भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण : क्यान
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेट गर्न भारतीय कम्पनी सेभेन थ्रीस्पोर्ट्सँग सम्झौता गरिनु त्रुटिपूर्ण भएको जनाएको छ ।
सन्दीपले खेल्ने नखेल्ने कानुनको जिम्मा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउने वा नपाउने विषयमा कानुन जानकार रहेको जनाएको छ ।
नेपाली टी–२० लिग विवाद : छानबिन समितिले राखेपलाई बुझायो प्रतिवेदन
नेपाल क्रिकेट सङ्घको आधिकारिक लिग भनिएको नेपाली टी–२० लिग क्रिकेटमा खेलाडीको परिश्रमिक विवाद तथा व्यवस्थापनका बारे छानबिन गर्ने गठित समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ ।
लेजेन्ड्स लिग खेल्दै पूर्वकप्तान पारस
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले कतारमा हुने लेजेन्ड्स लिग क्रिकेट खेल्नु हुनेभएको छ । तेस्रो संस्करणको लेजेन्ड्स लिग २७ फेब्रुअरी देखी ८ मार्चसम्म कतारमा आयोजना हुनेछ ।
खेल मिलेमतोमा आयोजकसहित १० जना संलग्न : सीआईबी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हालै त्रिवि मैदान कीर्तिपुरमा सम्पन्न नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतोमा १० जना संलग्न रहेको जनाएको छ ।
खेल मिलेमतोको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतो गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
यू–१९ विश्वकप छनोट टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी यू–१९ विश्वकप छनोटका लागि १४ सदस्य टोलीको घोषणा गरेको छ ।
प्रदेश–१ लाई हराउँदै सुदूरपश्चिम च्याम्पियन
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । इटहरी स्थित जनता क्रिकेट पार्क मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश–१ लाई ६ विकेटले हरायो ।
क्रिकेट प्रशिक्षकका लागि पाँच जना दौडमा
नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्न पाँच जनाले अन्तर्वार्ता दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षक पदका लागि खुला आवेदन माग गरेको थियो ।