जाडो मौसममा छाला, अनुहार र स्वास्थ्यसँग कपालको हेरचाह पनि उत्तिकै आवश्यक हुन्छ । मानिसको सुन्दरतामा कपालको महत्वपूर्ण भूमिका हुन्छ । कपाल नभएका कारण कति मान्छेमा आत्मबल हुँदैन भने कतिले लाज बेहोर्नुपरेको छ । त्यसैले कपालको हेरचाहमा पनि सबैले ध्यान दिनुपर्ने विशेषज्ञको सुझाव छ । चिसो मौसममा सुक्खापन आउने, चाया पर्ने, कपाल टुक्रने प्रायः धेरैले झेल्दै आएको प्रमुख समस्या हो ।
‘खेलकुद’ सबैलाई मन त पर्छ नै । हुनत खेल के खेल्ने र के मन पर्छ त्यो फरक–फरक हुुनसक्छ । खेल कसैले रमाइलो र समय बिताउन खेल्छन् भने कसैले त्यसैलाई ‘व्यवसाय’ नै बनाउने गर्दछन् । यस्तै खेलकी सौखिन र भविष्यमा एक सफल साहसिक खेल स्केटिङ खेलाडी बन्छु भनेर लागेकी छन, नयना शाक्य । विभिन्न खेलमध्येको नयनाको रोजाइ छ, स्केटिङ । उहाँ यही खेलमा नै आफ्नो भविष्य खोज्दै हुनुहुन्छ ।
बौद्ध धर्मको वज्रयानी वज्राचार्य गुरुहरूले परम्परादेखि पूजा कोठाभित्र अभ्यास गर्दै आएका चर्या नृत्य स–साना बालबालिकादेखि युवापुस्तामाझ लोकप्रिय भएको छ । युगौँदेखि अभ्यासमा रहेको यो नृत्य यसरी बाहिर प्रस्तुत हुन थालेको धेरैपछि हो । काठमाडौँभित्रका नेवार समुदायको पनि बौद्ध धर्म मान्ने समुदायमा प्रख्यात चर्यालाई विश्वव्यापी रूपमा प्रचार गर्नुपर्छ । हाम्रो संस्कार संस्कृतिलाई हामीभित्र मात्र राख्न हुँदैन भन्ने उद्देश्यका साथ अहिले बालबालिकादेखि युवापुस्ताले सिक्दै गरेका छन् । चर्या नृत्य गुरु तथा प्रशिक्षक सञ्जय राजोपाध्याय भन्नुहुन्छ, “नेपालको मौलिक शास्त्रीय नृत्य भनेकै चर्या हो । यसका गीत संस्कृत भाषामै गाइन्छन् । मुख्यतया मुद्राका आधारमा यो नृत्य गरिन्छ ।”
नेपालमा पश्चिमेली ‘भ्यालेन्टाइन डे’को चर्चा धेरै हुँदै गर्दा नेवारी समुदायमा पनि यस्तै एउटा दिन छ भन्दा कतिलाई अनौठो लाग्न सक्छ । मतिना पारु नेपालमा बसोबास गर्ने नेवार समुदायको एक लोकप्रिय दिन हो । यो दिन यःमरी पुन्हिको भोलिपल्ट अर्थात् शुक्रबार मतिना पारु परेको छ । मतिना भनेको माया र पारु भन्नाले प्रतिपदा भन्ने बुझिन्छ ।
महिलाहरू हाकु पटासी, सेतो पटुका, खुट्टामा कल्ली, मुगाको माला, कानमा माकासी (झुम्का), शिर न्यापु सिखमा सजिएर बाँसुरी र धिमे बजाउँदा माहोल नै रमणीय भएको थियो । पुरुष भने ज्यापु पोसाक (नेवार समुदायको मौलिक पहिरन)मा सजिँदै धिमेको तालमा सबैलाई नचाइरहेका थिए ।
नेवार समुदायले यःमरी पूर्णिमा धुमधामसँग मनाउने भएका छन् । यो पर्वमा बिहानदेखि नै पूजा गरी ताइचिन चामलको यःमरी (मनपर्ने रोटी) पकाएर भोज खाएर मनाउने गरिन्छ । यःमरी पर्वलाई भाइचारा बढाउने र अर्कासँग रोटी साटासाट गर्ने पर्वका रूपमा पनि हेरिँदै आएको छ । नेपाल भाषामा यःमरीको अर्थ ‘यः’ भनेको मनपर्दो र ‘मरी’ भनेको रोटी भन्ने बुझिन्छ । तसर्थ यसलाई मनपर्दो रोटी भनेर बुझ्ने गरिन्छ ।
विवाहको लगनगाँठो जोड्ने महिना हो मङ्सिर । यो महिनामा विवाहमा व्यस्त हुनेहरू बाजाको तालमा ननाच्ने कमै होलान् । विवाहको महिनामा बाजा त हुनैप-यो । ‘झ्याइँ.. झ्याइँं’को तालमा ताल दिँदै सहनाईको सुरिलो लय त्यसपछि ढोलकी, ट्याम्कोे, दमाहा, नरसिङ्गालगायतका बाजा बजाउँदै गरेका समूह देख्दा माहोल नै रमणीय हुन्छ ।
जाडोमा अधिकांशले विशेषतः अनुहारको मात्र स्याहार गर्ने गर्छन् तर यो समयमा पूरै शरीरको स्याहार गर्नुपर्छ। सौन्दर्यविद् लक्ष्मी महतका अनुसार हात, खुट्टा र अनुहारको मात्र नभएर जाडो मौसममा पूरै शरीरको विशेष ध्यान दिनुपर्छ। “नुहाएपछि पूरै शरीरमा ‘बडी लोसन’ अथवा मोस्चराइजर क्रिम लगाउनुपर्छ। जाडोमा घाम प्यारो हुन्छ। हामी धेरै समय घाममा बस्ने गर्छौं। घाममा बस्दा घामको किरणले हाम्रो छालालाई असर गरिरहेको हुन्छ। घाम ताप्न बस्नु पाँच मिनेटअघि हामीले ‘सन प्रोटेक्सन’ क्रिम प्रयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो।
फेसन हाम्रो जीवनशैलीको महत्त्वपूर्ण पाटो बनेको छ। फेसनमा युवा जगत्को रुचि बढ्दो छ। फेसन डिजाइनर काव्या शेरचन भन्नुहुन्छ, “फेसन समय मापन गर्ने माध्यम हो। ढुङ्गेयुगबाट सुरु भएको मानव सभ्यतामा फेसनले त्यो बेला खासै रूप लिन सकेको थिएन। लाज ढाक्ने कार्य रुखबिरुवाका पात–पतिङ्गरबाट जानी–नजानी भयो। सायद फेसनको प्रारम्भ र सुरुवात यसैलाई भन्न सकिन्छ।
मल्लकालीन सांस्कृतिक उत्सव ‘कात्तिक नाच’को आठौँ दिन आइतबार राति नरसिंह अवतार नृत्य हेर्न पाटनको मङ्गलबजारमा ठूलो भीड उर्लियो। जति रात ढल्किँदै गयो, त्यति नै कात्तिक नाच हुने ठाउँ मङ्गलबजारको चहलपहल बढ्न थाल्यो। मध्यरातसम्म आइपुग्दा कृष्ण मन्दिर छेउको डबली वरपर थामिनसक्नु भीड थियो। यसको कारण थियो– ऐतिहासिक कात्तिक नाचअन्तर्गत मध्यरातसम्म देखाइने नरसिंह अवतारको हिरण्यकशिपु वध।
मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नान सोमबार हुने भएको छ। मल्लकालीन समयमा आफ्नो जायजेथा परोपकार तथा धर्मकर्ममा समर्पण गर्ने दाताका रूपमा मकै सुब्बाको इतिहासमा नाम छ। यसै मौसममा धर्तीमा उब्जेका सबै अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा महास्नान गर्ने यो पल्टको पालो मकै सुब्बाका सन्तति बत्तीसपुतली निवासी राजेश्वर जोशीको परेको छ।
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ। बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो। यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन्।
लोकको चरित्र उदाङ्गो पार्न देखाइने कात्तिक नाच प्रहसन भइरहेको छ। पाटनको डबलीमा देखाइने प्रसिद्ध कात्तिक नाचका पाटनको कृष्ण मन्दिरमा छेउको डबलीमा रातमा देखाइन्छ। हरेक वर्ष कात्तिक शुक्ल पष्ठीदेखि यो नाचको सुरु हुन्छ। कात्तिक नाच संरक्षण समितिका सदस्य तथा पुजारी सञ्जय राजोपाध्यायले लोकको चरित्र उदाङ्गो पार्न र नैतिक शिक्षा दिन आयोजित प्रहसन भएकाले यसलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो।
नरदेवी श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच सोमबारदेखि तलेजु भवानी मन्दिर डबलीमा नचाइने भएको छ। कात्तिक २ गतेसम्म नचाइने नाच मखनस्थित तलेजु भवानी मन्दिरमा रातभरि नचाइने नाच समारोह समितिले जनाएको छ। समितिका सहसंयोजक सत्यनारायण डङ्गोलले सोमबार बेलुका ६ः०० बजे ङतभुलु (नरदेवी) अजिमाको द्यः छेँबाट नाच सुरु हुने जानकारी दिनुभयो। त्यसपछि ८ः०० बजे तलेजु भवानी मन्दिरमा देवी नाच प्रवेश गर्ने र १०ः०० बजेतिर सर्वसाधारणलाई दर्शन गर्न दिइने उहाँले बताउनुभयो। उहाँका अनुसार राति १ः०० बजेसम्म प्रस्तुत गरेपछि देवी नाचको पहिलो चरण सम्पन्न हुनेछ।
भक्तपुरस्थित ‘कुमाले टोल’ । कोही माटोको पाला बनाउन माटो मिलाउँदै छन् भने कोही चक्का घुमाउँदै पालालाई आकार दिँदै छन्। कतिपय भने सुकाएर पोलेपछि तयार गरिएको पाला बजार पठाउन व्यस्त देखिन्छन्। तिहार नजिकिएसँगै माटाको पालामा दियो बाल्ने दिन पनि नजिकिँदा पाला बनाउन भ्याइनभ्याइ छ कुमालेलाई। वर्षमा यही सिजनमा पाला धेरै बिक्री हुने भएपछि बोल्नसम्म पनि फुर्सद नभएको देखिन्थे कतिपय कुमाले। तिहारमा घरआँगन झिलिमिली गर्न तथा लक्ष्मीको पूजाअर्चना गर्न माटोको पाला चोखो मानिँदै आएको छ।