एकीकृत कारोबार सुरु हुने
नबिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्कले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कबाट नबिल र एनबी बैङ्कलाई गाभ्न÷गाभिनका लागि अन्तिम स्वीकृति प्राप्त भएकाले बैङ्क थप प्रक्रियाका लागि अगाडि बढेको नबिल बैङ्कका उपमहाप्रबन्धक मनोज ज्ञवालीले जानकारी दिनुभयो ।
लघुवित्तलाई लगानीयोग्य रकम अभाव
ठूला वित्तीय संस्थाबाट ऋण लिने र साना तथा ग्रामीण क्षेत्रका परियोजनामा लगानी गर्दै आएका लघुवित्त संस्थालाई पुँजीको अभाव हुन थालेको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले नै ऋण दिन सक्ने अवस्था आएपछि ‘घ’ वर्गका लघुवित्त संस्था समस्यामा परेका हुन् ।
निक्षेप सङ्कलन र कर्जा प्रवाहमा नेपाल बैङ्क पहिलो
नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड निक्षेप सङ्कलन तथा कर्जा विस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । चालू आर्थिक वर्षको जेठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैङ्कहरूमध्ये निक्षेप सङ्कलन वृद्धिका आधारमा नेपाल बैङ्क प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्धिका आधारमा पनि बैङ्क पहिलो स्थानमा रहेको छ । गत जेठ महिनासम्ममा नेपाल बैङ्कको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएकोमा कर्जा विस्तार ३२.०५ प्रतिशतले वृद्धि भएको छ ।
विश्व बैङ्कको कार्यालय उद्घाटन
अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैङ्कको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौँको दरबारमार्गस्थित पुनर्निर्माणपश्चात् तयार भएको विश्व बैङ्कको नयाँ क्षेत्रीय कार्यालयको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।
१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो ।
मौद्रिक नीतिमा तरलता व्यवस्थापन गर्न सुझाव
नेपाल राष्ट्र बैङ्कले, बैङ्कमा रहेको नगद रिजर्भलाई लगानीयोग्य बनाउन पूर्वका उद्योगीले सुझाव दिएका छन् । उद्योग सङ्गठन, मोरङले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा तरलता अभाव व्यवस्थापनलाई मुख्य चासोका रूपमा लिनुपर्ने सुझाव दिइएको हो ।
नेपाल बैङ्क सञ्चालक समिति सदस्यमा शर्मा नियुक्त
नेपाल बैङ्क लिमिटेडको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नियुक्त हुनुभएको छ ।
बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गर्नुभएको छ ।
विश्व बैङ्कद्वारा ऋण स्वीकृत
ब्रोडब्यान्डको पहुँच बढाउँदै डिजिटल अर्थतन्त्र निर्माणका लागि विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने भनिएको करिब १७ अर्ब ५० करोड रुपियाँ (१४ करोड अमेरिकी डलर) ऋण स्वीकृत भएको छ । वि