको पारिवारिक सदस्यले बताउनुुभएको छ ।
दोलखाको कालिञ्चोक गाउँपालिका–१, उत्तरीगाउँका सीमान्तकृत थामी समुदायका बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन् । थामी समुदायको बाहुल्य रहेको क्याम्पल, बेगुम्पा, तारेभिरका बालबालिका आधारभूत तहसम्म मुस्किलले रहे पनि कम मात्रै माध्यमिक तहमा पुग्ने गरेका अभिभावक बुधवीर थामीले बताउनुभयो ।
श्रीलङ्काको दशकौं लामो गृहयुद्धका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षविरूद्ध अभियोग दर्ता गर्न एक अन्तर्राष्ट्रिय मानवअधिकार समूहले सिंगापुरसँग औपचारिक रूपमा आग्रह गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।
लमजुङ, साउन १० गते । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका वडा नं १ र २ को सिमानामा मङ्गलबार साँझ पहिरा खसेर अवरुद्ध बनाएको सडक ।
दैलेख जिल्ला भगवतीमाई गाँउपालिका वडा नं ४ राउटे चौरमा राउटे समुदायको बस्ती । कम्तिमा पनि १२ वर्षपछि पुरानै ठाँउ फर्कने गरेका राउटे समुदाय यस स्थानमा २० बर्षपछि फर्किएका हुन् ।
गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भन्नुभयो, “सकभर त्रुटि कम होस् भन्ने चाहेका छौँ । त्यसमा व्यस्त भएकाले साउन ११ गतेमात्र नतिजा सार्वजनिक गर्ने भएका हौँ ।”
देश विकासका लागि नयाँ उद्योग स्थापना गर्न जरुरी रहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले बताउनु भएको छ । मन्त्री बडुले धरान औधोगिक क्षेत्र निरीक्षण भ्रमणको कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।
केदार तिमल्सिना बनेपा, साउन १० गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षित बेरोजगारीको अन्त्य नभएसम्म मुलुकको विकास सम्भव नभएको बताउनुभएको छ। काभ्रेको बेथानचोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्यापसको प्रथम क्याम्पस सभामा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। मन्त्री कार्कीले प्रमुख चुनौतीको रुपमा रहेको शैक्षिक बेरोजगारीको अन्त्यका लागि शिक्षामा भएका विश्वव्यापी विकासलाई आत्मसात गर्दै मुलुकको शिक्षा प्रणाली पनि सोही अनुसार अघि बढाउनुपर्ने बताउनुभयो। कार्यक्रममा बोल्नुहुँदै मन्त्री कार्कीले शिक्षालाई बदलिँदो परिस्थिति अनुसार निर्माण र त्यस दिशातर्फ अघि बढाउन नसकिएको बताउँदै शिक्षा प्रमाण–पत्र प्राप्त गर्ने माध्यम मात्रै बनेको बताउनुभयो। मन्त्री कार्कीले विद्यार्थीले प्राप्त गरेको प्रमाणपत्र उसको, परिवार र समाजको लागि उपयोगी हुन नसकेको खण्डमा त्यो केवल कागजको रुपमा मात्रै परिणत हुने दाबी गर्नुभयो। उहाँले शिक्षा नै सभ्यताको जननी भएको बताउँदै शिक्षाको प्रार्दुभाव नहुने हो भने हामी सभ्य, सुन्दर र स्थानीय समाज निर्माण गर्न नसक्ने बताउनुभयो। उहाँले शिक्षा पहिलो प्राथमिकता भएको बताउँदै बत्तीले अन्धकारलाई दुर गरेजस्तै शिक्षाले समाजमा रहेको अन्धकारलाई दूर गर्ने बताउनुभयो। मुलुकमा दुई किसिमको शिक्षा भएको बताउँदै एउटा शिक्षा प्राप्त गर्ने युवा गाउँमा सामान्य शिक्षा लिएर सहर पस्ने, त्यहाँ उसका आकांक्ष पुरा नभएपछि देश छोडेर खाडी देशमा जाने र त्यहाँबाट उसले पठाएको रेमिट्यान्सले देश चल्दै आएको बताउनुभयो। उहाँले देशमा काम गरेर मासिक डेढ, दुई लाख रुपैयाँ कमाउने जनशक्ति उत्पादनतर्फ सरकारका काम अघि बढ्नुपर्ने बताउनुभयो। मन्त्री कार्कीले देशमा सूचना प्रविधिको अध्ययन गर्नतर्फ युवालाई आकर्षित गर्न सरकारले अवसर प्रदान गरेको खण्डमा देशको शैक्षिक बेरोजगारीको समस्या समाधान हुने बताउनुभयो। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटा, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, पार्वती बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष परशु घिमिरेलगायतले पार्वती बहुमुखी क्याम्पसले बेथानचोक तथा जिल्लाको दक्षिणी क्षेत्रको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो।
कपिलवस्तु शिवराज नगरपालिका –४ का सोमनाथ मौर्या १३ वर्षको उमेरमा झोला उद्योगका श्रमिक हुनुहुन्थ्यो । विपन्न परिवारका मौर्या रोजगारको सिलसिलामा बाल श्रमिक बन्न भारत पुग्नुभएको थियो । अहिले आफ्नै उद्योगको मालिक बन्न सफल हुनुभएको छ ।
बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजनक बाना च्याम्पियन बनेका छन् । आइतबार राति भएको फाइनलमा पुरुषतर्फ सुदूरपश्चिमले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा हरायो ।
कैलालीको कैलारी गाउँपालिका –३ स्थित मोहना नदी पारिको बस्ती शिवरत्नपुरका १६ परिवार विस्थापित भएका छन् । बस्तीतर्फ मोहना नदीको कटानका कारण जोखिममा परेपछि ती परिवार सुरक्षित स्थानतर्फ सरेका हुन ।
एथलेटिक्स परिवार नेपालको पहिलो साधारणसभा सोमबार सम्पन्न भएको छ । सोमबार काठमाडौंमा सम्पन्न साधारण सभाबाट अध्यक्षमा राजन खत्री निर्विरोध निर्वाचित हुनुभयो ।
नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताउनुभएको छ ।
कोभिड व्यवस्थापन समिति कपिलवस्तुले कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्न स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न व्यवस्थापन समितिको बैठकले सो आग्रह गरेको हो ।