बाँकेको नरैनापुरमा खाद्य सङ्कट सुरु, अधिकांश स्थानीय चिन्तित
बर्सेनि करिब ६० क्विन्टल धान उत्पादन गर्ने नरैनापुर ४ का इसराफिल खानको घरमा अहिले एक किलो पनि धान छैन । ६० क्विन्टल धान मध्ये परिवारका लागि खान पुग्ने राखेर बाँकी सबै बिक्री गर्दै आउनुभएका उहाँले यस वर्ष के खाने भन्ने चिन्ताले सताउन शुरु गरेको बताउनुभयो ।
इमाडोलका किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)
दशैं सकिएसँगै लगत्तै किसानलाई धान भित्र्याउने चटारो थपिएको छ । यसपालि ढिलासम्म मनसुन रहेकाले किसानले समयमा धान भित्र्याउन पाएका छैनन् ।
धानबालीमा विभिन्न रोग र कीराको प्रकोप
पूर्वी नवलपरासीमा धानबालीमा विभिन्न किसिमका रोग र कीराको प्रकोप देखिएको छ । किसानले लगाएका धान बालीमा विभिन्न रोग र कीराले बालीमा क्षति गरेपछि किसान चिन्तित बनेका छन् ।
मौसम खुलेपछि किसान धान काट्न खेतमा
लामो समय झरी लागेर दुई दिनदेखि मौसम खुल्न थालेपछि किसानलाई धान भित्र्याउने चटारो शुरु भएको छ । बुधबारदेखि मौसममा केही सुधार आएपछि किसानहरुलाई धान काटेर भित्र्याउने चटारो शुरुभएको हो ।
निरन्तर झरीले धानखेतीमा क्षति
केही दिनदेखि परेको बेमौसमी झरीका कारण पाकेको धानबाली काट्न नपाउँदा किसानहरु चिन्तित बनेका छन्।रुपन्देहीका सैनामैना नगरपालिका, कन्चन, गैडहवा सियारी गाउँपालिका लगायत ठाउँमा छिटो पाक्ने धान पाकिसकेको छ । तर निरन्तर परिरहेको झरीका कारण किसानहरुले धान काट्न पाएका छैनन् ।
बाँकेमा वर्षाले धान बाली क्षति
कृषि ज्ञानकेन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ ।
लगातारको झरीले धानबालीमा क्षति
अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दशैंको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण घानबालीमा क्षति पुगेको हो ।
हिमाली किसानलाई दशैं पर्वभन्दा अन्न भित्र्याउने चटारो
दशैं सुुरु भएर सम्पन्न हुन लागिसक्दा पनि हुम्लाका किसानलाई बालीनाली भित्र्याउने चटारो उस्तै छ । दशैंभन्दा पनि कातिके बाली पाकेका कारण बाली भित्र्याउन किसानलाई भ्याइनभ्याई भएको हो ।
छतमाथि खोस्टाबिनाको मकैको झुत्ता
तिला गाउँपालिका–४ जुम्लामा माटोका घरमाथि मिलाएर राखिएका मकैका झुत्ता ।