नौ वाणिज्य बैङ्कलाई कारबाही
नेपाल राष्ट्र बैङ्कले नौ वाणिज्य बैङ्कलाई नगद जरिवाना तथा सचेत गराएर कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरणलगायत वित्तीय नियामकीय प्रावधान कार्यान्वयनमा अटेरी गरेपछि राष्ट्र बैङ्कले ती वाणिज्य बैङ्कका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई जरिवाना र सचेत गराएको हो ।
छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण
चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव तीन प्रतिशतले वृद्धि भएको हो ।
समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैंकबाट
समस्याग्रस्त घोषणा गरेकोे सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नेपाल राष्ट्र बैंकबाटै हुने भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा केन्द्रीय कार्यालय रहेको संस्थालाई राष्ट्र बैंकले २३ करोड रकम अनियमिता भएको ठहर गर्दै समस्याग्रस्त घोषणा गरेको थियो ।
ट्रेकिङ गाइड एसोसिएसनको अध्यक्षमा वाङछु शेर्पा
वाङछु शेर्पाको अध्यक्षतामा ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । बुधवार काठमाडौँमा सम्पन्न चौथो अधिवेशनबाट शेर्पाको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।
अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ ।
अन्तर बैङ्क एटिएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने
नेपाल राष्ट्र बैङ्कले अन्तर बैङ्क एटिएम शुल्क घटाएको छ । एउटा बैङ्कको एटिएम कार्ड अर्को बैङ्कको एटिएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो ।
आठ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैङ्क
सरकारलाई आवश्यक आन्तरिक ऋण व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले बुधबार आठ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैङ्कले माघ १८ गते बुधबार आठ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र २०८४ ‘झ’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । सो ऋणपत्रको बोलकबोल भने मङ्गलबार हुने सोमबार जारी गरिएको सर्कुलरमा उल्लेख छ ।
कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ ।
विप्रेषण कम्पनीलाई मर्जरको बाटो खुला
नेपाल राष्ट्र बैङ्कले विप्रेषण कम्पनीलाई मर्जर तथा एक्विजिसनमा जाने बाटो खुलाएको छ । राष्ट्र बैङ्कले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गरेसँगै मर्जर र एक्विजिसनको बाटो खुलेको हो । शुक्रबार जारी गरिएको नेपाल राष्ट्र बैङ्कले विप्रेषण विनियमावली, २०७९ को परिच्छेद ७ को नियम २० मा इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी एकआपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न सक्ने व्यवस्था मिलाएको हो ।