गत वर्ष नेपालमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) विश्व क्रिकेटकै नजरमा प¥यो । ठुलो सङ्ख्यामा सुपर स्टार विदेशी क्रिकेटरहरूको आगमन, करोडौँको लगानी, विश्वकै अग्रणी स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण गर्नुका साथै क्रिकेटमा नेपालको ‘क्रेज’ ले गर्दा एनपिएलको पहिलो संस्करणले व्यापक चर्चा बटुलेको थियो ।
पछिल्ला केही समय क्रिकेटको छोटो संरचना टी–२० मा रमाएको नेपाली टिम अब अर्को संरचना एकदिवसीय क्रिकेटमा फर्किंदै छ । नेपाल आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत हुन लागेको त्रिदेशीय शृङ्खलामा अमेरिका र घरेलु टिम संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्न दुबईमा छ ।
आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार घरेलु टिम ओमानविरुद्ध हुने खेलले नेपाली क्रिकेटमा ठुलो महत्व राख्छ । ओमानलाई हराएमा नेपालको आगामी टी–२० विश्वकपमा चयन लगभग पक्का हुने मात्र होइन, नेपाल उपाधिकै नजिक पुग्ने छ । नेपाल समग्रमा तेस्रो र लगातार दोस्रो पल्ट टी–२० विश्वकप खेल्ने अभियानमा छ ।
नेपालले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) लाई एक रनले हराएर सन् २०२६ मा हुने आइसिसी टी–२० विश्वकपमा चयनतर्फ एक पाइला सारेको छ । चालु प्रतियोगितामा नेपाल अपराजित छ ।
नेपाली महिला क्रिकेट टिम तीन महिनापछि टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायर पार गरेर इतिहास बनाउने सपना देख्दै छ । नेपाली महिला क्रिकेटले पहिलो पटक टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायर खेल्न लागेको हो । थाइल्यान्डमा गत जेठमा भएको एसिया छनोट परेर नेपालले महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेर इतिहास बनाएको थियो ।
नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेल्ने लक्ष्यसहित बुधबार सुरु हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिता खेल्न ओमानमा रहेको छ ।
नेपाली क्रिकेटले थुप्रै महत्वपूर्ण फड्को पार गरेको छ । हालै नेपालले अर्को उपलब्धि हासिल ग¥यो टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजविरुद्धको शृङ्खला जितको रूपमा । संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहा क्रिकेट मैदानमा नेपालले तीन खेलको टी–२० शृङ्खलाको आयोजना गरेको थियो । नेपालले आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेलेको यो पहिलो पटक थियो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि फ्रेन्चाई क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) सुरु ग¥यो । भव्य रूपमा सफल भएपछि एनपिएललाई पहिलो संस्करणमै भारतको आइपिएलसँग तुलना गर्न थालियो ।
उपत्यकाका नेवार समुदायले चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्रशुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुंला पर्व मनाउने गरिन्छ । यस पर्वमा २२ टोलका गुंला बाजा (धाःबाजा) सहितको समूहले बिहान सबेरै स्वयम्भूलगायत विभिन्न विहार, चैत्यको परिक्रमा गर्दछ ।
इतुंबहालबाट हराएका १५–१८ औँ शताब्दीको तीन बहुमूल्य पौभा चित्र ४५ वर्षपछि पहिलेकै यथास्थानमा पुगेका छन् ।
एसिया कपमा नजिक पुगेर पनि नतिजा निकाल्न नसकेको पीडाले पछिसम्म पिरोलिरहन्छ जस्तो लाग्छ, नेपाली महिला फुटबल टिमकी नयाँ कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले नेपाल फर्केपछि प्रतिक्रिया दिनुभयो । साम्बाले भने जस्तै नेपाल एसियन महिला कपको सँघारमै पुगेर असफल बनेको थियो ।
दसौँ राष्ट्रिय खेलकुदको निर्धारित मिति तीन पटक सर्यो तर फेरि कहिलेलाई तोकिने हो टुङ्गो छैन । अझ हुन्छ कि हुन्न भन्ने अन्योल पनि कायमै छ । नेपाली खेलकुदको सबभन्दा ठुलो प्रतियोगिता राष्ट्रिय खेलकुदमा व्यक्तिगत, समूहगत खेलका खेलाडी, प्रशिक्षक र खेलकर्मी यो महोत्सवमा समेटिन्छन् ।
आर्यभभूषण श्रेष्ठ अहिले आठ वर्षका छन् । उनी कक्षा ४ का विद्यार्थी हुन् ।
दस हप्ता, ७४ खेलपछि विश्वको सबभन्दा प्रतिष्ठित फ्रेन्चाई क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) सकिएको छ ।
गत वर्ष १९ औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले कांस्य पदक जितेर इतिहास बनायो । एक खेलाडीका रूपमा मानमतीले शानदार प्रदर्शन गरेकी थिइन् । केही महिनापछि नै नेपाल कबड्डी सङ्घले कप्तान बनाएर मानमतीलाई सम्मानित गर्यो । उनलाई