केरा आयातमा कडाइ
केरामा ‘पानामा’ रोग फेला परेपछि सरकारले केरा आयातमा सतर्कता अपनाउन थालेको छ । भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिने केराको माध्यमबाट रोग पनि भित्रिन सकिने सम्भावना भएकाले त्यसका लागि सतर्कता अपनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
शीतोष्ण बागवानी विकास केन्द्रको ५७ वर्ष
शीतोष्ण हावापानीमा उत्पादन हुने र उत्पादन गर्न सकिने तरकारी तथा फलफुलको अध्ययन तथा अनुसन्धान गर्ने मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र स्थापना भएको ५७ वर्ष पुगेको छ ।
जलवायु परिवर्तनले कृषिमा असर, उत्पादन घट्ने
जलवायु परिवर्तनका कारण कृषिमा बढी असर पर्दा कृषक चिन्तित बनेका छन् । जसका कारण समयमा पानी नपर्नु, तापक्रममा बृद्धि हुनुलगायतका समस्याले कृषि क्षेत्रमा विभिन्न समस्या देखिन थालेको किसानहरुको बुझाइ छ ।
पशुपालक कृषकलाई चार करोड अनुदान
धनकुटा र तेह्रथुमका पशुपालक कृषकहरूले बितेको आर्थिक वर्षमा करिब चार करोड अनुदान रकम पाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालन सम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीहरूले उक्त अनुदान पाएका हुन् ।
व्यावसायिक आलु खेतीतर्फ किसान आकर्षित
पूर्वी नवलपरासीका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् । आलु खेती प्रवर्धनका लागि नवलपुरमा चार करोड बजेट विनियोजन गरिएको छ ।
धान ढलेपछि किसान चिन्तित
हावासहितको वर्षाका कारण धान ढलेपछि किसान चिन्तित बनेका छन् । धान काट्न तयार हुँदैगरेको अवस्थामा ढलेपछि किसानले चिन्ता व्यक्त गरेका हुन् ।
किसानलाई अलैँची टिप्न भ्याइनभ्याई
ताप्लेजुङका किसानलाई यतिबेला अलैँची टिप्न भ्याइनभ्याई भएको छ । जिल्लाकै प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची पाक्न थालेपछि किसानलाई टिप्न भ्याइनभ्याई भएको हो ।
तरकारी खेतीले फेरिएको गाउँ : दैनिक ५० क्विन्टल बिक्री
रोजगारी खोज्न भारत जाने गाउँमा तरकारी खेती हुन थालेपछि किसान मजदुरका अनुहार र गाउँको पहिचान नै फेरिएको छ ।
धानखेतीमा फड्के किराको प्रकाेप
माथागढी–२, मान्केका किसानले लगाएको धानखेतीमा फड्के किराको प्रकोप देखिएको गाउँपालिकाले जनाएको छ ।