नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमै उत्पादित सामग्री सरकारी कार्यालयमा प्रयोग हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभएको छ । बुधवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सर्वोच्च अदालतले संघीय संसद अन्तर्गतको महाअभियोग सिफारिस समितिमा कामु प्रधानन्यायधीश उपस्थित हुन नमिल्ने जवाफ फर्काएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण कार्य अधुरो छोड्ने निर्माण कम्पनीलाई कारवाही गर्ने बताउनुभएको छ । बाँकेको जानकी गाउँपालिका –३ ईन्द्रपुरमा बुधबार हुलाकी राजमार्ग अन्तर्गत नेपालगञ्ज–गुलरिया सडकखण्डको स्तरोन्नतिको शिलान्यास गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
काठमाडौं,भदौ २९ गते। नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण सुरु गरेको छ। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले बुधबारबाट सर्वसाधाणका लागि नयाँ नोट वितरण सुरु गरेको हो। राष्ट्र बैंकका सूचना अधिकारी नाराणप्रसाद पोखरेलका अनुसार केन्द्रीय कार्यालयबाट नयाँ नोट दिन सुरु गरिएको हो। एक व्यक्तिले पाँचदेखि एक सय दरका एक एक प्याकेट गरेर १८ हजार ५०० रुपियाँसम्म नयाँ नोट साट्न पाउने छन्।यस पटकको दशैंमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैँकले जनाएको छ।
निर्वाचन आयोगले निर्वाचनको नयाँ प्रक्रिया सुरु हुनुअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरुको पद स्वतः रद्द हुने गरी कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बालुवाटारमा जारी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मोरङको कानेपोखरीका ६२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्नुभएको छ ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भइरहेको बताउनुभएको छ।
काठमाडौं, चदौ २९ गते । सोनिया सेन पोखरेलको स्वरमा ‘केही खोजिरहेको थिए’ बोलको गीत सार्वजनिक भएको छ । यो सोनियाको पहिलो गीत हो ।सुगम पोखरेलको शब्द सङ्गीत र सोनियाकै आवाजमा रहेको गीतमा प्रदीप बास्तोला र प्रशंसा रायमाझीको अभिनय छ । शिवराम श्रेष्ठले छायाङ्कन गर्नुभएको भिडियोलाई बिजेश पौडेलले सम्पादन र निर्देशन गर्नुभएको हो ।
५८ औं बाल दिवसको अवसरमा हिमाली छात्रावासमा अध्ययनरत विद्यार्थीलाई कम्बल सहयोग गरिएको छ । छात्रावासमा बस्दैआएका बिद्यार्थीलाई कपडाको समस्या भएको पाइएपछि सिमकोट गाउँपालिकाले कम्बल सहयोग गरेको हो ।
नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ८४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ११९ जनामा कोरोना पुष्टि भएको हो ।
अविनाश चौधरीधनगढी, भदौ २९ गते।एउटै फर्मबाट धेरै किसिमको कारोबार भएको पाइएपछि धनगढीस्थित समैजी स्टोरमा आन्तरिक राजस्व कार्यालयले बुधबार छापा मारेको छ।कर छलीको आशङ्कामा राजस्वले धनगढीको ट्राफिक चौराहामा रहेको सो स्टोरमा छापा मारेर अनुसन्धान सुरु गरेको हो।स्टोरबाट किरानाका सामानका साथै भाँडावर्तन, ग्याँस, इँटा, विल्डर्स लगायतको कारोबार हुँदै आएको छ।एउटै फर्मबाट धेरै किसिमको व्यापार गरिने गतिविधि शङ्कास्पद लागेपछि राजस्व छलेको हुन सक्ने आशङ्कामा छापा मारेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले बताउनुभयो।उहाँले एउटै व्यक्तिको नाममा धेरै कारोबार भएको जनाउनुभयो।हाल स्टोक बुक भिडाउने कार्य भइरहेको उल्लेख गर्नुहुँदै पौडेलले सबै कुरा छानबिन गर्न दुई दिनसम्म लाग्ने बताउनुभयो।‘छानबिन सकिएपछि त्यसपछि वास्तविकता बाहिर आउनेछ’, उहाँले भन्नुभयो।
गृहमन्त्री बालकृष्ण खाणले कारागार व्यवस्थापनका लागि बजेटको अभाव रहेको बताउनुभएको छ ।