काठमाडौँ, चैत ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)देखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा पाँच लाख विद्यार्थी सहभागी हुने छन् । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुदैछ । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् । तीमध्ये कति जना परीक्षामा सहभागी हुने छन् भन्ने यकिन छैन । परीक्षा सञ्चालनका लागि मुलुकभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र प्रश्न पत्र पुर्याइसकिएको छ ।
त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।
काठमाडौं वसन्तपुर क्षेत्रमा बिहानैदेखि होलीको उत्सव सुरु भएको छ । विदेशी पर्यटकदेखि स्थानीयहरू समेत वसन्तपुरमा रङ लगाएर होली मनाएका छन् ।
रङ्गहरूको पर्व होली नजिकिँदै छ । सद्भाव, सौन्दर्य र रस रङ्गको रङ्गीन पर्व, जातिपाति, छुवाछुत, सानोठुलो र धनीगरिबबिचको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सव बुधबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
महाशिवरात्रिको अघिल्लो दिन पशुपतिनाथमा साधुसन्तको चहलपहल बढेको छ ।
आज माघ शुक्ल पञ्चमी अर्थात् हिन्दू वैदिक परम्पराको वसन्तपञ्चमी पर्व । मुख्यतः विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजन परम्परासँग जोडिएको यो पर्वमा सना–साना नानीहरुलाई अक्षरारम्भ गराइने परम्परा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण प्रकट गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताउनुभएको छ ।
आजबाट श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेला सुरु भएको छ । नेपाल संवतकाे आठौँ शताब्दीदेखि सुरु भएकाे एकमहिने माधवनारायण व्रत एवं मेला हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ।
भृकुटीमण्डपमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताले स्वागत गर्नुभएको थियो ।
माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड पिँडालुले बजार भरिन थालेको छ। उपत्यकाका गल्ली तथा चोक–चोकमा तरुल, सखरखण्ड, पिँडालुलगायतका वस्तुको व्यापार पनि बढ्न थालेको छ।
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार ‘तमु ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
आइतबार उधौली पर्व, देशभर विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चार्ड मनाउने गरिन्छ।
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस क्लबले लगातार दोस्रो जित हात पारेको छ।