गहुँ चुट्ने ग्राब्री हराउँदै
बाजुरामा पछिल्लो समयमा गहुँ चुट्ने ग्राब्री (घँगारुको काठलाई गोरुको छालाले बुन्ने) हराउँदै गएको छ ।
सहकारीले बारीबाटै कृषि उत्पादन किन्दा कृषक खुसी
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा रहेको एक सहकारी संस्थाले स्थानीय उत्पादनको बजारीकरणको जिम्मा लिएपछि किसानले उपयुक्त मुल्य पाउन थालेका छन् ।
गाउँदेखि शहरसम्म संकलन र विक्रीवितरण
पहाडी जिल्लाको समृद्धिको प्रमुख आधार कृषि र पर्यटन हो । सत्यवति गाउँपालिकाले पर्यटनको क्षेत्रमा पुर्वाधार निर्माण गर्दै कृषि तथा पशुपालनको क्षेत्रमा उत्पादन र बजारीकरणमा उदाहरणीय काम गरिरहेको छ ।
विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल
तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किनुभएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरिरहनुभएको छ ।
फक्ताङलुङले याक पालन गर्नेलाई ७५ प्रतिशत अनुदान दिने
साहारा लिम्बू फुङ्लिङ, वैशाख ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका पशु पालक कृषकहरूलाई ७५ प्रतिशत अनुदान दिएर याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो । याक प्रवर्द्धन कार्यक्रममा सहभागी हुन छनौट भएका लाभग्राही कृषकहरूले २५ प्रतिशत लागत साझेदारी गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्तिले० बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ मा प्रदेश तथा स्थानीय तहमा सर्सत वित्तीय हस्तान्तरण भएको रकमबाट पशुपक्षी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ अनुसार याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । याक प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट रहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय याक पालक कृषकहरू पलायन हुँदै गएको अवस्थामा उनीहरूको प्रोत्साहनका लागि पालिकाले यस कार्यक्रम सञ्चालन गर्ने भएको अध्यक्ष लिम्बूको भनाई छ । यस अधि सिरिजङ्घा गाउँपालिकाले पनि याक प्रवर्द्धनको कार्यक्रम अघि सारेको थियो । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लामा विषेश गरि फक्ताङ्लुङ गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा याक पालक कृषक रहेका छन् ।
कृषि पेसाबाट लोभलाग्दो आम्दानी
नेपालमा अवसर नरहेको भन्दै दैनिक सयौं युवा रोजगारीका लागि विदेश पलायन भइरहेका बेला बाँके बैजनाथका राजेन्द्रकुमार थारूले कृषि पेसाबाट वार्षिक पाँच लाख बढी आम्दानी गरेर धेरैको मन जित्नुभएको छ ।
किसान सङ्घको तेह्रबुँदे घोषणापत्र जारी
कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने भन्दै तरकारी उत्पादक किसान सङ्घ नेपालले १३ बुँदे घोषणापत्र जारी गरेको छ । ‘कृषि पेसा किसानको सम्मान, समृद्ध नेपालको आह्वान’ भन्ने मूल नाराका साथ आइतबार ललितपुरको खुमलटारस्थित राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रमा उक्त घोषणापत्र जारी गरिएको हो ।
एकै सिजनमै ३० लाखको काँक्रा बिक्री
टोपलाल अर्यालरेसुङ्गा, वैशाख २८ गते । स्वदेशमा केही नदेखेर काम खोज्न दैनिक सयौँ युवा विदेश पसिरहेका छन् । गाउँका उर्वर खेतबारी झाडी बनाउँदै युरोप र खाडीकाका सपना देख्ने प्रवृत्ति बढ्दै गएका बेला छत्रकोट गाउँपालिका–५ खज्र्याङ्गका ४० वर्षीय विष्णु भण्डारीलाई कहिल्यै परदेश मोह जागेन । बिहान सबेरै उठेदेखि रात नपरेसम्म कृषि कर्ममै दिन बित्छ । तरकारीको गोडमेल र मलजल तथा टिप्ने, प्याकिङ गरेर गन्तव्यमा पुर्याउने भण्डारीको दैनिकी हो । भण्डारी दम्पती, बाबुआमा र भाइ पनि सधैँ काममै व्यस्त हुनुहुन्छ । उहाँका तीन भाईनै गाउँमा कृषि गर्नुहुन्छ । सुरुमा कुखुरा पालनसँगै मासु व्यवसाय गर्नुभएका भण्डारी अहिले काँक्रा उत्पादकको रूपमा परिचित हुनुहुन्छ । उहाँले कृषिमा १० वर्ष बिताउनुभयो । कृषि पढ्नु भएन, परेरै सबै काम आफै गर्नुभएको छ । आफ्नै सिँचाइ र जग्गा भएकाले काममा सहज छ । बेमौसमी काँक्रा उत्पादन भएकाले मूल्य पनि राम्रो छ । उहाँले गत वर्ष १० लाख रुपियाँका काँक्रा बिक्री गर्नुभएको थियो । अहिले गत वर्षभन्दा तीन गुणा बढी काँक्रा रोपेकाले कम्तीमा ३० लाख रुपियाँ कमाई हुने दाबी भण्डारीको छ । गत वर्ष दुई हजार रोप्नु भएका भण्डारीकोमा अहिले दश हजार काँक्राका बोटहरू रहेका छन् । धेरैले टनेलमा काँक्रा उत्पादन गरे पनि भण्डारीले खुल्ला जमिनमै काँक्राको राम्रो उत्पादन गर्नुभएको छ । “बोट नै दश हजार छन् । राम्रो उत्पादन र मूल्य भएकाले ३० लाख ढुक्कले कमाउँछु,”उहाँले भन्नुभयो,“कृषिमै रमाउन थालेका दशक भए ।” काँक्रा प्रति किलो सय रुपियाँमा फर्मबाटै बिक्री भइरहेको छ । पाँच÷छ जातमा काँक्राको उत्पादन फर्ममा भइरहेको छ । काँक्रा बाहेक भण्डारीकोमा लौका, घिरौँला, खर्बुजा, फर्सी लगायतका तरकारी पनि छन् । फल्न थालेकाले तीन लाखको लौका पनि बिक्री हुने भण्डारीले बताउनुभयो । पूर्णिमा कृषि फर्म मार्फत करिब ५० लाख रुपियाँ कृषि र कुखुरा पालनमा लगानी भण्डारीले गर्नुभएको छ । त्यो मात्रै नभएर दुई वटा पोखरीमा माछा छन् । तीन÷चार क्विन्टल माछा निकाल्ने अवस्थामा रहेको भण्डारीले बताउनुभयो । उहाँले सुरुमा कुखुरा पालनसहित मासुको व्यवसाय गर्नुभएको थियो । अहिले कुखुरा घटाएर तरकारी बढाउँदै लैजानु भएको भण्डारीकोमा अझै एक हजार बोइलर कुखुरा छन् । धेरै किसान उत्पादनले बजार र मूल्य नपाएर विस्थापित भएका छन् । तर, भण्डारीको काँक्राले राम्रो बजार र मूल्य पाएको छ । “उत्पादन बेमौसममा गरे बजार र मूल्य पर्छ । मेरो उत्पादन धेरै फर्मबाटै बिक्ने गर्छ,”उहाँले भन्नुभयो,“सिजनकै बेला सबैले एउटै गरेर डुबेँ भन्ने गरेका छन् ।” कृषि कर्मबाट भण्डारी र परिवार मात्रै सन्तुष्ट छैन । उहाँको फर्ममा दैनिक चार जनालाई रोजगारी मिलेको छ ।
कृषिमा दश प्रतिशत बजेट माग
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कृषि तथा पशुपक्षी विकास विभागले कुल बजेटको कम्तीमा १० प्रतिशत कृषि क्षेत्रमा विनियोजन गर्नुपर्ने माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
गड्यौलाबाट जैविक मल उत्पादन गर्दै राई दम्पत्ति
मकवानपुरको हेटौंडामा बसोवास गर्दै आउनुभएका एक दम्पत्तिले घरमै गड्यौला पालन गरेर मल उत्पादन सुरु गर्नुभएको दुई दशक भएको छ ।
तरकारीमा ९७ प्रतिशतभन्दा बढी विषादी
धरान उपममहानगरपालिकाको कृषि उपज बजारमा आएको फूलकोपीमा ९७ प्रतिशतभन्दा बढी विषादी भेटिएपछि धरान उपमहानगरपालिकाले दैनिक विषादी परीक्षणको दायरा बढाएर परीक्षण सुरु गर्न थालेकोे छ ।
गहुँ खेती गर्ने क्षेत्रफल घट्यो, उत्पादन बढ्यो
बाँकेमा गत वर्षभन्दा यसवर्ष गहुँ खेती गर्ने क्षेत्रफल घटेको छ भने गहुँ उत्पादनमा भने वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठका अनुसार गत वर्ष जिल्लाका विभिन्न स्थानमा २१ हजार ५१५ हेक्टर क्षेत्रफल जग्गामा गहुँखेती गरिएको थियो ।
किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग
प्रतिनिधिसभामा सांसदहरूले गएको वर्षायाममा बाढीपहिरोबाट भएको क्षतिको राहत आजसम्म प्राप्त नभएको, तराईका जिल्ला खाद्यान उत्पादनका हिसाबले महत्त्वपूर्ण भए पनि सिँचाइ र समयमै मलखाद उपलब्ध नभएका कारण किसानले समस्या झेलिरहनुपरेको बतानुभयो ।
फस्टाउँदो चियाखेतीले पर्यटक आकर्षित
लमजुङको घलेगाउँ र भुजुङबाट सुरु गरिएको चियाखेती जिल्लाका अन्य क्षेत्रमा पनि फैलिन थालेको छ ।
बर्दियामा गहुँ उत्पादनमा वृद्धि
अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लामा गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनमा यस वर्ष बर्दियामा गहुँ उत्पादनमा वृद्धि भएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले जनाएको छ ।
नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताउनुभएको छ ।
मकैको बिउमा आत्मनिर्भर, किसान भने आयातित नै रोज्छन्
तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रका किसानले भारत र चीनबाट आयातित वर्णशङ्कर जातको मकैमा रुचि राख्दा सरकारले विकास र सिफारिस गरेका मकैका बिउ भने ओझेलमा परेका छन् ।
नेपालमा अदुवा र बेसारका नयाँ जात पहिचान
नेपालमा खेती गर्नका लागि अदुवा र बेसारका उत्कृष्ट तीन-तीन नयाँ जात पहिचान भएका छन् ।
दार्चुलाको ३२ प्रतिशत जमिन सिँचाइको पहुँचमा
जिल्लाको ३२ दशमलव १२ प्रतिशत अर्थात् नौ हजार ४९२ हेक्टर क्षेत्रफल जमिन सिँचाइको पहुँचमा पुगेको छ ।
कृषिमा आत्मनिर्भरतातर्फ
कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा आत्मनिर्भर बनाउन सहयोग गरेको पाइएको छ ।
मकै छर्ने बेलामा छैन मल
यो वर्ष समयमै वर्षा भएपछि मकै छर्न थालेका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाका किसान रासायनिक मल नपाउँदा चिन्तामा परेका छन् । नियमित तथा मौज्दात मल वितरणमै कमजोरी भएपछि यहाँ मलको हाहाकार देखिएको छ ।
हात्तीबाट मकै जोगाउन नै मुश्किल
झापाको मेचीनगरका किसानहरूलाई हात्तीबाट मकै जोगाउन मुश्किल भएको छ । दिनहु आउने जङ्गली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो ।
चापाकोटमा डिप बोरिङबाट सिँचाइ
चापाकोट नगरपालिका–९ पाकरीमा सिँचाइका लागि डिप बोरिङ निर्माणलाई तिब्र पारिएको छ । डिप बोरिङ निर्माण भएपछि यस क्षेत्रका दुई सय रोपनी क्षेत्रफल सिँचाइका लागि सहज हुने र कृषि उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ ।
कृषि उपज बजारमा आएको फूलकोभीमा ९७ प्रतिशत विषादी
धरान उपममहानगरपालिकाको कृषि उपज बजारमा आएको फूलकोभीमा ९७ प्रतिशत विषादी भेटिएपछि नष्ट गरिएको छ । मङ्गलबार तरकारीमा विषादी चेकजाँच गर्ने क्रममा पालुङवाबाट आएको २४ सय १२ केजि फुलकोपिमा विषादीको मात्रा अत्याधिक भेटिएको हो ।