'धुलोमाटोमै जीवन बित्छ, तर खान पुग्दैन’
झिसमिसेमै उठ्यो, बिहानदेखि बेलुकासम्म बारीको काममा खट्यो । घरबाट बोकेर लगेको चिसो खानाले भोक टार्यो । कर्णालीका अधिकांश महिलाको दैनिकी हो यो । धुलोमाटोमै जीवन वित्ने भए पनि वर्षभरि खान पुग्दैन ।
बाँझो जग्गामा व्यावसायिक जुनेलो खेती
बागलुङको जैमिनी नगरपालिकामा रहको कुश्मीसेरा फलाँटे कृषि सहकारी संस्थाले बाँझो जमिनको उपयोग गर्ने अभिया थालेको छ । सहकारीले कुश्मीसेराको झब्रीखेतमा पन्ध्र रोपनी बाँझो जमिनमा व्यावसायिक जुनेलो खेती गरेको छ ।
खुमल –४ धानमा बाला लागेन, रैथाने बासमती लोप हुँदै
उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल –४, जातको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । दशकअघि यहाँका स्थानीय किसानले लगाउँदैआएको रैथाले रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकोमा पछुतो मानेका छन् ।
उखुको अनुदान रकम व्यवस्था, कृषकहरू खुसी
सर्लाहीको चिनी उद्योगमा गएको वर्ष उखु बिक्री गरेका किसानका लागि सरकारी अनुदानको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा आइपुगेको छ ।
कृषि उद्योगहरूको कारण देशको आर्थिक स्थिति बलियो बन्छ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको आर्थिकस्थिति बलियो बनाउन लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताउनुभएको छ ।
६१ वटा कुखुरा मार्ने चितुवा, कृषकबाट मारियो
गुल्मीमा कुखुरा खाएर स्थानीयलाई हैरान बनाउने चितुवा मारिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवरले फार्ममा छिरेर कुखुरा खाने चितुवा मार्नुभएको हो।
कार्यान्वयनमा आएन भू–उपयोग नियमावली
सधैँजसो भरिभराउ हुने जिल्ला मालपोत कार्यालय तीन महिनादेखि सुनसानजस्तै बनेको छ । कार्यालयमा सेवाग्राही घट्नुको कारण संघीय सरकारले ल्याएको ‘भू–उपयोग नियमावली २०७९’ रहेको जनाइएको छ ।
महिलालाई सशक्त बनाउँदै साप्ताहिक हाट बजार
गौशाला १ रामनर चिनिमिल टोलकी ३० वर्षिया उषाकुमारी बर्दिबासको साप्ताहिक हाट लागेका दिन हरियो तरकारी बेच्न आउनु हुन्छ । बुधबारे हाटमा उहाँले आज १ मन मुला (४० केजी) र ६ पसेरी (३० केजी) बेच्न ल्याउनु भएको छ ।
ठूलोलुम्पेकमा कफी प्रशोधन उद्योग सञ्चालन हुँदै
गुल्मीको सत्यवती गाउँपालिका ठूलोलुम्पेकमा कफी प्रशोधन उद्योग सञ्चालन गरिनेभएको छ । कफी प्रशोधन उद्योग सञ्चालनका लागि मिश्रित कफी उत्पादक कृषक समुह सत्यवति गाउँपालिका ३ लाई कफी प्रशोधन उद्योग तथा मेसिनरी औजार हस्तान्तरण गरिएको हो ।