दुध सङ्कलनमा उत्कृष्ट बाणगङ्गा दुग्ध उत्पादक सहकारी
कपिलवस्तुका बाणगङ्गा नगरपालिकाका पशुपालक कृषकहरु दुग्ध उत्पादक सहकारीबाट लाभान्वित भएका छन् । नगरपालिकाको वडा ८ बोडगाउँमा रहेको बाणगंगा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले बिक्री वितरणमा सहज बनाएपछि कृषकलाई सहयोग पुगेको हो ।
हिमाली जिल्लामा पनि लटरम्म फल्यो अङ्गुर
तराईमा फल्ने अङ्गुर हिमालमा लटरम्मै फल्न थालेको छ । पछिल्ला बर्सहरूमा तापक्रममा आएको परिबर्तनसँगै तीन हजार मिटरसम्मको उचाइ रहेको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा पनि अङ्गुर फल्न थालेको हो ।
फूल नबिक्दा तनहुँका कृषक चिन्तामा
तिहारको लागि अत्यावश्यक पर्ने फूल बिक्री नभएपछि तनहुँका कृषक चिन्तित बनेका छन् । अघिल्ला वर्षहरूमा आयातित र कृत्रिम फूलले गर्दा समस्यामा परेका यहाँ कृषकलाई यो वर्ष भने फूल धेरै उत्पादन भई नबिक्दा चिन्तामा परेका हुन् ।
नागरिकलाई उत्पादनसँग जोड्दै गल्याङ
स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्ना नागरिकलाई उत्पादनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । हरेक परिवारको आधारभूत आवश्यकता परिपूर्तिका लागि उनीहरूलाई नै उत्पादनसँग जोड्नु पर्ने भन्दै पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।
तिहार नसकिँदै किसानलाई धान स्याहार्न चटारो
गुल्मीका किसान यतिबेला धान स्याहार्न व्यस्त देखिएका छन् । साउन महिनामा रोपेको धान सबै मिलेर काट्ने, धान झार्ने, धानको पराल र धानलाई व्यवस्थित गर्न यहाँका किसानहरु निकै व्यस्त भएका हुन् ।
स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र
तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण गरी पाल्न सहज हुने भएकाले सो प्रजातिको बाख्रालाई प्राथमिकता दिएको हो ।
भारतबाट भित्रिने खसी–बोका रोक्न माग
नेपाल व्यावसायिक बाख्रापालक महासङ्घले सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने माग गरेको छ । महासङ्घले आफूहरुको पेसा–व्यवसायको संरक्षणका लागि हाल भइरहेको सरकारी प्रयास न्यून उपलब्धि दिने, नाम मात्रैका र वास्तविक किसानको पहुँचभन्दा बाहिर रहेको जनाएको छ ।
कृषि क्षेत्रको व्यावसायीकरण गर्न माग
अखिल नेपाल किसान महासङ्घले आगामी आवको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यावसायीकरण गरी निर्यात प्रवर्द्धन गर्न राष्ट्रिय योजना आयोगलाई आग्रह गरेको छ ।
दाङका किसानले पाएनन् धानको समर्थन मूल्य
दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबिच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरिद बिक्री भइरहेको छ ।