विश्वका विभिन्न भागमा रोजगारी, अध्ययनका साथै उच्च जीवनस्तरको अभिलाषा तथा अन्य अवसर प्राप्तिका निम्ति एक देशका बासिन्दा अर्को देशमा बसाइँसराइ गर्ने परम्परा लामो छ। विश्वव्यापीकरणको प्रभावले विगत केही दशकयता त यो प्रवृत्ति निकै फस्टाएको छ। अन्तर्राष्ट्रिय आप्रवासनको यस कडीमा नेपाली समुदाय अछुतो छैन। विश्वको थुप्रै मुलुकमा अवसर प्राप्तिका लागि नेपाली पुगेका छन्। यिनै प्रवासी नेपालीको सङ्गठित संस्थाका रूपमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले छरिएका नेपालीलाई एकै छातामुनि आबद्ध गरेर मातृभूमिप्रतिको दायित्वलाई झकझकाउने प्रयास गरिरहेको छ। यसमा केही सफलतासमेत प्राप्त हुँदै गएको छ।
आगामी मङ्सिर ४ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५, समानुपातिकतर्फको ११० र प्रदेशतर्फको ३३० र समानुपातितर्फ २२० जना जनप्रतिनिधिहरू चुनिँदै छन्। नेपालले लोकतान्त्रिक संविधान प्राप्त गरेको छ। मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको छ। सबैलाई समेट्ने उद्देश्यले समानुपातिक प्रतिनिधित्व प्रणालीको व्यवस्था गरिएको छ। २०४७ सालको संविधानको तुलनामा वर्तमान संविधानमा धेरै प्रकारका लोकतान्त्रिक व्यवस्थाहरू गरिएका छन्। सङ्घीय शासन प्रणालीको अवलम्बन, गणतन्त्रात्मक राष्ट्रको व्यवस्था र धर्म निरपेक्षतालाई यसको महìवपूर्ण लोकतान्त्रिक परिवर्तनका रूपमा मानिएको छ। यसका अतिरिक्त समावेशी नीतिको व्यवस्था, मानव अधिकार र मौलिक हकको प्रत्याभूति यस संविधानका सुन्दर पक्षहरू हुन्।
आइसल्यान्डकी प्रख्यात पप गायिका ‘बियोर्क’ले आफ्नो साक्षात्कारमा एक पटक भनेकी थिइन्, “मलाई लाग्छ, पुरुष र महिला रोज्नु भनेको केक र आइसक्रिम छनोट गरे जस्तै हो। जसरी आइसक्रिम र केकको स्वाद अलग–अलग हुन्छ त्यसरी नै यौन स्वादको विविधता प्राप्त गर्नु नै मानव जीवन हो । यस्तो प्रकृतिप्रदत्त उपहारबाट आफूलाई वञ्चित गरिनु मूर्खता हो।”
नेपालको संविधान घोषणापश्चात् प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो निर्वाचन आगामी मङ्सिर ४ गते हुँदै छ। यो आमचुनाव निकै महìवपूर्ण छ। संवैधानिक व्यवस्थाबमोजिम प्रत्येक पाँच वर्षका लागि प्रतिनिधि तथा प्रदेश सभाका जनप्रतिनिधिका लागि निर्वाचन गर्नुपर्ने हुन्छ। मुलुकका सबै जनतामा आसन्न चुनावका लागि उत्साहित छन्। जब चुनावको दिन नजिकिँदै जान्छ त्यति त्यति नै चुनावप्रति जनचासो र उत्सुकता बढ्दै गइरहेको छ। मुलुकको लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचनलाई विशेष महìवले हेरि
नेपालमा बालबालिकाको अधिकार क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको इतिहास लामै छ। संयुक्त राष्ट्रसङ्घदेखि जापान, बेलायत, जर्मनी, फ्रान्स, नर्बे, अमेरिकाजस्ता मुलुकसहित अन्य धेरै सहयोगी देश यस क्षेत्रमा प्रत्यक्ष/परोक्ष रूपमा क्रियाशील छन्। बालबालिकाको क्षेत्रमा काम गरिरहेका यी सङ्घसंस्था तथा सरकारी कार्यक्रमको अध्ययन गर्दा अधिकांश यिनीहरू बालशिक्षा केन्द्रित बाल अधिकारको वरपर मात्र कार्यरत देखिन्छन्। त्यसमा पनि खासगरी यिनीहरू बाल अधिकारको नाममा स्कुल भर्ना कार्यक्रममा बढी केन्द्रित छन्। यिनीहरू नेपालमा गुणस्तरीय शिक्षाभन्दा स्कुल भर्ना, बालपोषणभन्दा खाजा वितरण, बाल मनोविज्ञानभन्दा अभिभावक रिझाउने, बाल मनोरञ्जनभन्दा आनीबानी सुधारमा बढी क्रियाशील छन्।
रोजगारीका लागि कोरिया युवाको रोजाइमा पर्छ । त्यहाँ रोजगारीमा जानका लागि युवाले लिखित र मौखिक दुवै परीक्षा दिनुपर्छ अर्थात् लोकसेवाजस्तै कडा मेहनत गरी परीक्षा दिएर पास गरी कोरिया जाने गरेका छन् तर यस्ता पनि युवा छन्, जो कोरिया जान छाडेर नेपालमै कृषि पेसा गरी महिनाको लाखौँ रुपियाँ आम्दानी गरिरहेका छन् । ती युवामध्येका एक हुनुहुन्छ गुल्मीका
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दलले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै आयोगले यस्तो गरेमा एक लाख रुपियाँसम्म कारबाही हुने चेतावनी दिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गर्नुभएको छ ।
मनाङ, मुस्ताङ, गोरखा र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा रोकिएका पर्यटकको उद्धार सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकको तत्काल उद्धार गर्न निर्देशन दिएसँगै उद्धार कार्यले गति लिएको छ। निरन्तरको वर्षा, हिमपात र प्रतिकूल मौसमका कारण बीचबाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका पर्यटकमध्ये बुधबार उपल्लो डोल्पाबाट सात जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका– २ की १६ वर्षीया किशोरीलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोग लागेका एक युवालाई प्रहरीले पक्राउ परेको छ ।
विगतका वर्षहरूमा दशैँमा प्रभाव कम देखिएको डेङ्गु रोगको सङ्क्रमण यो पटक दशैँमा रोकिएन। गत साउनदेखि देखिन थालेको डेङ्गु सङ्क्रमण दशैँको समयमा मकवानपुरलगायतका जिल्लामा यो वर्ष सङ्क्रमण दर झन्डै उच्च रह्यो। डेङ्गु सङ्क्रमणबाट यो वर्ष बागमती प्रदेशको काठमाडौँ, ललितपुरपछि मकवानपुर प्रभावित बनेको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयको सोमबार साँझसम्मको तथ्याङ्कअनुसार डेङ्गु सङ्क्रमण भएका बिरामी २६ हजार ४९४ जना पुगेका छन्। १० दिनअघि प्रदेशका १३ जिल्लामा गरी २३ हजार २७० जनालाई डेङ्गु सङ्क्रमण भएको थियो।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको मनोनयन पत्र दर्ता सकिएलगत्तै अहिले अधिकांश दोलखाली महिलाको आवाज एउटै बनेको छ– महिलालाई अवसर दिन किन कन्जुस्याइँ ? साक्षरता दर, उच्च शिक्षामा पहुँचको कमी र सार्वजनिक पदमा पुरुषसरह महिलाको सहभागिता हुन नसक्दा महिलाको अवस्था पुरुषको तुलनामा पछाडि पर्न गएको हो त भन्ने साझा प्रश्न छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजी (सरकारदेखि सरकार) प्रणालीमार्फत भारतबाट मल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । कृषि मन्त्रालयले ३० हजार मेट्रिक टन युरिया खरिद गर्नका लागि भारतलाई खरिद प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकारकुमार सञ्जेलले जानकारी दिनुभयो ।
असोजको दोस्रो हप्तादेखि आएको बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिप्रति विभिन्न सङ्घसंस्थाले सरकारलाई ध्यानाकर्षण गराएका छन् । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बैमौसमी वर्षाका कारण ठूलो मात्रामा धनजनको क्षति भएको अखिल नेपाल किसान महासङ्घले जनाएको छ ।
पूर्वसभामुख अग्निप्रसाद सापकोटासहितका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रभावशाली नेताहरू सांसदको भूमिकाबाट बाहिरिँदै हुनुहुन्छ। मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ४९ मध्ये २९ जना सांसदले उम्मेदवारी दिनुभएन। सापकोटासहित माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, जयपुरी घर्ती, उपमहासचिव हरिबोल गजुरेल, सचिव सुरेन्द्र कार्कीलगायतका नेता आगामी प्रतिनिधि सभामा हुनुहुने छैन। उपाध्यक्ष महरालाई समानुपातिकमा राख्ने भनिए पनि अन्तिममा नाम समावेश भएन।