सरकारले १९औँ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । निजामती सेवा दिवस मनाउने सन्दर्भमा भदौ १० गतेदेखि नै विभिन्न कार्यक्रम गर्न सुरु गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । भदौ २० गते सिंहदरबार परिसरमा रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने, २० गते नै गोकर्णेश्वर नगरपालिकाको जगडोलमा रहेको निजामती पार्कसम्बन्धी कार्यविधिको सरोकारवालालाई जानकारी गराउने, सोही पार्कमा वृक्षरोपण गर्ने, विभिन्न ट्रेड युनियनहरूको समन्वयमा खेलकुद कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय भएका छन् ।
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराउपरको बयानका क्रममा सोधिने प्रश्नावलीको तयारी थालेको छ । समितिले महाभियोग प्रस्तावमा उल्लेखित २१ विषयलाई नै मूल प्रश्न र प्रमाण सङ्कलनका क्रममा आएका विषयलाई समेत समेटेर प्रश्नावलीको मस्यौदा गरिरहेको छ । आइतबारसम्म इमेल र स्वयं उपस्थित भएर करिब दसवटा (व्यक्ति/समूहले) प्रमाण पेस गरेका छन् । ती प्रमाणलाई समेत आधार मानेर समिति सचिवालयले प्रश्नको मस्यौदा गरेको छ । सचिवालयले तयार पारेको प्रश्नावली आधार मानेर नै बयानको प्रक्रिया अघि बढ्नेछ ।
नेपाली चियाको बजार यतिबेला अन्योलमा छ । नेपाली चियाको मुख्य बजार भारतले चिया आयातमा कडाइ गर्ने भएपछि चिया उत्पादक चिन्तित बनेका छन् । अहिले नेपाली चिया उत्पादक वैकल्पिक बजारसँगै गुणस्तर सुधारको खोजीमा लागि परेका छन् । भारतले चिया आयातमा व्यवधान ल्याउने भएपछि नेपाली चिया उद्योगी यतिबेला गुणस्तर सुधार गरेर तेस्रो देश निर्यात गर्ने सोचमा छन् ।
हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा अधिकांशको १३ देखि १७ वर्ष उमेरमै बिहे भइसकेको हुन्छ । सूचना प्रविधिको पहुँचले बालविवाहको प्रवृत्ति झाँगिँदै गएको पाइएको छ । मोबाइल फोन, सामाजिक सञ्जाल आदिले यसलाई सहयोग पुगेको छ । पुथाउत्तरगङ्गा माध्यमिक विद्यालयका शिक्षक अइनश्वर पुनमगरले मोबाइल फोनमा छिटो बिहे गर्ने निर्णयमा विद्यार्थी पुग्ने गरेको बताउँदै थप्नुभयो, “फेसबुक र च्याटमा भेट हुन्छ । भागी बिहे गर्ने योजना बन्छ । त्यसैले स्कुले छोराछोरीलाई मोबाइल किनिदिने चलन हुन्जेल बालविवाह रोकिनेवाला छैन ।”
सामाजिक संजालमार्फत बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै गलत खबर फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको तिलोत्तमामा भएको सडक दुर्घटनामा दिदी भाइको मृत्यु भएको छ ।
जनकपुरधामको गंगा सागरमा दैनिक हुने सन्ध्याकालीन महागंगा आरतीको क्रममा देखिएको मनमोहक दृश्य।
सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ र ४ को सिमाना रहेको हरियाली धान खेत फाँट । खेतमै पानीको मुल निस्कने भएकोले यहाँ धान लगायतका कृषिजन्य उत्पादन राम्रो फल्छ । तस्बिर : भविन कार्की रासस
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयले कक्षा ११ र अन्य तहका विद्यार्थीलाई चर्को शुल्क लिएको विषयमा सरकारले अनुगमन गर्ने बताउनुभएको छ।
श्रीलंकामा भदौ २० देखि २९ गतेसम्म आयोजना हुने साफ यू–१७ च्याम्पिनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
शनिबार रातिबाट परेको अविरल वर्षाका कारण आइतबार आएको पहिरामापरी आमाछोरीको मृत्यु भएको छ । खोलाले बगाउँदा एक बृद्ध बेपत्ता हुनुभएको छ भने एक बालिकाको जीवितै उद्धार गरिएको छ ।
केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हरायो । यस जितसँगै पाँच खेलको टी–२० सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ ।
रेखीराम रानापाल्पा, भदौँ १२ गते । बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पाल्पाको माथागढी –४, झडेवा नेटामा दाउराको चिर्पटले हानेर छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले १४ वर्षीय छोरालाई पक्राउ गरेको हो। शनिबार साँझ ६ बजेतिर छोराले रिसको आबेगमा प्रहार गरेको चिर्पटले लागेर ४५ वर्षीय तिलबहादुर दिसाको घटनास्थलमै मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेर प्रहरी टोलीले आइतबारबाट अनुसन्धान थालेको छ। घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोगको आरोप पुष्टि हुने आधारसहित नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले उपलब्ध प्रमाणहरु महाअभियोग सिफारिस समितिमा बुझाएका छन ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले बहुउद्देश्यीय बुढीगण्डकी जलविद्युत आयोजनाको काम यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अघि बढाउने बताउनुभएको छ ।