न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। मङ्गलबार बसेको बैठकले रिक्त दुईसहित तीन पदमा सिफारिस गरेको हो। एक स्थानमा भने कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अवकाशपछि पदभार सम्हाल्ने गरी सिफारिस गरिएको परिषद् स्रोतले बतायो। सर्वोच्चमा हाल दुई न्यायाधीशको स्थान रिक्त छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशसमेत २१ न्यायाधीश सर्वोच्चमा रहनेछन्।
निर्वाचन आयोगले मङ्गलबारबाट मतपत्र छाप्न सुरु गरेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो। आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि मतपत्र छाप्न सुरु भएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरु हुने जानकारी दिनुभयो। पहिलो चरणमा आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि छ लाख मतपत्र छाप्ने छ। आमनिर्वाचनका लागि आवश्यक सबै मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा छापिने आयोगले जनाएको छ। जनक शिक्षा सामग्री केन्द्र स्रोतका अनुसार मङ्गलबार अपराह्न ४ बजेदेखि मतपत्र छाप्न सुरु भएको हो। जनक शिक्षा सामग्रीको दैनिक १२ देखि १५ लाख मतपत्र छाप्ने क्षमता छ। आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “नमुना मतपत्र छपाइ सकिएलगत्तै समानुपातिकतर्फको मतपत्र डिजाइन तयार गरेर जनक शिक्षालाई दिइनेछ।”
प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै लैजाने सरकारको योजना रहेको बताउनुभएको छ। १९औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै निजामती सेवालाई सशक्त बनाई सरकारी सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माण कार्यलाई गति दिनुपर्ने खाँचो रहेको बताउनुभएको छ।
प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालसम्बन्धी व्यवस्था हटाउँदै प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक बहुमतले पारित गरेको छ। कार्यकालको अस्पष्टता हटाउन भन्दै सरकारले ल्याएको विधेयकमा समेटिएको उक्त प्रावधान हटाइएको हो। सरकारले विधेयकको व्यवस्था फिर्ता लिएपछि कार्यकाल अब पूर्वाभ्यासकै आधारमा तय हुने भएको छ। कानुनी रूपमा भने कार्यकालको गणना र अन्त्यको रिक्तता नै रहने छ। नेपालको संविधानले कार्यकाल पाँच वर्ष हुने उल्लेख गरे पनि सुरु अन्त्य गणनाका विषयमा कानुनी रिक्तता छ। यसअघि २०७४ मा संसद्को कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म कायम भएको थियो।
सत्ता गठबन्धनको कार्यदलको मंगलबारको बैठकमा सिट बाँडफाँट सम्बन्धमा प्रतिवेदन तयार गर्ने विषयमा छलफल भएको छ ।
कास्की जिल्लाको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन ।
जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहलाई नवलपुर अदालतले साढे दुई वर्ष कैद फैसला सुनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको आदर्शनगरमा रहेको जि फर्मा लिंक प्रा.लि.को औषधी गोदाममा म्याद गुर्जिएका औषधी रहेको पाइएपछि सिलबन्दी गरेको छ ।
गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै देशमा राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउने बताउनु भएको छ।
काठमाडौं, भदौ २१ गते। नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ। मंगलबार घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो। नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गर्नुभयो। खेलको १२ औं मिनेटमा नेपालका लागि सावित्राले पहिलो गोल गर्नुभएको थियो। पहिलो हाफ १–० गोल अन्तरमा सकिएको खेलको दोस्रो हाफमा नेपालले थप तीन गोल गरेको हो। खेलको ६७ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्नुभयो। खेलको ७२ र ८४ मिनेटमा गोल गर्दै अनिताले भुटानविरुद्धको गोल अन्तर ४ शून्य गोल अन्तर बनाउनुभयो। नेपाली टिममा मंगलबारको खेलबाट दीपा शाही, अमिषा कार्की र समीक्षा घिमिरेले डेब्यू गर्नुभएको छ। यो जितसँगै समूह बीमा रहेको नेपालले तीन अंक जोडेको छ। नेपालले समूह चरणको अर्को खेल भदौ २८ गते श्रीलंकासँग खेल्दैछ। उद्घाटन खेलको पहिलो हाफ वर्षाले प्रभावित भएको थियो।प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जिम्मेवार ठाउँमा बसेर स्वतन्त्र न्यायपालिकाले गरेको निर्णयलाई काम चलाउ सरकार नभन्न आग्रह गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार भाषा आयोग ऐन, २०७४ बमोजिम अध्यक्ष अवस्थीले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगुका बिरामीको सङ्ख्या बढेको छ ।
प्रतिनिधिसभाले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।