भैरहवा भन्सारमा राजश्व सकंलनमा आधाले कमी
मुलुककै दोस्रो ठुुलो नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयमा यसबर्ष बिगतमा भन्दा आधा मात्रै राजश्व सकंलन भएको छ । तथ्यांकले अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा झण्डै आधाले राजश्व संकलनमा गिरावट आएको हो ।
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू. एक लाख छ हजार नौ सय तोकिएको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड, अझै बढ्ने अनुमान
स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार प्रतितोला एक लाख पाँच हजार तीन सय रुपियाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार एकै दिन तोलामा एक हजार रुपियाँ बढेर एक लाख छ हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
दुग्ध सहकारीको आफ्नै भवनबाट सेवा
डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । लामो समयसम्म भाडामा बस्दै आएको सहकारीले अढाई तले भवन बनाएपछि नयाँ भवनबाट सेवा आरम्भ गरेको जनाएको हो ।
सुनको मूल्यमा नयाँ रेकर्ड
आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रू एक हजारले बढेर सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिनुभयो ।
जुम्लामा हिमपात, किसान खुसी (फोटो फिचर)
यो वर्षको हिउँदमा जुम्लामा पहिलो पटक हिउँ परेको छ । हिउँदे सिजनमा जहिले पनि हिउँ पर्नेमा यस पटक ढिलाइ भइरहेको समयमा मङ्गलवार बिहान देखि हिउँ पर्न सुरु गरेको छ ।
किवी खेतीबाट पाँच गुणासम्म फाइदा
परम्परागत खेती छाडेर किवी खेतीमा लागेका किसानले पाँच गुणासम्म फाइदा लिएका छन् । परम्परागत रुपमा मकै, गहुँ, कोदो र तोरी खेती गर्दै आएका किसानले किवी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् ।
४० करोडको लागतमा खुल्यो प्लास्टिक उद्योग
कैलालीको जानकी गाउँपालिका वडा नम्बर १ बेलासपुरमा ४० करोडको लागतमा टीकापुर प्लास्टिक उद्योग खुलेको छ । स्थानीय युवाहरू नवराज भट्टराई र मुकेश बमले संयुक्त लगानीमा खुलेको उद्योगले प्लास्टिकको डोरी उत्पादन गरेर बजारमा पठाएको छ ।
रुकुम गाड जलविद्युतको उत्पादन परीक्षण गरिँदै
रुकुम गाड जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भएसँगै परीक्षणको तयारी हुने भएको छ । सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापैरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो ।