म्याग्दीको तातोपानीमा नुहाउनेको भीड
पछिल्लो समय म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नेहरूको सङ्ख्या बढेको छ । बेनी नगरपालिका–४, सिङ्गा स्थित तातोपानी कुण्डमा स्नान गर्नेहरू सर्वसाधारण, बिरामी र पर्यटकको सङ्ख्या बढेको हो ।
धुञ्चेमा वाणिज्य बैंकको शाखा स्थापना
राष्ट्रिय वाणिज्य बैङ्कले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न धुञ्चेमा शाखा विस्तार गरेको छ ।
रातो ढुङ्गा सवस्टेशन निर्माणमा ढिलाइ
म्याग्दीको मालिका गाउँपालिका–६, रातो ढुङ्गामा सवस्टेशन निर्माणमा ढिलाइ भएको छ । चार वर्ष अघि नै सम्पन्न हुनु पर्ने ३३-११ केभी क्षमताको उक्त सवस्टेशन ठेकेदारको लापरबाही र जग्गाधनीको अवरोधका कारण निर्माण हुन नसकेको हो ।
रुपन्देहीको तिलोत्तमामा ट्राम रेलको शिलान्यास
तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले शुक्रवार रेलको शिलान्यास गर्नुभएको हो ।
घारखोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घर खोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुर्याइएको छ । आगामी वैशाख देखि व्यावसायिक उत्पादन थाल्ने तयारीका साथ आयोजनाको निर्माणलाई यतिखेर तीव्रता दिइएको हो । आयोजनाको सिभिल र इलेक्ट्रोमेकानिकल तर्फका कामहरू अन्तिम चरणमा पुगेका छन् ।
‘नेपाल व्यवसाय शिखर सम्मेलन’ हुने
नेपाल सरकार, बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआर्ई)को संयुक्त आयोजना र विभिन्न मन्त्रालयको साझेदारमा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ ।
वित्तीय क्षेत्र माघदेखि अझ सहज हुन्छ
मङ्सिर मसान्तसम्ममा देखिएको वित्तीय क्षेत्रको तुलनात्मक सुधारले माघमा पुग्दा अझै तीव्रता पाउने बताइएको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाखर भट्टका अनुसार माघदेखि ब्याजदर वृद्धि नियन्त्रण र ऋण उपलब्धता अझै सहज हुने र मुद्रास्फीति पनि कम हुनेछ । समृद्धि फाउन्डेसनले बिहीबार राजधानीमा आयोजना गरेको कार्यशाला गोष्ठीमा कार्यकारी निर्देशक डा. भट्टले विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आएको र यो क्रम थप गतिशील हुने बताउनुभयो । तरलताको अवस्था पनि सहज हुँदै गएको उहाँले बताउनुभयो ।
कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सहमति
लामो समयदेखि आन्दोलन गरिरहेका लघुवित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति र लघुवित्तीय बैङ्कर्स सङ्घबीच १२ बुँदे समझदारी भएको छ । भरतपुरमा बुधबार पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार बहुबैङ्किङ कर्जाका कारण समस्यामा परेका सदस्यलाई उनीहरूको आम्दानीको अवस्था हेरी किस्ता भुक्तानीमा सहजीकरण गर्न कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नेलगायतका १२ बुँदे सम्झौता भएको हो ।
लघुवित्तीय संस्था सङ्घ र सङ्घर्ष समितिबिच सम्झौता
लामो समयदेखि आन्दोलन गरिरहेका लघुवित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति र लघुवित्त बैंकर्स संघबीच १२ बुँदे समझदारी भएको छ । भरतपुरमा बुधवार पत्रकार सम्मेलन गरी सम्झौताबारे जानकारी दिइएको हो ।