आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा इलाममा छ सिटका लागि ५४ जनाको उम्मेदवारी परेको छ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटले इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीयलाई अनुरोध गरेको छ ।
गुल्मीमा आइतबार मनोनयन दर्ता गरेका कुनै पनि उम्मेदवार विरुद्ध उजुरी परेको छैन । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार दिउँसो तीन बजेसम्म उम्मेदवारविरुद्ध दाबी र विरोध गर्ने समय रहेको थियो ।
तनहुँमा ६ वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन्। मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ।
बाँकेमा लगातारको वर्षाका कारण राप्ती नदी आसपासका बस्ती सबैभन्दा प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार प्रारम्भिक तथ्याङ्क अनुसार बाढीबाट करिब नौ हजार घर परिवार प्रभावित भएका छन् ।
नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा विभागीय टोली टोली नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले हरायो ।
गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन आम मतदातालाई आग्रह गर्नुभएको छ।
पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २२२ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा भाग लिन नेपाली टोलि मंगलबार बंगलादेश प्रस्थान गरेको छ । अक्टोबर १२ देखि २१ सम्म ढाकामा आयोजना हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ ।
भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । सो पहिरोमा परेर अरु ५६ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न दशैंको अवधिमा मात्र करिव १६ हजार भक्तजन आएका छन्। दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।
संयुक्त राज्य अमेरिका र अन्य जी७ शक्तिहरूले युक्रेनमा रूसले भर्खरै गरेको बमविष्फोटको बारेमा मङ्गलबार सङ्कट वार्ता गर्ने भएका छन् ।
काठमाडौं, असोज २५ गते । फिल्म 'फोन भूत'को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा कट्रीना भूतको भूमिकामा देखिएकी छन् । यो फिल्मलाई गुरमीत सिंहले निर्देशन गर्नुभएको हो । कमेडी हरर फिल्ममा कट्रीना कैफ, सिद्धान्त चतुर्वेदी र इशान खट्टर, ज्याकी श्राफ, निधि विष्ट, केदार शन्कार, मनुज शर्मालगायत कलाकारको अभिनय छ । कट्रीना, सिद्धान्त र इशान पहिलो पटक एकसाथ देखिएका छन् । रितेश सिधवानी र फरहान अख्तरको निर्माणमा बनेको फिल्मको कथा रवि शङ्कर र जस्भिन्दर सिंहले तयार पार्नुभएको हो ।यो फिल्म कार्तिक १८ गतेदेखि प्रदर्शन हुने भएको छ ।
त्तरी इरानको गिलान प्रान्तस्थित एक बन्दीगृहमा त्यहाँका बन्दीहरुका बीचमा भिडन्त भएको बताइएको छ । सो भिडन्तमा परेर कैयौँ कैदीबन्दी मारिएका अनुमान गरिएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाउनुभएको छ । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी डा. आरजु राणा देउवामार्फत उजुरीको जवाफ बुझाउनु भएको हो ।