राष्ट्र बैंकले यस वर्षको दसैं, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ । डेङ्गु एडिज जातको सङ्क्रमित लामखुट्टेले मान्छेलाई सार्ने भएकाले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हो ।
मधेस प्रदेशका सुचना तथा संचार विभागका प्रमुख नितेशकुमार गुप्ताले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ (ख)बाट प्रदेशसभा सदस्य उम्मेदवारमा सभापति यादवको नाम सिफारिस भएको जानकारी दिनुभयो ।
रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुने बताउनुभएको छ ।
भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । सोमबार बिहान भद्रकालीस्थित जङ्गी अड्डामा दुई देशका सैनिक प्रमुखबीच भेटवार्ता भएको हो ।
बग्लेग (डोटी), भदौ २० गते । डोटीको पूर्वीचौकी गाउँपालिका –२ मा पर्ने बग्लेग क्षेत्र प्राकृतिक रुपमा अत्यन्तै सुन्दर रहेको छ । बग्लेग डोटी जिल्ला सदरमुकाम सिलगढी भएर खप्तड जाने क्रममा बाटोमा पर्दछ । सिलगढीबाट बग्लेग हुँदै खप्तड प्रवेशद्वारको रूपमा रहेको झिग्रानासम्म जाने पक्की सडकले यस बग्लेग क्षेत्रलाई छोएसँगै यस क्षेत्रमा घुम्न आउनेहरू बढ्दै जान थालेका छन् । सिलगढीबाट ३० मिनेटको गाडीको यात्रामा बग्लेग सम्म पुग्न सकिन्छ । बग्लेगमा बराही देवीको मन्दिर रहेको छ । बराहीदेवीको मन्दिरमा भदौ शुक्ल सप्तमीमा जाँत (मेला) समेत लाग्ने गरेको छ । फराकिलो फाँट र चिसो हावापानी यस क्षेत्रको विशेषता हो । यहाँ घुम्न आउनेहरूले यस क्षेत्रलाई मिनी खप्तडका रूपमा चिनाउन थालेका छन् ।
दलहरूलाई आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस गर्ने गृहकार्यको चटारो लागेको छ ।
कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा दुई वर्ष अगाडी बहु प्राविधिक धारका लागि जिल्लामा भौतिक संरचना निर्माण भए पनि पढाई भने सुरु हुन सकेको छैन । एक करोड बिस लाख खर्च गरेर भवन निर्माण भए पनि पढाइ सुरु नहुँदा राज्यको लगानी खेर गएको छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका–३, पुडाबाउलाको दलित बस्तीका दर्जनौँ घरपरिवारको उठीबास भएको छ । गत बुधबार राति परेको अविरल वर्षाका कारण बस्तीको माथिबाट आएको पहिरोले घर पुरिदिएपछि पुडाबाउलाको दलित बस्तीका दर्जनौँ परिवारको उठीबास भएको खप्तड छेडेदह गाउँपालिका–३ का प्रेम सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेको बेलामा फेरि पहिरोले ठूलो रूप लिने हो कि भन्ने डरले यहाँका दर्जनौँ परिवारले घर छोडेर आफन्तकहाँ बस्ने गरेका छन् ।” पुडाबाउला बस्ती निकै भिरालो ठाउँमा भएकाले कति बेला पूरै बस्ती नै पहिरोमा पुरिने हो कि भन्ने डरैडरमा रात काट्ने गरेको सुनारले बताउनुभयो । सोही वडाका वडाध्यक्ष बिर्खबहादुर रावतले गत असारको पहिलो हप्तादेखि भदौसम्म परे
भूमिहीन र अव्यवस्थित बसोबास लगत सङ्कलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोग र अछामका स्थानीय तहबीचमा सम्झौता भएको छ। भूमिहीन दलित र सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थित विवरण सङ्कलनका लागि १० वटै स्थानीय तहसँग सम्झौता भएको आयोगका अछाम अध्यक्ष खड्क विष्टले जानकारी दिनुभयो। सम्झौतापत्रमा स्थानीय तहले लगत सङ्कलन, प्रमाणीकरण, बस्तीको तहगत क्षेत्र तोक्ने र वडास्तरमै सहजीकरण समिति निर्माण गर्ने उल्लेख छ। तथ्याङ्क सङ्कलकदेखि जनशक्ति व्यवस्थापन, डेस्क स्थापना, भूमिहीन र अव्यवस्थित बसोबासका लागि जग्गा पहिचानको काम स्थानीय तहले गर्नुपर्नेछ। आयोगले आधार, मापदण्ड, कार्यविधि, फाराम, तथ्याङ्क प्रणाली उपलब्ध गराउने सम्झौतामा छ। जग्गाको पहिचान र छनोट दुवै पक्षले गर्ने भनेर आयोगका केन्द्रीय विज्ञ सदस्य टेकबहादुर शाह र स्थानीय तहका प्रमुखले हस्ताक्षर गर्नुभएको छ।
मदनमणि दीक्षितले लेख्नुभएको पुस्तक ‘माधवी’ को हिन्दी संस्करण प्रकाशनमा आएको छ। रत्नसागर प्रकाशन प्रालिले पुस्तकको हिन्दी संस्करण प्रकाशन गरेको हो। उत्तर वैदिककालीन उपन्यास नाम दिइएको उक्त पुस्तकको अनुवाद किरण मिश्राले गर्नुभएको छ।
साहित्यकार तथा अनुसन्धानकर्ता विप्लव ढकाल र भोगिराज चाम्लिङलाई किराँत एकेडेमी पुरस्कार २०७९ प्रदान गरिएको छ। किराँत एकेडेमीले प्रदान गरेको पुरस्कार ढकाललाई भोजपुरको वाङ्मय कृतिका लागि दिइएको हो। प्रा. डा. अभि सुवेदीले दुवै व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुभयो।