उखुको समर्थन मूल्य तोकिदै, अनुदान रकम कृषकले पाउन बाँकी
मंसिर सुरु भएसँगै किसानलाई उखु काट्ने चटारो छ । तर उखुको समर्थन मूल्य सरकारले नतोक्दा उखु किसान मर्कामा परेका छन् । अहिले उखु किसानहरु सरकारले समर्थन मूल्य नतोकिदिँदा सस्तो मूल्यमा उखु बेच्न बाध्य छन् ।
मधेसका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग
अन्नभण्डारका रूपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना-२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो ।
भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो
छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो ।
ग्रामीण महिलाको आम्दानी : आलु र कोदो
यतिबेला पश्चिम म्याग्दीको ग्रामीण भेगका महिला हिउँदे आलु लगाउन व्यस्त छन् । भर्खरै चाडपर्व मनाएर धान र कोदो थन्क्याएका यहाँका महिला खेतबारी खनजोत गर्ने र आलु लगाउन व्यस्त भएका हुन् ।
अलैँची बिक्रीबाट २४ करोड आम्दानी
अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो ।
उद्योग दिवसका अवसरमा उद्यमी पुरस्कृत
नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यमीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद पाँच-पाँच हजारसहित पुरस्कृत गरेको हो ।
स्याङ्जामा घट्यो सुन्तला उत्पादन
स्याङ्जामा यस वर्ष सुन्तला उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा करिब २५ प्रतिशत कम हुने देखिएको हो ।
गण्डकीमा सुन्तला खेती विस्तार
दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप तीन सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर आठ हजार तीन सय ४२ हेक्टर पुग्यो । प्रारम्भिक आँकडाअनुसार यस वर्ष झन्डै पाँच सय हेक्टरमा सुन्तला खेती विस्तार भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
दुध र मासुजन्य पदार्थमा आत्मनिर्भर बन्दै
पर्वतका पशुपालन कृषकहरु व्यावसायिक बन्दै गएपछि दुध र मासुजन्य पदार्थको उत्पादन बढेको छ ।