प्रिन्सलाई कृष्णमोहन स्मृति ब्याडमिन्टन उपाधि
१६औं संस्करणको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबका प्रिन्स दाहालले जित्नुभएको छ ।
बाह्र हजार पशु ‘लम्पि स्किन’ बाट सङ्क्रमित
प्रकोपको रूपमा फैलिइरहेको लम्पि स्किन रोगले पाँचथर, ताप्लेजुङका बाह्र हजार ९३ वटा गाई, भैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको जनाइएको छ । रोगका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार दुई जिल्लामा लाखौँ मूल्यका १०२ दुहुनो गाई, हल गोरु मरेका छन् ।
स्कुटर चालकको मृत्युले आक्रोशित भीडले बस जलायो
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने मोरङको उर्लाबारी नगरपालिका –३ स्थित मंगलबारे नजिकै बिहीबार अपरान्ह भएको सवारी दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ ।
अवैध मल नियन्त्रणमा अवरोध, प्रहरीद्वारा अश्रुग्याँस प्रहार
सर्लाहीको धनकौल गाउँपालिका –७, बैरिया टोलमा बिहीबार दिउँसो तस्करीको मल नियन्त्रणमा लिन खोज्दा गाउँलेबाट अवरोध भएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
तराईमा तातो हावा, जनजीवन कष्टकर
सर्लाहीसहित तराई क्षेत्रमा तातो हावा अर्थात् ‘लू’ नरोकिँदा जनजीवन अत्यन्त कष्टकर बनेको छ ।
नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
काठमाडौंबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् ।
हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेश, साइबर ब्यूरोबाट अनुसन्धान सुरु
केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरूले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।
एक सय बढीका सामानमा अनिवार्य भन्सार
उद्योगी व्यवसायीको व्यापक दबाबपछि सीमापारी बजार गर्न जाने उपभोक्ताका लागि भन्सार नाकामा कडाइ गर्न थालिएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।