सहुलियत ऋणको प्रतिबद्धता
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले डेरी उद्योगीसँग मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने बताउनुभएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डमा सोमबार दुधसँग सम्बन्धित सरोकारवालासँग छलफल गर्दै सो कुरा बताउनुभएको हो । डेरी उद्योगीले दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण किसानलाई भुक्तानी दिन नसकेकाले सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गर्दै आएका थिए ।
तिहार नजिकिएसँगै किसान धान काट्नमा व्यस्त
दसैँ मनाएलगत्तै तिहार नजिकिन थालेपछि ताप्लेजुङका किसान धान काट्नमा व्यस्त भएका छन् । गत असार र साउन महिनामा लगाएको धानबाली थन्क्याउने बेला भएसँगै किसानहरू धान काट्न व्यस्त भएका हुन् ।
बजारभन्दा महँगो सरकारी आलुको बीउ
बजारमा पाइनेभन्दा महङ्गो भएपछि सरकारले उत्पादन गरेको आलुको बीउ लक्ष्यअनुसार बिक्री हुन सकेको छैन । बजारमा प्रतिकिलो ४० देखि ५० रुपियाँमा खरिदबिक्री भइरहेको आलुको बीउको मुल्य सरकारलेचाहिँ प्रतिकिलो ८० रुपियाँ तोकेको छ ।
पाल्पामा धान उत्पादन घट्यो
पाल्पामा यो वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यो वर्ष पाल्पामा धान उत्पादन घटेको हो । धान खेती गर्ने क्षेत्रफल घटेका कारण यो वर्ष उत्पादनमा समेत असर गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
सयपत्री फूलको व्यावसायिक खेतीबाट आम्दानी
लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा व्यस्त देखिनुहुन्छ फूल व्यवसायी रामप्रवोध पण्डित ।
किसानलाई अलैँची भित्र्याउन चटारो
ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो ।
सामूहिक सयपत्री फूलखेती फस्टाउँदै
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ ।
स्थानीय आवश्यकता धान्ने सयपत्री फूल उत्पादन
चितवन जिल्ला तिहारका लागि फूलको माला पुर्याउन सक्ने गरी आत्मनिर्भर बनेको छ । हरेक वर्ष भारत तथा अन्य जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्य यस वर्ष हुने पुष्प व्यवसायीले जानकारी दिएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति चितवनका सचिव सुलभ श्रेष्ठले जिल्लाको मागलाई यहाँको उत्पादनले पुग्ने बताउनुभयो ।
खाद्यले समयमै धान खरिद गरेपछि किसान खुसी
खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् ।