नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति बालकोट बैठकमा जुटेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरूसँग भएको छलफलमा सो सहमति भएको जानकारी दिनुभयो ।
काठमाडौं, पुस ८ गते। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ। प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार सभापति देउवा र अध्यक्ष दाहालबीच शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो। अहिले छलफल जारी छ। यसअघि प्रधानमन्त्री देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच बालुवाटारमा छलफल भएको थियो। कांग्रेस नेतृ डा. डिला संग्रौलाले प्रधानमन्त्री देउवा र पदाधिकारीबीच आज दिउँसो भेटघाट भएको जानकारी दिनुभयो।संग्रौलाले भन्नुभयो, “दलको नेतामा चुनिनुभएको छ, हामी उहाँलाई भेट्न बालुवाटार पुगेका थियौं। चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी भएकाले नेतृत्व गर्नुपर्छ भन्ने छ।”यसैगरी, कांग्रेस नेता प्रकाशमान सिंह पनि शक्ति बाँडफाँट लगायतका विषयमा छलफल गर्न शुक्रबार बिहानै माओवादी अध्यक्ष दाहाल निवास खुमलटार पुग्नुभएको थियो।सिंहका प्रेस संयोजक यूपी लामिछानेले नेताद्वय सिंह र दाहालबीचमा सरकार गठन, शक्ति बाँडफाँट, आलोपालो नेतृत्वको विषयमा कुराकानी भएको हो। “आलोपालो शक्ति बाँडफाँट, सरकार गठनको विषयमा छलफल भयो”, प्रधानमन्त्री कांग्रेसको नेतृत्वमा हुनुपर्ने सिंहले प्रस्ताव गर्नुभएको लामिछानेको भनाइ छ। तर, अध्यक्ष दाहालले प्रधानमन्त्रीमा आफ्नो दाबी गर्नुभएको उहाँको भनाइ छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार गठनका लागि आह्वान गरिसक्नु भएको छ। राष्ट्रपतिले दिनुभएको समय सकिँनै लाग्दा नेताले छलफललाई तीव्रता दिएका हुन्। बिहीबार साँझ प्रधानमन्त्री देउवा, अध्यक्ष दाहालसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमै भेटवार्ता भएको थियो ।
नेपाली कांग्रेसबाहेक अन्य पाँच दलका नेता भने सर्वसम्मत चयन भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकार गठका लागि आह्वान गर्नुभएपछि सरकार गठनका लागि राजनीतिक दलको दौड पनि सुरु भएको छ।
निर्वाचन आयोगले भर्खरै सम्पन्न आम निर्वाचनको अन्तिम परिणाम प्रतिवेदन मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष बुझाउँदैछ ।
राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । अहिले प्राप्त नामावलीको समावेशी क्रममा देखिएका समस्याको हल गर्नेक्रम जारी रहेको आयोगले जनाएको छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी राष्ट्रिय दलको रुपमा स्थापित भएका छन् ।
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारलाई अन्तिम मतपरिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्देशन दिएको छ ।
प्रतिनिधि सभा सदस्यमा २२५ महिला उम्मेदवारमध्ये ८ जना विजयी भएका छन् । नेकपा (एमाले) बाट जुली कुमारी महतो ३३ हजार ३८८ मतसहित धनुषा–३ बाट विजयी हुनुभयो ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न निर्वाचन क्षेत्रमा पुराना एवम् अनुभवी उम्मेदवारलाई पाखा लगाउदै नयाँ अनुहार मतदाताको रोजाइमा पर्न सफल भए । निर्वाचनमा प्राप्त फरक खाले नतिजाको विभिन्न कोणबाट विश्लेषण भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन शानदार ढङ्गले जित्नेमा पूर्ण विश्वास रहेको बताउनुभएको छ ।
काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ६ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले) का सर्वेन्द्र खनाल मुख्य प्रतिस्पर्धी हुनुहुन्छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ देशभरमा कुल २,४१२ उम्मेदवार छन् । जसमध्ये पुरुष उम्मेदवार २,१८७ र महिला उम्मेदवारको संख्या २२५ मात्र रहेको छ ।
एमालेका पूर्व सांसद रामवीर मानन्धर यस पटक स्वतन्त्र उम्मेदवार उठेको विषयले चर्चा बटुलेको छ । मानन्धर २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका निर्वाचित सांसद हुनुहुन्थ्यो । यो पटक प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) बाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई र नेकपा (एमाले) का श्यामकुमार घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएकाे छ ।
ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का नवराज सिलवाल र नेपाली कांग्रेसका उदय शमशेर जबराबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । प्रदेशसभा निर्वाचन क्षेत्र (क)मा मधुसुदन पौडेल र (ख)मा चेतनाथ सञ्जेल एमालेको उम्मेदवार हुनुहुन्छ । यसैगरी, गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरि दाहाल प्रदेशसभा सदस्यतर्फ (क)मा र ललितपुर (ख) मा कांग्रेसका मीनकृष्ण महर्जन उम्मेदवार हुनुहुन्छ ।