मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।
यो छ/आठ महिनामा विश्वभर नै मूल्य वृद्धिको चर्को चाप प¥यो। खासगरी रुस र युक्रेन युद्धले संसारभरका उपभोक्ता महँगीको मारमा परे। आपूर्ति व्यवस्थामा प्रतिकूल असरले उपभोक्तालाई सतायो। विश्वभर औसत १० प्रतिशत हाराहारीमा मूल्य वृद्धि भएको देखिएको छ। नेपाली रुपियाँ छ महिनाअघि प्रतिडलर १२० रुपियाँभन्दा कमी थियो र अहिले प्रतिडलर १३० रुपियाँभन्दा उकालो लागेको छ। यसले पनि नेपाली बजारमा मूल्य वृद्धिको पीडा प्रतिविम्ब गर्छ। तर, नेपाली बजारमा अन्तर्राष्ट्रिय बजा
कर्णाली प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । अविरल वर्षाका कारण मार्ग अवरुद्ध हुँदा कतिपय उम्मेदवारले वारेसमार्फत आफ्नो मनोनयन दर्ता गराएका थिए ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ । सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ क्षेत्र रहेका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार लुम्बिनी प्रदेशमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहका साथ मनोनय दर्ता गरेका छन् । उम्मेदवारको मनोनयनसँगै चुनावी माहोल पनि बढेको छ ।
देशको शासन व्यवस्था परिवर्तन भएपछिको दोस्रो आमनिर्वाचनको प्रक्रिया विधिवत् सुरु भएको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीको अन्तिम सूची सार्वजनिक भएको छ भने प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। दल र उम्मेदवार मतदातालाई आफ्नो पक्षमा पार्न दौडधुप गरिरहेका छन्।
मधेश प्रदेशका जिल्लाको निर्वाचन क्षेत्रमा आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि सो उम्मेदवारी मनोनयनपत्र दर्ता गरिएको हो । मधेश प्रदेशमा ३२ वटा प्रतिनिधि सभा क्षेत्र र ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कास्कीमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारद्वारा मनोनयन दर्ता गरिएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा भएको निर्वाचन आयोगले जनाएको छ। मनोनयन दर्ताका लागि बिहान १० बजेबाट सुरु भएर अपराह्न ५ बजेसम्म तोकिएको थियो।
पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ। सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू)को कालोसूचीमा रहेको नेपालबारे दुई दिन अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको प्राविधिक सहयोग टोलीले कात्तिक ११ गते प्रतिवेदन बुझाउने भएको छ।
आगामी मङ्सिर ४ गते हुने सङ्घीय संसदको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ मा सत्तारुढ गठवन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्तको उम्मेदवारी दर्ता भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नवलपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मनोनयन दर्ता गर्नुभएको छ ।
दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा रहेको पाल्पामा मुख्य दलका उम्मेद्वारबीच प्रतिष्पर्धा हुनेभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले र गठबन्धन दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या बढी रहेको छ । आइतबार भएको उम्मेदवारी मनोनयन दर्ता गराउने क्रममा प्रदेश सभाभन्दा प्रतिनिधि सभामा उम्मेदवारी दिनेको सङ्ख्या बढी रहेको छ ।
सप्तरीको निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव तथा जनमत पार्टीबाट डा. सिके (चन्द्रकान्त) राउतबीच प्रतिस्पर्धा हुनेभएको छ । दुवैजनाले एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएपछि सो प्रतिस्पर्धा हुनेभएको हो ।