धान काट्न हार्भेष्टर कुर्दै किसान
कृषि क्षेत्रमा काम गर्ने जनशक्ति धमाधम भारत पलायन भएपछि दक्षिण मोरङका किसान धान काट्न पालो कुरिरहेका छन् ।
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान
झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् ।
खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राख्नुभएको छ । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् । उहाँले धानको उचित मूल्य पाउनुभएको छैन ।
धान उत्पादन घट्यो
सर्लाहीमा यो वर्ष धान उत्पादनमा कमी आएको छ । आकासे वर्षा कम हुँदा धान उत्पादनमा गिरावट आएको हो । मलखाद, विषादी, पप्पसेट र कामदारमा लागेको लगानी तथा आफ्नो हैरानी अनुसार धान उत्पादन राम्रो नहुँदा जिल्लाका किसान चिन्तित छन् ।
आलु र दूध बिक्रीबाट दुई करोडभन्दा बढी आम्दानी
दोलखाको वैतेश्वर गाउँपालिका–८ यवोका ९३ घरधुरी किसानले यस वर्ष आलु बिक्रीबाट एक करोडभन्दा बढी आम्दानी गरेका छन् । आलु उत्पादनको हिसाबले उर्वर भूमि मानिने यवोबाट मात्रै यस वर्ष एक करोड ६८ लाखको आलु बिक्री भएको जनप्रेमी कृषि सहकारी संस्थाका अध्यक्ष टीकाबहादुर खत्रीले जानकारी दिनु भयो ।
पाल्पामा सुन्तला महोत्सव हुने
सुन्तलाको बजार प्रवर्द्धन गर्न जिल्लामा पहिलो पटक सुन्तला महोत्सव हुने भएको छ ।
जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ ।
पाइन छोडे हल गोरु
बाह्रै महिना खेतबारीको काम गर्ने । गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो । पाखो बारीमा मकै, गहुँ र जौ खेती । खेतमा तोरी र धान फलाउने उनीहरूको मुख्य काम हो । एक दशकअगाडि सम्म बागलुङका धेरै जसो किसानका गोठमा हल गोरु हुन्थे ।
आधुनिक थ्रेसर मेसिनतर्फ कृषक आकर्षित
कृषकहरूको आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षण बढ्दै गएको छ । गाउँघरमा खेतालाले खर्च पनि बढी हुने र काम गर्नेहरूको आभाव हुन थालेपछि जिल्लाका किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका हुन् ।