किसानलाई सुन्तलाबारे सचेतना कार्यक्रम हुने
पश्चिम पाल्पामा पहिलो पटक गरिने सुन्तला महोत्सवमा सुन्तला किसानका लागि सचेतना कार्यक्रम गरिने भएको छ ।
काँक्राले उचित मूल्य नपाउँदा किसान चिन्तित
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –१ जुकेपानी हिउँदे काँक्रो खेतीका लागि प्रख्यात छ । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्न व्यस्त छन् । बजार भाउ नपाउँदा भने किसान चिन्तित छन् ।
किसानको हैरानी
जङ्गली जनावरले बाली नष्ट पार्न थालेपछि पश्चिम म्याग्दीका विभिन्न स्थानका किसान चिन्तित भएका छन् । मालिका गाउँपालिकाको निस्कोट, देविस्थान, रुम, डाँडागाउँ र धवलागिरि गाउँपालिकाको मुना, मुदी, गुर्जालगायत गाउँका किसानले लगाएको बाली जङ्गली जनावर बँदेल, बाँदरलगायत जनावरले सखाप पार्दा रातभर जाग्राम बस्न थालेका हुन् ।
बोटबाटै सुन्तला बिक्री भएपछि कृषक उत्साहित
नवलपुरमा बोटबाटै सुन्तला बिक्री भएपछि कृषक उत्साहित बनेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खरिदका लागि व्यवसायी बगैँचामै पुग्छन् ।
रिब्दिकोटमा सुन्तला महोत्सव हुने
रिब्दिकोट ७ मैनादिमा व्यावसायिक सुन्तला खेती प्रवर्द्धनका लागि सुन्तला महोत्सव हुने भएको छ । महोत्सवमा कृषि विज्ञ र सुन्तला किसानबिच छलफल गरिने रिब्दिकोट गाउँपालिका ७ का वडा अध्यक्ष दान बहादुर कुँवरले जानकारी दिनुभयो ।
एक हजार किसान आफैँ नहर सफा गर्न जुटे
कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् ।
तरकारीले बजार नपाउँदा किसान चिन्तित
तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् ।
दैलेखमा धान उत्पादन घट्यो
दैलेखमा धान उत्पादन घटेको छ । समयमै वर्षा नहुँदा, लगाइएको धान खेतमै ढलेका कारण गतवर्षको तुलनामा धान उत्पादनमा कमी आएको छ । यस वर्ष आठ हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा २५ हजार २८ मेट्रिकटन मात्र धान उत्पादन भएको हो ।
किसानलाई प्लाष्टिकको पाल र तरकारीकाे बीउ सहयोग
बेमौसमी तरकारी उत्पादन गरेर आयआर्जनमा वृद्धि गर्न ती सामग्री सहयोग गरिएको हो ।