मेलम्ची नगरपालिका–१० का मनोज अधिकारीको बिहानै उठेर फार्ममा पुगी बिक्रीका लागि कुखुरा तथा खसीको मासु तयार गरी वडा नं. ११ स्थित मेलम्ची बजारमा रहेको पसलमा लैजानु दैनिकी बनेको छ। फार्मबाट दैनिक तीन सय केजी मासुसहित अन्य सामान बोकेर बजारसम्म जाने एकमात्रै विकल्प हो झोलुङ्गे पुल। मेलम्ची बजारमा रहेको मोटरेबल पुल बगाएपछि बजार आउन कि त झोलुङ्गे पुलबाट आउनुपर्छ कि त बाहुनेपाटी हुँदै घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा हाल सञ्चालनमा रहेको आन्तरिक विमानस्थलका संरचना र भूभागको अधिकतम सदुपयोग आग्रह गर्नुभएको छ ।
यो वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाएको छ।
विर्तामोड समाचारदाताविर्तामोड, भदौ ११ गते। झापामा जंगली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन्। झापा हल्दिवारी गाउँपालिक-२ मा शनिवार बिहान साढे ४ बजेको समयमा हिँड्दै गरेका स्थानीय ४९ वर्षीय कारसिंह राजवंशी र उनका छोरा नरेन्द्र राजवंशी हात्तीको आक्रमणमा परेर घाइते हुनुभएको हो। बिहानको समयमा मर्निङ वाकमा निस्केको अवस्थामा हात्तीसँग जम्काभेट हुन पुग्दा बाबुछोरालाई ४ वटाको सङ्ख्यामा रहेको हात्तीको बथानले लखेटेर आक्रमण गरेको थियो। घाइतेद्वयको हाल मेची प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हात्तीको समूहले एउटा पसलमा पनि क्षतिपुर्याएको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले २०७४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फबाट प्राप्त मतलाई आधार मानेर गठबन्धन दलले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य गरिरहेको बताउनुभएको छ । सबैको जित हुनेगरी गठबन्धन दलबीच सहमति हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
विभिन्न राजनीतिक दल परित्याग गरी नेता तथा कार्यकर्ताहरु नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो । पार्टी मुख्यालय च्यासल ललितपुरमा आयोजित कार्यक्रममा नवप्रवेशी नेता कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो ।
पुष्कर भण्डारीडडेल्धुरा, भदौ ११ गते। सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यालयको विस्तार हुँदा त्यहाँ हुने गडबडी रोकिने बताउनुभएको छ। शनिबार डडेलधुरामा सवारी चालक अनुमतिपत्र (लाइलेन्स) को ट्रायल सेन्टरको उद्घाटन गर्दै उहाँले एकै ठाउँमा मात्रै कार्यालय हुँदा गडबडी हुने उल्लेख गर्नुभयो। यातायात व्यवस्था कार्यालय स्थापना भएको नौ वर्षपछि डडेलधुरामा चालक अनुमति पत्र वितरणका लागि पहिलो पटक लिइएको ट्रायलको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले यातायात कार्यालयमा हुने भ्रष्टाचार रोकिने बताउनुभएको हो। ‘‘एकै स्थानबाट सेवा प्रवाह हुँदा चाप बढ्छ र गडबडीको सम्भावना रहन्छ। प्रदेश सरकारले कार्यालय स्थापना र विस्तारको काम अघि बढाइरहेको छ’’, उहाँले भन्नुभयो। सुदूरपश्चिम प्रदेशमा यस अघि कैलाली र कञ्चनपुरबाट मात्रै अनुमतिपत्र प्रदान हुँदै आएको थियो। दुई वटा जिल्लाबाट मात्रै अनुमतिपत्र वितरण हुँदा सेवाग्राहीको चाप बढीहुने भएकाले कर्मचारी लगायत दलालले गडबडी गर्ने गरेको मुख्यमन्त्री भट्टको भनाइ थियो। ‘‘हाम्रो देशमा यातायात र मालपोत कार्यालय बदनाम भएका छन्’’, उहाँले भन्नुभयो, ‘‘बढी चाप हुने कार्यालय भएकाले गडबडी हुने घटना बाहिर आउने गरेका थिए। तर, अहिले त्यस्तो छैन। ’’ डडेलधुरा र डोटीबाट सावारी चालक अनुमतिपत्र वितरण हुनथालेपछि चापका कारण हुने गडबढी पनि रोकिने उहाँको विश्वास छ। जिल्लाबाटै सेवाग्राहीलाई सेवा प्रदान गर्न प्रदेश सरकारले कार्यालय स्थापना गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो। डडेल्धुरामा ट्रायल सेन्टर लिजमा लिई यातायात व्यवस्था कार्यालयले ट्रायल लिन सुरु गरेको छ। आफ्नै जमिनका लागि सरकारले पहल अघि बढाउन जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले आग्रह गर्नुभयो।
विश्वकै अग्लो स्थानमा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि श्याम तामाङले जित्नुभएको छ । हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकाको लो–थाङ स्थित विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्समा शनिबार भएको पहिलो प्रतियोगितामा तामाङले २२ अंक जोड्दै पहिलो हुनुभएको हो ।
नेकपा (एमाले) ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सूची भदौ २२ गतेभित्र सिफारिस गर्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ । शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले सो निर्देशन दिएको हो । बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रीय कमिटीमा रहने गरी सो निर्देशन दिएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले फेरि कांग्रेसको नेतृत्वमा सरकार बनाउन गठबन्धन आवश्यक रहेको बताउनु भएको छ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार सुनिश्चित गरिएको बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागु गर्न लागेको मन्त्री अथकले जानकारी दिनुभयो ।
पश्चिम नवलपरासी सदरमुकाम परासीस्थित एक निजी विद्यालयमा शिक्षकको कुटाइबाट विद्यार्थीको कानको जाली फुटेको छ । दिएको गृहकार्य नगरेको भन्दै रामग्राम नगरपालिका –४ बैरिहवास्थित एक निजी विद्यालय हिलेरियस चिल्डे«न एकेडमीका शिक्षक आलम सिद्धकीले कुट्दा विद्यार्थीको जाली फुटेको हो ।
पालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित हुनुभएको छ । प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो ।
कपिल ज्ञवालीसिद्धार्थनगर, भदौ ११ गते। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा गठबन्धन बलियो हुने बताउनुभएको छ। स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै गठबन्धन बलियो बनाइने उहाँको भनाइ छ। पार्टी प्रशिक्षणपछि बुटवलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले पाँच दलीय गठबन्धनले मुलुकलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताउनुभयो। ‘‘गठबन्धन र तालमेल भनेजस्तो नभए पनि गठबन्धन सरकारले नै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोस्राे निर्वाचन प्रक्रिया (संविधानसभापछि) को सुरु गर्यो। यसलाई ठूलो सफलता मान्नुहोला, गठबन्धनले मुलुकलाई ठूलो दुर्घटना हुनबाट बचाएको हो’’, दाहालले भन्नुभयो। स्थानीय चुनावमा गठबन्धन र तालमेल भनेजस्तो नभएपछि त्यसबाट शिक्षा लिएर प्रदेश र संघमा राम्रो गर्नेसमेत उहाँको भनाइ छ। उहाँले सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न गइरहेको भन्दै त्यसमा सबैले साथ दिन आग्रह गर्नुभयो।
जयमान बुढा मगररुकुमपूर्व, भदौ ११ गते। नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्व शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ। शनिबार सिस्ने गाउँपालिका-५ को एक होटलमा नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्वको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो। प्रथम अधिवेशनले सम्पूर्ण पदाधिकारी र कार्य समितिका सदस्य सर्वसम्मत निर्वाचित भएका छन्। सभापतिमा सिस्ने गाउँपालिका-६ का दामोदर गौतम, उप-सभापतिमा पुथाउत्तरगङ्गा गाउँपालिका-८ का टेकप्रसाद समाल र सिस्ने-५ का शिल्पा पौडेल निर्वाचित हुनुभएको छ। यसैगरी मन्त्रीमा सिस्ने-५ का लोकेन्द्रबहादुर बुढाथोकी, उप-मन्त्रीमा सिस्ने-६ का भिमकान्त उपाध्याय, कोषाध्यक्षमा सिस्ने-५ का वामदेव गौतम, उप-कोषाध्यक्षमा सिस्ने-३ का कमानसिङ खत्री सर्वसम्मत निर्वाचित हुनु भएको छ। ७ जना पदाधिकारी १० सदस्य गरी १७ जनाको कार्य समिति निर्माण गरिएको छ। २०६५ सालदेखि २०७४ सालसम्म रेडक्रस सोसाइटी रुकुमकोट उपशाखाको रूपमा रहेको थियो। पछि साविक रुकुम जिल्लालाई पूर्व र पश्चिम गरी दुई भागमा विभाजन गरेपछि जिल्लामा २०७५ साल लोकेन्द्रबहादुर बुढाथोकीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो। त्यसपछि २०७७ पुस महिनामा मोहनबहादुर केसीको संयोजकत्वमै तदर्थ समिति पुनः गठन गरिपछि हाल सम्म केसीकै नेतृत्वमा रहेको तदर्थ समितिले नियमित कामकाज गर्दै आएको थियो। शनिबार प्रथम अधिवेशनको बन्द सत्रबाट पहिलो पटक नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्व शाखाले पूर्णता पाएको छ।