नेपालका ६० वर्षमाथिको ७ प्रतिशत जनसङ्ख्या डिमेन्सियाबाट प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ ।
बन्द भएको नौ वर्षपछि वीर अस्पतालमा जलन उपचार कक्ष सञ्चालनमा आएको छ । जलनको नियमित उपचार भइरहेको वीर अस्पतालमा २०७२ सालको भूकम्पपछि ‘जलन उपचार कक्ष’ नै बन्द भएको थियो । शुक्रबारबाट सञ्चालनमा आएको सो कक्षमा कुल १५ वटा बेड छन् । १५ मध्ये १० जनरल र पाँच बेड आइसियुमा छन् । यस्तै तीन शल्यक्रिया कक्ष छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्नुभयो ।
लगनखेलस्थित मानसिक अस्पतालमा आत्महत्या रोकथामका लागि स्थापना भएको हटलाइन सेवा प्रभावकारी बन्दै गएको छ । आत्महत्या बढ्दै गएपछि संसद्को महिला बालबालिका तथा समाजकल्याण समितिले आत्महत्या रोकथाम गर्न निर्देशन दिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याइएको थियो । मानसिक अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. वासुदेव कार्कीले तीन वर्षको अवधिमा २८ जना व्यक्तिलाई आत्महत्या गर्दैगर्दाको अवस्थामा रोक्न सफल भएको जानकारी दिनुभयो । कतिपय व्यक्तिले अन्तिम अवस्थामा म यो अवस्थामा छु, आत्महत्या गर्नै लागिसकेँ भनेर फोन आउने गर्दछ, डा. कार्कीले भन्नुभयो, “त्यो अवस्थामा नजिकैको प्रहरी र मेडिकल टिमलाई तत्काल खबर गरेर उक्त व्यक्ति भएको ठाउँमा पठाउने गरिन्छ ।”
सामाजिक सेवाको क्षेत्रमा क्रियाशील संस्थाका रूपमा रहेको लायन्स क्लबले रक्त सञ्चार केन्द्र स्थापनाको अनुमति पाएको छ । नेपाल रेडक्रस सो
सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलन भएका बिरामीका लागि निःशुल्क उपचार गर्ने कार्यविधि बनाएर लागु गर्न लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जलन भएका बिरामीको निःशुल्क उपचार गर्न लागेको जानकारी दिँदै सहमतिका लागि कार्यविधि अर्थ मन्त्रालयमा पठाइसकेको बताउनुभयो । अर्थबाट सहमति आएपछि जलनको उपचार निःशुल्क हुने उहाँले बताउनुभयो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनको उपचार निःशुल्क गर्ने गरी सो कार्यलाई प्राथमिकता दिनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार जलनका बिरामीको प्राथमिक उपचार जिल्ला अस्पतालमा हुने छ । प्रवक्ता डा. बुढाथोकीले त्यहाँ उपचार हुन नसकेका बिरामीलाई केन्द्रीय अस्पतालमा रिफर गरिने बताउनुभयो ।
नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ । नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ तर ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर एमबिबिएस पास भएका चिकित्सकसमेत बेरोजगार छन् । एमबिबिएस मात्र होइन, काठमाडौँ उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छन् ।
दिसाको माध्यमबाट सर्ने महामारीजन्य रोग हैजा (कोलेरा) पाँच जिल्लामा देखिएको छ । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिरामी पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार दुई साताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लामा २७ जनामा पुष्टि भएको छ । यो सङ्ख्या प्युठानमा थपिएका दुईसमेतको हो ।
हालसम्म नेपालमा मिर्गौला र कलेजोबाहेक अन्य अङ्गको प्रत्यारोपण हुन सकेको छैन । मिर्गौला र कलेजो प्रत्यारोपणको इतिहास पनि धेरै लामो छैन । नेपालमै पहिलो पटक सन् २००८ मा वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । सरकारले १२ वर्षअघि मानिसको अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्यो । हाल उक्त केन्द्र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नामबाट सञ्चालित छ । सुरुमा उक्त केन्द्रबाट मिर्गौला प्रत्यारोपण गर्न सुरु गरियो । बिस्तारै नेपालमा कलेजो प्रत्यारोपण हुन थाल्यो । मानिसको अङ्ग प्रत्यारोपण आफैँमा जटिल चिकित्सकीय विषय हो । त्यसमा पनि कलेजो प्रत्यारोपण धेरै जटिल मानिन्छ तर नेपालमा कलेजो प्रत्यारोपणले गति लिँदै गएको छ । कलेजो प्रत्यारोपणमा नेपाल आत्मनिर्भरतर्फ उन्मुख हुँदै गएको छ ।
वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ । हालसम्म विभिन्न जिल्लामा गरी २५ जनामा हैजा पुष्टि भएको छ । यो तथ्याङ्क कल्चर गरेर आएको हो । यसबाहेक आरडिटीमार्फत पनि हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली, प्युठान जिल्लामा हैजाको प्रकोप देखिएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले कल्चरबाट २५ जना व्यक्तिमा हैजा पुष्टि भएको बताउनुभयो ।
नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नेपालमै पहिलो पटक २०७३ मङ्सिर २
सरकारी अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत उपचार गराउने बिरामीका लागि हाल एक हजार १३३ किसिमका औषधी निःशुल्क पाउने व्यवस्था छ तर स्वास्थ्य बिमा गराएका बिरामीले बिमा सुविधामार्फत औषधी पाउन निकै मुस्किल छ ।
तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडालगायत तराईका सहरमा रगतको अभाव देखिएको हो । तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक गर्मीका कारण रगत सङ्कलन गर्न नसक्दा रगतको चरम अभाव हुन पुगेको हो ।
ग्रामीण ऋणग्रस्तता, स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा र धामीझाँक्रीको भरमा सामान्य शल्यक्रियाबाटै उपचार हुने पाठेघर खस्ने समस्याबाट अहिले पनि १० औँ लाख आमा आक्रान्त छन् । कतिपय आमा ‘लगान लागेको, वनको लागेको’ भनेर आफ्नो जटिल रोग लुकाएरै बस्न बाध्य छन् । त्यसमाथि आफ्नो गोप्य अङ्गमा रोगबारे खुलेर आफन्तलाई भन्ने आँटसमेत गर्दैनन् । तर सिन्धुपाल्चोक पिस्करकी ६७ वर्षीय नेप्टी थामीलाई अहिले थाहा भयो, पाठेघर खस्ने रोगको न्यूनतम खर्चमै सहज शल्यक्रिया गरेपछि निको हुने रहेछ । उहाँ वर्षौंअघिदेखि पाठेघर खस्ने (आङ खस्ने) समस्याले पिरोलेको थियो । धेरैबेर उभिँदा र थोरै गह्रौँ भारी बोक्नासाथ पाठेघर खसिहाल्थ्यो । उहाँले अर्थिक अभावका कारण आङ खस्ने रोगको उपचार गर्न सक्नुभएको थिएन । उहाँले रोग पहिचान गर्न पनि सक्नुभएको थिएन ।
नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन् । स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि उनीहरू विदेशतिर आकर्षित भएका हुन् । नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि उनीहरूको पहिलो आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया बेलायतसहितका विकसित मुलुक हुने गरेको छ तर पछिल्लो समय साउदी अरेबिया, दुबई, कतार, कुबेतलगायतका देशप्रति उनीहरूको आकर्षण बढ्न थालेको छ । नेपाल नर्सिङ सङ्घका कोषाध्यक्ष कल्पना श्रेष्ठले पछिल्लो समय ‘करियर बनाउनकै लागि’ साउदी, दुबई, कतार, कुबेत, बहराइनसहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको बताउनुभयो । उहाँले थोरै खर्चमा खाडी मुलुक गएर राम्रो आम्दानी हुने भएकाले नर्सहरू खाडीका देशमा जाने गरेको बताउनुभयो ।
अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङक्रमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेङ्गु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको बताउनुभयो । उहाँका अनुसार जनवरी (पुस–माघ) यता एक हजार सात जना डेङ्गुका बिरामी भेटिएका छन् ।