एनसेल खरिद–बिक्री शंकास्पद, सरकारले तत्काल छानबिन गर्नुपर्छः सत्ता गठबन्धन
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्छ : प्रधानमन्त्री प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्ने बताउनुभएको छ।
गणतन्त्रमै नागरिकको अवस्था परिवर्तन हुन्छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीयतालाई राम्रोसँग चलाउन सके देश विकास गर्न सकिने बताउनुभएको छ। बिपी स्मृति भवन नेपाली कांग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुङ्गा आउनुभएका सभापति देउवाले यस्तो बताउनुभएको हो।
विनियोजित रकमको सदुपयोग गर्नुपर्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाश शरण महतले नवलपुरमा बन्न लागेको नमुना सदरमुकामको योजनालाई बहुवर्षिय योजनामा लैजान आग्रह गर्नु भएको छ । पहिला विनियोजन भएको रकम बर्सेनि फ्रिज हुँदै गएकाले यसको सदुपयोग गर्नुपर्ने बताउनु भयो ।
बेलायतमा अध्यागमनमा कडाइ : अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गर्नु भएको छ ।
मानव वन्यजन्तु सह-अस्तित्वका लागि हात्ती पूजा (फाेटो फिचर)
हात्तीको पूजा गर्नाले हात्ती निरोगी हुनुका साथै हात्तीबाट हुने मानवीय क्षति कम हुने जनविश्वास छ ।
जलवायु परिवर्तन प्रभावको मारमा परेका मुलुकलाई बिर्सन भएन: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू हुन् भन्ने कुरा बिर्सन नहुने बताउनु भएको छ ।
विद्यार्थीको बस्ने डेरा भत्किएपछि पढाइमा समस्या
एक महिने दशैंतिहार बिदा भएपछि नलगाड नगरपालिका ५ जाजरकोट निवासी कमला विकले आफ्नो डेरामा किताब कपी, पाेसाक सबै छोडेर घर जानु भएको थियो । भेरी नगरपालिका १ रिम्ना स्थित भेरीत्रिवेणी माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत कमला विद्यालय नजिकै तुल्सी नेपालीको घरमा डेरा गरेर बस्ने गर्नु भएको थियो । तर बिदा नसकिँदै गत कात्तिक १७ गते राती आएको भूकम्पले उनको घरमा मात्र क्षति गरेन ,विद्यालय र डेरा गरेको घर पनि भत्कियो ।
मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी
मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताउनुभयो ।