सञ्चालक इमान्दार भए सहकारी सङ्कटमा पर्दैन : गुठी संस्थानका कार्यकारी प्रमुख
गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकहरुले बदमासी नगरे कुनै पनि सहकारी संघ–संस्थाहरु सङ्कटमा नपर्ने बताउनु भएको छ ।
मुद्दती निक्षेपमा दुई अर्ब चवालिस करोड लगानी
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा दुई अर्ब ४४ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कमा एक अर्ब ९५ करोड २० लाख, विकास बैङ्कमा ३६ करोड ३० लाख र फाइनान्स कम्पनीमा १२ करोड २० लाख रुपियाँ गरी कुल दुई अर्ब ४४ करोड रुपियाँ लगानी गर्न लागेको छ ।
ग्लोबल आइएमईको वार्षिकोत्सवमा ९२७ जनाबाट रक्तदान
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । देशभर आयोेजित कार्यक्रममा ९२७ रक्तदाताहरुबाट ४३९ लिटर रगत दान गरिएको छ ।
ग्लोबल आइएमईलाई विश्वका उत्कृष्ट बैङ्कभित्र पार्ने गरी काम गरिरहेका छौँ
देशका सबै जिल्लामा उपस्थिति जनाएको ग्लोबल आइएमई बैङ्क सेवाको पहुँचसहित कुल पुँजी तथा चुक्ता पुँजीको हिसाबले पनि मुलुककै सबैभन्दा ठुलो बैङ्क हो । स्थापनाको १७ वर्षमा यो बैङ्कले मुलुकभित्र मात्र नभएर मुलुकबाहिर पनि आफ्नो उपस्थिति विस्तार गर्दै छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका सो बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग मुलुकको अर्थतन्त्र, निजी क्षेत्रको अपेक्षा र बैङ्कको भावी कार्ययोजनालगायतका विषयमा केन्द्रित रहेर गोरखापत्रले गरेको कुराकानी :
ग्लोबल आइएमईद्वारा विपन्नवर्गका ३५ जनालाई छात्रवृत्ति
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।
सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ
कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना अभियोगमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ ।
गभर्नरविरुद्धको रिटमा अन्तरिम आदेश भएन
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले प्रतिवादीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
रावा बैङ्कको सर्वाधिक डिजिटल कारोबार
सरकारी स्वामित्वको बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैङ्कका रूपमा सम्मानित भएको छ । नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गर्नुभयो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैङ्क परम्परागत प्रणालीबाट डिजिटलाइजेसनतर्फ गएको बताउनुभयो ।
कर्जा पुनर्संरचना गरिने
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निश्चित क्षेत्रमा प्रवाह भएको पाँच करोड रुपियाँसम्मको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ । मौद्रिक नीतिको समीक्षाका क्रममा गरिएको व्यवस्था कार्यान्वयन गर्न एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नेपाल बैङ्कको सिइओमा पाण्डेय नियुक्त
नेपाल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा बैङ्ककै पूर्वकर्मचारी तिलकराज पाण्डेय नियुक्त हुनुभएको छ । बैङ्क सञ्चालक समितिको शुक्रबारको निर्णय अनुसार पाण्डेयलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको चारवर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै सिइओ पद रिक्त थियो । सिइओका लागि अन्तिम प्रतिस्पर्धामा पाँच जना थिए । जसमध्ये व्यावसायिक कार्ययोजना र अन्तर्वार्तापछि पाण्डेयलाई नियुक्त गरिएको बैङ्कले जनाएको छ ।
एनआइसी एसिया लघुवित्तको पन्ध्र प्रतिशत नगद लाभांश
एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाको छैटौँ वार्षिक साधारण सभाले चुक्तापुँजीको १५ प्रतिशतका दरले २६ करोड नौ लाख १६ हजार रुपियाँ नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
ग्लोबल आइएमईको नौ प्रतिशत लाभांश
ग्लोबल आइएमई बैङ्कले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बिहीबार सम्पन्न बैङ्कको १७ औँ वार्षिक साधारण सभाले आठ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयर गरी जम्मा नौ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।
ब्याजदर घटाउन माग
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानीयोग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको ब्याजदरलाई कारक मान्दै माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर कायम हुनुपर्नेमा जोड दिएको छ ।
मर्जर तथा एफपिओको लाभकर तिर्नुपर्ने
बैङ्क तथा वित्तीय संस्थाहरू एकआपसमा गाभिँदा हुने लाभ (बार्गेन पर्चेज) र फर्दर पब्लिक अफरिङ (एफपीओ) लाभबापतको कर सरकारलाई भुक्तान गर्नुपर्ने भएको छ । मङ्सिर मसान्त भएकाले बैङ्क तथा वित्तीय संस्थाले अब यस्तो शनिबारभित्र सरकारलाई बुझाउनुपर्ने छ ।
चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब रेमिट्यान्स
चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म चार खर्ब ७७ अर्ब ९६ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।
चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब विप्रेषण
चालु आर्थिक वर्षको चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
नौ प्रतिशत लाभांश वितरण गर्ने ग्लोबल आईएमई बैंकको घोषणा
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पुर्याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताउनुभएको छ ।
‘ऋणको सदुपयोग गरेकालाई सहजीकरण’
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएपछि तिर्नुपर्ने भन्दै राष्ट्र बैङ्कले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने बताउनुुभयो । राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा उहाँले नीतिगत रूपमा व्यवस्था गरेको र ब्याज कोरिडोर मेन्टेन गर्नका लागि राष्ट्र बैङ्क सजग रहेको बताउनुभयो । बैङ्क तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरूउपरको कारबाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणलगायतका माध्यमबाट सहजीकरण गरिने उहाँको भनाइ छ ।
लचिलो हुने प्रयास
अर्थतन्त्रलाई चलायमान बनाउने नीति अवलम्बन गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत कर्जाको माग बढाउने तथा नीतिगत दर हेरफेर गर्दै लचिलो नीति अवलम्बन गरिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अर्थतन्त्रको आन्तरिक पक्षलाई ध्यानमा राखेर चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई लचिलो बनाई कार्यान्वयनमा ल्याइएको छ । समीक्षामा आवासीय घर कर्जाको सीमा वृद्धि गर्नुका साथै सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थालाई खुकुलो बनाइएको छ ।
रियल स्टेट र शेयर कर्जाको जाेखिम भार घट्यो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
बैंक ब्याजदर घट्यो : सात प्रतिशत कायम
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको आजको बैठकले उक्त नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गरिएको हो ।
सात अर्बको विकास ऋणपत्र जारी गरिँदै
सरकारलाई आवश्यक रकम जुटाउन नेपाल राष्ट्र बैङ्कले सात अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले आठ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘च’ बिक्री गर्न लागेको हो । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने छ ।
बैंकले नियमविपरीत ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गर्नुभएको छ ।
सवारी कर्जामा नीतिगत कडाइ
अब हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीले आफ्नो नामको पछाडि हायर पर्चेज प्राइभेट लिमिटेड वा लिमिटेड अनिवार्य राख्नुपर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्थाबाहेक हालसम्म राष्ट्र बैङ्कबाट हायर पर्चेजसम्बन्धी व्यवसायका लागि अनुमति लिएर १० वटा कम्पनीले काम गरिरहेका छन् । नेपाल राष्ट्र बैङ्कले सवारी कर्जा प्रवाह गर्ने कम्पनीहरूलाई नीतिगत कडाइ गर्दै नयाँ व्यवस्था गरेको हो । हायर पर्चेजसम्बन्धी व्यवसाय गर्ने कम्पनीमध्ये चार वटाले मात्रै हायर पर्चेज प्रालि राखेर सवारी कर्जा दिएका छन् । बाँकी छ वटा कम्पनीले इन्भेस्टमेन्ट कम्पनी भनेर नाम दर्ता गरी सवारी कर्जा दिइरहेका छन् ।