एकीकृत कारोबार फागुन १२ गते हुने
हिमालयन बैङ्क लिमिटेड र सिभिल बैङ्कको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैङ्कले सिभिल बैङ्कलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो ।
महेन्द्रनगरमा नेपाल बैङ्क लिमिटेडको शाखा
धनुषाको महेन्द्रनगरमा नेपाल बैङ्क लिमिटेडको शाखा उद्घाटन गरिएको छ । असार २९ गतेदेखि नै शाला बैङ्क सञ्चालनमा रहेपनि विधिवतरुपमा बिहीबार उद्घाटन गरिएको हो ।
आइएमई पे र क्युएफएक्स सिनेमाजबीच सम्झौता
आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ । यस अफरअन्तर्गत ग्राहकवर्गहरूले क्युएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपियाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्नुहुन्छ ।
मुद्रास्फीति अपेक्षा सर्वेक्षण सार्वजनिक
अधिकांश उपभोक्ताले आगामी एक वर्ष मूल्य वृद्धि हुने अनुमान गरेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणअनुसार ९२ दशमलव ३० प्रतिशतले आगामी एक वर्ष मूल्य वृद्धि हुने अपेक्षा गरेको जनाएका हुन् । त्यस्तै सर्वेक्षणमा समेटिएका ८४.३ प्रतिशत उपभोक्ताले भने आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा रहेको प्रतिक्रिया दिएका हुन् ।
सहुलियतपूर्ण कर्जा लगानी दुई खर्बभन्दा माथि
चालू आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म कुल दुई खर्ब १० अर्ब ४५ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार नेपाल सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०७९ पुस मसान्तसम्म कुल एक लाख ४८ हजार ३४२ ऋणीलाई यस्तो रकम उपलब्ध गराइएको हो ।
साना ऋणी र उद्यमीलाई राहत
नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । आर्थिक वर्षको सुरुमा केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले आव २०७९/८० का लागि कसिलो मौद्रिक नीति ल्याएकामा अर्धवार्षिक समीक्षा गर्दै सो मौद्रिक नीतिलाई केही लचिलो बनाएको छ ।
चैतसम्म ऋण भुक्तानी गर्दा छुट
नेपाल बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गरे ब्याज छुट दिने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत मसान्तसम्म ऋण भुक्तानी गर्दा ब्याजमा छुट पाइने जनाएको हो ।
बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्रगत कर्जा विस्तारमा आफ्नो लक्ष्य पूरा गरेको देखाइएको छ ।
राष्ट्र बैंकले घटायो ‘ओभरनाइट’ तरलता सुविधा
नेपाल राष्ट्र बैंकले ‘ओभरनाइट’ तरलता सुविधा घटाएको छ । यसअघि बैंकहरूले आठ प्रतिशतको ब्याजदरमा पाउँदै आएको ओभरनाइट तरलता सुविधा घटाउँदै सात प्रतिशत बनाइएको चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।